राजनीति

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
४, वैशाख काठमाडौं । संघीय संसद् अन्तर्गत बिहीवार विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा समितिको आगामी कार्यबारे छलफल हुने सचिवालयले जनाएको छ ।
सुमना श्रेष्ठले रास्वपा सहमहामन्त्रीबाट राजीनामा दिँदै

सुमना श्रेष्ठले रास्वपा सहमहामन्त्रीबाट राजीनामा दिँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
४, वैशाख काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने भएकी छन् । आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले सचिवालयमा यो जानकारी दिने तयारी गरेकी छन् । सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा स्रोतले पुष्टि गर्‍यो । यो त्यही मिति हो, जुन दिन रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फेरि फर्केका थिए । अहिले उनी सहकारी प्रकरणमा कारागारमा छन् । श्रेष्ठले आफ्नो राजीनामा प्रस्तावको खबर सही भएको पुष्टि गरिन् । तर विस्तृत धारणा पार्टीमै राख्ने बताएकी छन् ।...
‘शिक्षकका माग सम्बोधन गर्न वर्षे अधिवेशन छिट्टै बोलाइएको हो’: शिक्षा मन्त्री भट्टराई

‘शिक्षकका माग सम्बोधन गर्न वर्षे अधिवेशन छिट्टै बोलाइएको हो’: शिक्षा मन्त्री भट्टराई

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३, वैशाख काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकका माग सम्बोधन गर्न सरकारले संसदको वर्षे अधिवेशन छिट्टै आह्वान गर्ने निर्णय गरेको बताएकी छन् । मन्त्री भट्टराईले बुधबार भिडियो सन्देश जारी गर्दै शिक्षकका माग सम्बोधन गर्न संसद बैठक आह्वान गर्ने निर्णय गरेको बताएकी हुन् । ‘विधेयक छिटो पारित गरियोस् भन्ने मागलाई सम्बोधन गर्न हिजोको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते त्यही विषलाई सम्बोधन हुनुगरी संसद बैठक आह्वान गरेको छ,’ मन्त्री भट्टराईले भनेकी छन् । शिक्षकका अरु माग सम्बोधन गर्न पनि मन्त्रालयले सहजीकरण समिति बनाएर संवाद गरिरहेको उनले बताइन् । ‘शिक्षकसँग संवादमा छौं । मन्त्रालयको तर्फबाट सहजीकरण समिति निर्माण गरेर संवादमा लागेका छौं,’ उनले भनिन् । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । सरकार र शिक्षक महासं...
इयूको अदालतमा स्थानीय तहमा उत्पन्न विवाद समाधान सिक्दै उपप्रमुख डंगोल

इयूको अदालतमा स्थानीय तहमा उत्पन्न विवाद समाधान सिक्दै उपप्रमुख डंगोल

ताजा अपडेट, राजनीति, समाचार
३, वैशाख काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले लक्जेम्बर्गमा अवस्थित इयूको सर्वोच्च अदालत (कोर्ट अफ जस्टिस अफ द यूरोपियन युनियन) मा स्थानीय स्तरमा उत्पन्न हुने विवाद समाधानका विषयमा अनुभव आदानप्रदान गरेकी छिन् । युरोपको औपचारिक भ्रमणमा रहेकी डंगोलले त्यहाँ काठमाडौं महानगरपालिकाले स्थानीय स्तरमा उत्पन्न हुने विवाद समाधानमा कसरी छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी विधि र प्रक्रिया अवलम्बनको अभ्यास गरिरहेको छ भनेर अनुभव सुनाएको जानकारी दिइन् । ‘सबैका लागि न्यायमा सहज पहुँच सुनिश्चित, स्वच्छता, निष्पक्षता, समानता र समान न्याय सहितको न्यायिक पद्धतिलाई हामीले कसरी आत्मसात् गरिरहेका छौँ भनेर मैले त्यहाँ हाम्रो अनुभव बताउने अवसर प्राप्त गरेँ,’ डंगोलले भनिन्, ‘त्यहाँको अदालतले कसरी काम गरिरहेको छ रु उनीहरूले कुनैपनि मुद्दाको समाधान कसरी गर...
‘आन्दोलनमय राजधानीः अस्तव्यस्त सडक, मारमा जनता’

‘आन्दोलनमय राजधानीः अस्तव्यस्त सडक, मारमा जनता’

