राजनीति

न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बस्दै

न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, वैशाख काठमाडौं । न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को बैठक सोमबार बस्ने भएको छ । आइतबार कुनै सहमति नजुटेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो । सोही निष्कर्ष ननस्किएका कारण सोमबार बैठक बस्न लागेको हो। हिजो अपराह्न ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठक करिब दुई घण्टा बसेर बिना निष्कर्ष टुंगिएको थियो । नेपाल बार एसोसियसनमा नयाँ नेतृत्व आएसँगै न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीश सक्रिय भएका हुन्। हाल देशभर जिल्ला, उच्च र सर्वोच्च अदालतमा ३३ न्यायाधीश रिक्त छन् ।...
प्रधानमन्त्रीद्वारा नेपालीमूलका कलाकारको प्रतिभाको सराहना

प्रधानमन्त्रीद्वारा नेपालीमूलका कलाकारको प्रतिभाको सराहना

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
७, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीले आज भेटघाट गरेका छन्। विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका कलाकारमध्येबाट छानिएका २३ देशका कलाकारसँग प्रधानमन्त्री ओलीले भेटेर उनीहरुको प्रतिभाको सराहना गरेका हुन् । इन्ट्रा फाउण्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त शृङ्खलाका आयोजक र कलाकारलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरुको भूमिका रहने बताए। विश्वका जुनसुकै मुलुकमा रहे पनि नेपालीहरुमा रहने ‘जनेटिक मोमोरी’ले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उनले बताउए । कार्यक्रममा नेपाल, भूटान, भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, जापान, म्यान्मा, पोर्चुगल, मलेसिया, थाइल्याण्डलगायत मुलुकमा बसोबास ...
बानेश्वरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन

बानेश्वरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
७, काठमाडों । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ । आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । आईतवार राप्रपाका नेता तथा कार्यकर्ताहरुले भेला भएर व्यवस्था परिवर्तनको माग गर्दै प्रदर्शन गरेका हुन् । उहाँहरुले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।...
निजी विद्यालय पनि बन्द गरिदिन शिक्षक महासंघको अनुरोध

निजी विद्यालय पनि बन्द गरिदिन शिक्षक महासंघको अनुरोध

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
७, वैशाख काठमाडौं । शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो । ‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरूमा अनुरोध छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौँ आउन सबै शिक्षक-कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।...
राप्रपाको प्रदर्शन : काठमाडौंमा सुरक्षा सतर्कता बढाइयो, निषेधित क्षेत्रमा कडाइ

राप्रपाको प्रदर्शन : काठमाडौंमा सुरक्षा सतर्कता बढाइयो, निषेधित क्षेत्रमा कडाइ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
७, वैशाख काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौँको बिजुली बजारमा प्रदर्शन गर्ने भएको छ । बिहान ११ बजेबाट भेला भई बिजुली बजारमा प्रदर्शन गर्ने राप्रपाको योजना छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै उपत्यका प्रहरी कार्यालयले प्रतिकारात्मक सुरक्षा योजना बनाएर लागु गरेको छ । जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन । अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने सुराक पाएसँगै निषेधित क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ । एसएसपी खनाल भन्छन्, ‘निषेधित क्षेत्रमा हामीले सुरक्षाकर्मीको सङ्ख्या बढाएका छौँ ।’ प्रदर्शनकारीहरू भद्रकाली, बबरमहल र बालुवाटारमा जम्मा हुन लागेका छन् । बालुवाटार स्थित प्रधा...
राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
७, वैशाख काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौँको बिजुली बजारमा निषेधित क्षेत्र तोड्ने भनेपछि गृह मन्त्रालयले चेतावनी दिएको छ । गृहले शनिबार विज्ञप्ति जारी गरेर राप्रपाले भोलि निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको हो । मन्त्रालयले त्यस्ता गतिविधि भए कानुनअनुसार कारबाही हुनेबारे सचेत गराएको छ।...
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’

‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’

ताजा अपडेट, राजनीति, समाचार
६, वैशाख काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आह्वान गरेका छन् । शुक्रबार साँझ कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बहुउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा केही पनि छैन, केही भएन भन्ने जस्ता गलत भाष्य निर्माण गरिएको समेत बताएको महासंघले जनाएको छ । उनले भने, “नेपालमा सम्भावना नै छैन भन्ने गलत र नकारात्मक भाष्य बनाउन खोजिएको छ, विदेशमा बसेर यहाँको विकास र प्रविधिसँग तुलना गर्दै नेपालको विरोध पनि गरिएको पाइन्छ, नेपालमा पनि विदेशमा जस्तै मेहनत गर्ने हो भने धेरै काम गर्न सकिन्छ ।” वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीको अवसर प्रदान गर्ने गरी रु १० अर्ब पुँजीको नेपाल डेभलपमेन्...
शिक्षक महासंघले बोलायो बैठक

शिक्षक महासंघले बोलायो बैठक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६, वैशाख काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघको बैठक आज बस्दैछ । सरकारसँग वार्तापछि आज महासंघले बैठक बोलाएको हो । आज दिउसो ३:१५ बजे मध्यबानेश्वर स्थित रत्नराज्य माविमा बस्ने भएको बैठकमा समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ । बैठकमा महासंघका राष्ट्रिय समितिका सदस्यहरू, आबद्ध संस्थाका अध्यक्ष र महासचिवहरू, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई बोलाइएको छ ।...
एमाले हुलबाट निर्देशित नभई सही नीतिका कारण जनताको मनमा बसेको छ : प्रधानमन्त्री ओली

एमाले हुलबाट निर्देशित नभई सही नीतिका कारण जनताको मनमा बसेको छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६, वैशाख चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपार्टी एमाले हुलबाट निर्देशित नभई सही विचार र नीतिका कारण जनताको मनमा बस्न सफल भएको बताएका छन् । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन सत्रलाई शुक्रबार सम्बोधन गर्दै ओलीले एमाले हुलबाट निर्देशित हुने पार्टी नभई सही नीति र नेतृत्वबाट सञ्चालित हुने बताएका हुन् । एमालले लिएको नीति सही भएको भन्दै अध्यक्ष ओलीले राष्ट्रिय नीति नै यही आधारमा तय हुने गरेको समेत बताए । आफुहरु देश र जनतका पक्षमा काम गरेर स्थापित हुने उनले बताए ।...
आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीबीच छलफल हुने

आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीबीच छलफल हुने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
५, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत शिक्षकहरूबीच छलफल हुने भएको छ । शुक्रबार साँझ ७ बजे प्रधानमन्त्री र शिक्षकहरुबीच छलफल हुने भएको हो । नेपाल शिक्षक महासंघ महासचिव तुला बहादुर थापाले छलफलका लागि आफुहरुलाई बोलाइएको बताए । प्रधानमन्त्रीको सचिवालयले बेलुका सात बजे प्रधानमन्त्रीले भेट्न बोलाएको भन्दै महासंघलाई खवर गरेको थियो । सोही आधारमा आफुहरू जान लागेको महासचिव थापाले बताए ।...