राजनीति

उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड

उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८, वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएका छन् । विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । साथै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् । श्रमिक दिवसले विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेका छन् । नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकलाई...
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, वैशाख काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन् । सुशासनको कुरा गर्ने सरकारले १० महिनासम्म पनि सम्पत्ति विवरण किन सार्वजनिक नगरेको रु भनेर उनले प्रश्न गरे । सांसद झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि राज्यले दुर्व्यवहार गरेको आरोप समेत लगाए । चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि मिश्र प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले हतकडी लगाएको फोटो सार्वजनिक भएपछि त्यसको औचित्वबारे कतिपयले प्रश्न उठाइरहेका छन् । यसैसन्दर्भमा रास्वपा सांसद झाले पनि मिश्रमाथि राज्यबाट दुर्व्यहार भएको आरोप लगाएका हुन् । ‘मिश्रको राजनीतिक विचारप्रति मेरो सहमति छैन तर उहाँमाथि ...

शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदको माग

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६, वैशाख काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका छन् । प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । सांसद पाण्डेले सांसदमा सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताए। शिक्षकहरू लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरूका जायज माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहनुभएको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव सांसदमा दर्ता भएको थियो । उक्त प्रस्तावमाथि आजै सांसदमा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत ‘रुलिङ’ माग गरे । नेपाल कम्युनिष्ट पार्टी एमाले का प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको दाबी गरे। शिक्षकहरूसँग तत्काल वार्ता ग...

प्रतिनिधिसभा बैठक : शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदको माग

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१६, वैशाख काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका छन् । प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएको थियो । सांसद पाण्डेले सांसदमा सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताए । शिक्षकहरू लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरूका जायज माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहनुभएको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव सांसदमा दर्ता भएको थियो । उक्त प्रस्तावमाथि आजै सांसदमा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत ‘रुलिङ’ माग गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको दाबी गरे । शिक्षकहरूसँग तत्क...

प्रतिनिधिसभामा विपक्षीको विरोध

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१६, वैशाख काठमाडौं । प्रतिनिधिसभा बैठक विपक्षी दलहरूले सुरु हुनेवित्तिकै उठेर विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बस्न भन्दा पनि विपक्षी सांसदहरू बस्न नमानेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिएका थिए । उनले आफूहरूले सोमबार संघीय संसद् सचिवालयमा दर्ता गराएको चिकित्सक र शिक्षकको आन्दोलनबारे दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा राख्न गरेको माग नमानेको बताए । उनले आजको कार्यसूचीमा राख्न माग गरे । पाण्डेले सरकार संसद् र आन्दोलन र अन्य मागबारे जबाफदेही नभएको बताए ।...

निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, वैशाख काठमाडौं । महिला सेवा संस्थाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो संशोधन गर्न बनेको विधेयकमा यौनिक तथा लैंगिक अल्पसङ्ख्यक र अपांगता भएका व्यक्ति क्लटरलाई अन्यभित्र समावेश गर्न र निर्वाचन खर्चलाई मितव्ययी बनाउन सुझाव दिएको छ । साथै संस्थाले युवा तथा अन्य समूहलाई सुरुदेखि नै मूलधारको राजनीतिमा समावेश गर्न आवश्यक भएकाले पार्टी दर्ता गर्दा केन्द्रीय समिति र प्रदेश समितिमा विधेयकमा थप्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो संशोधन गर्न बनेको विधेयकमाथि सो संस्थाले सोमबार सुझाव पत्र बुझाउँदै सो आग्रह गरेको हो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीलाइ संस्थाका अध्यक्ष भावना भट्टसहितको टोलीले आयोगलाई संस्थाले तयार पारेको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो संशोधन गर्न बनेको विधेयक...

शिक्षक महासंघसँगको वार्ता सकारात्मक

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१६, वैशाख काठमाडौं । सरकार र प्रदर्शनरत शिक्षक महासंघबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले आज सहमति हुन नसकेको हो । सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो । वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए । उनले भने, “केही विषय टुंगो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ ।” शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे । उनले महासंघसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा ...
बुधबारसम्म शिक्षकहरुका माग सम्बोधन हुन्छन् : सञ्चारमन्त्री

बुधबारसम्म शिक्षकहरुका माग सम्बोधन हुन्छन् : सञ्चारमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, वैशाख काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्ममा आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन हुने बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाउँदै उनले उक्त कुरा बताएका हुन् । शिक्षकहरुलाई विद्यालय फर्काउन वातावरण बन्ने समेत बताए । गत चैत्र २० गतेदेखि विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर देशभरका शिक्षकहरु काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् ।...
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट

युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१६, वैशाख काठमाडौं । रोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जसँग भेट गरेका छन् । महानगरप्रमुख महर्जन र राजदूत लोरेन्जोबीच महानगरप्रमुखको कार्यकक्षमा भेटवार्ता भएको हो । ललितपुरको विकास निर्माण र युरोपेली युनियनसँगको सम्बन्धका बारेमा छलफल भएको महानगर प्रमुख महर्जनले जानकारी दिए । ‘राजदूत भेरोनिक लोरेन्जोसँगको भेटघाट अत्यन्तै सौहार्दपूर्ण रह्यो, महानगरमा भएका कामका बारेमा उहाँले चासोपूर्वक जानकारी लिनुभयो, हामीले सम्पदा संरक्षण, वातावरण संरक्षण, हरियाली प्रवद्र्धनका क्षेत्रमा गरेका प्रशस्तै कामका बारेमा रुचिपूर्वक जानकारी लिनुभयो, आपसी हितका विषयमा अति प्रभावकारी छलफल भयो’, महर्जनले भने । महानगर प्रमुख महर्जनले सामाजिक विकासलाई महानगरले प्राथमिकतामा राखेर काम गरेको जानकारी गराउँदै विपद् व्यवस्थापनका क्षेत्रमा देशका सबै नगरपालिकामध्ये ललितपुरले उत्...
आवासीय चिकित्सकले ४८ हजार ७३७ निर्वाह भत्ता पाउने

आवासीय चिकित्सकले ४८ हजार ७३७ निर्वाह भत्ता पाउने

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१५, वैशाख काठमाडौं । निजी मेडिकल कलेजका सञ्चालकहरु आवासीय चिकित्सकले ४८ हजार ७३७ निर्वाह भत्ता पाउने भएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १९ औं बैठकले निजी मेडिकल कलेजका आवासीय चिकित्सक ४८ हजार ७३७ निर्वाह भत्ता पाउने निर्णय गरेको हो । उक्त बैठकलले आवासीय चिकित्सक आन्दोलन फिर्ता गरी आफ्नो काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ । आयोगको माघ २५ गते बसेको १६ औं बैठकले निजी मेडिकल कलेजले सरकारी सरह पिजीका आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो । बैठकले निजी मेडिकल कलेजको मागलाई ध्यानमा राखेर स्नातक एमबिबिएस र बिडिएसको सिट सङ्ख्या र शुल्क संरचना पुनरावलोकनका लागि गठित ११ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवदन स्वीकार गरेको छ ।    ...