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३, वैशाख काठमाडौं । विगत केही दिन यता सङ्घीय राजधानी काठमाडौँका सडक अस्तव्यस्त छन् । कारण हो, प्रदर्शन । पछिल्लो समय प्रदर्शनका कारण राजधानी शान्त बनेको छैन । व्यवस्था बदलिए पनि अवस्था नबदिएको भन्दै प्रदर्शनमा उत्रिएका पूर्वराजा समर्थकहरू हुन् वा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा होस् । राजनीतिक दलहरू हुन् वा सर्वसाधारण । सङ्घीयता विरोधीहरू हुन् वा सङ्घीयताका पक्षधर । शिक्षक हुन् वा विद्यार्थी । चिकित्सकहरू हुन् वा पत्रकारहरू हुन् । सहकारी पीडित हुन् वा भूमिपीडित हुन् । यतिबेला, सबै सडकमा छन् । गत चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले काठमाडौँमा प्रदर्शन गरे । तीनकुनेमा भएको प्रदर्शनकै दिन दिन समाजवादी मोर्चाले काठमाडौँकै भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्‍यो । उक्त प्रदर्शनपछि पनि राजधानीका सडकहरू आन्दोलनमै व्यस्त बनेका छन् । काठमाडौँमा विभिन्न पेसागत सङ्घसङ्गठन, सहका...
राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३, वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...
शिक्षा विधेयक पारित गर्न सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

शिक्षा विधेयक पारित गर्न सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३, वैशाख काठमाडों । सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नका लागि सरकारले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारले निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आव्हान गरेर सरकारको तर्फबाट उक्त विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने तथा त्यसका लागि वैशाख १२ गते शुक्रवार दिउँसो १ बजे सङ्घीय संसद् बैठकको आह्वान गर्ने निर्णय गरेको हो ।  ...
महासंघले भन्यो-‘शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन’

महासंघले भन्यो-‘शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन’

ताजा अपडेट, ब्यानर-१, राजनीति, शिक्षा, समाचार
२, वैशाख काठमाडौं । सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा नरहेको बताएको छ । संवादको क्रममा मन्त्रालयले ७ वटा बुँदा देखाएको तर ती बुँदा शिक्षकको हितमा नरहेको शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । र्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईबीच शिक्षकका माग सम्बोधन गर्न बैठक बसिरहेका बेला सहअध्यक्ष पराजुलीले मन्त्रिपरिषद्‍बाट गर्ने भनिएका निर्णय पनि शिक्षकको हितमा नरहेको बताएकी हुन् । ‘क्याबिनेटले गर्न सक्ने केही प्रस्ताव शिक्षा मन्त्रालयबाट आएको छ । अहिले बालविकासका शिक्षकले १७ हजार खाइरहेका छन् । अहिले १७ हजार ३ सय दिने रे । ३ सय थप गर्ने भनियो । त्यो पनि संघबाट दिनु न त भनेको हुँदैन रे,’ उनले भनिन्, ‘यसरी मन्त्रालयले तय गरेको रेड...
सरकारी कार्यालयमा पेन्सन नपाउने कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध

सरकारी कार्यालयमा पेन्सन नपाउने कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२, वैशाख काठमाडौं । सरकारी सेवामा काम गर्ने तर, पेन्सन नपाउने कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुने भएका छन् । सरकारी कोषबाट पारिश्रमिक पाउने तर निवृत्तिभरण नपाउने कर्मचारीहरू कोषमा योगदानकर्ताको रूपमा अनिवार्य सूचीकृत हुनुपर्ने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०८१ चैत १५ गते पेन्सन नपाउने तर, सरकारी कोषबाट पारिश्रमिक पाउने कर्मचारीहरूलाई अनिवार्य रूपमा कोषमा आबद्ध गराउने निर्णय गरेको थियो । सोही आधारमा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारी कोष प्रदेश सरकार वा स्थानीय तहको सञ्चित कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठान वा यस्तै कुनै निकायको कोष  बाट पारिश्रमिक पाउने व्यक्ति कोषको योगदानकर्ताको रूपमा सूचीकृत भएका हुन् । त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलब...
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक जारी

शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक जारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२, वैशाख काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे छलफल गर्न मन्त्रीहरू छलफलमा जुटेका छन् । विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षक विद्यालय नफर्किँदा भर्ना अभियान नै प्रभावित हुन थालेपछि मन्त्रीहरू छलफलमा जुटेका हुन् । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईसहितको बैठक जारी छ । शिक्षकको सेवा सुविधाका विषयमा तत्काल मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा छलफल गर्नका लिग मन्त्रीहरूको बैठक बसेको हो । अहिले संसद नबसेको अवस्थामा मन्त्रिपरिषद् र मन्त्रालयस्तरको निर्णयबाट शिक्षकका माग सम्बोधन गर्ने गरी सरकारले तयारी थालेको छ । त्यसकै लागि आज मन्त्रीहरू छलफलमा जुटेका हुन् ।...