ताजा अपडेट

जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल

जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३, जेठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले जनताको बहुदलीय जनवादकै जगमा देशको प्रमुख राजनीतिक शक्ति बन्न सफल भएको बताएका छन् । मदन आश्रित स्मृति दिवसका अवसरमा आज पार्टीको पूर्वमुख्यालय स्थलमा आयोजित कार्यक्रममा नेता पोखरेलले तत्कालीन महासचिव मदन भण्डारीको नेतृत्वमा विकास भएको जबजकै जगमा पार्टीले २०५१ सालमा संसद्को सबैभन्दा ठूलो दल बनेको उल्लेख गरे । “एमाले त्यसयता निरन्तर राष्ट्रिय राजनीतिको एक निर्णयकारी शक्तिका रुपमा रहनुमा जबजको मुख्य योगदान छ”, उनले भने । निरंकुश राजतन्त्र समाप्त गर्न तथा जातीय भड्काउ तथा हिंसात्मक नीतिहरूलाई परास्त गर्न पनि जबजले मद्दत गरेको उनको भनाइ थियो । पार्टीमाथिको प्रतिबन्धलगायत विभिन्न समयमा चुनौतीको सामना गर्दै पार्टी अघि बढिरहेको उनले उल्लेख गरे । “विसं २०५४ सालको पार्टी विभाजन, संविधानसभाको चुनावमा निराशाजनक पर...
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
३, जेठ काठमाडौं । काठमाडौँ महानगरपालिकाले सीप मेला २०८२ का लागि आवेदन आह्वान गरेको छ । यही जेठ ७ गतेदेखि सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ क्षेत्रसँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने तयारी रहेको पनि झाले जानकारी दिए। यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य कामपाको छ । कामपाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडकपेटिमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरूलाई तालिमको प्राथमिकतामा राखिएको पनि कामपाले जानकारी दिएको छ । अठार वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ ।...
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री

गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३, जेठ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन् । एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि एकता नभई सही विचारमा अरूलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिए । “सही कुरालाई पनि विरोध गरेर बखेडा निकाल्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा इतिहासदेखि नै देखा पर्दै आए । खास वैचारिक भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका आधारमा दुई लाइनको कुस्ती चलाइयो । पार्टी विभाजन गरेर नामका लागि एकीकृत राख्ने प्रवृत्ति पनि छ”, अध्यक्ष ओलीले भने “पार्टी प्रवृत्ति भने सही धारमै जान खोज्दै आयो । मदन भण्डारीको अगुवाइमा ल्याइएको जनताको बहुदलीय जनवादको विचारले कम...
प्राविधिक समस्याले बिहीबार र शुक्रबार बिजुली अवरुद्ध भयो, फेरि लोडसेडिङ हुँदैन : प्राधिकरण

प्राविधिक समस्याले बिहीबार र शुक्रबार बिजुली अवरुद्ध भयो, फेरि लोडसेडिङ हुँदैन : प्राधिकरण

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३, जेठ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार र शुक्रबार आएको विद्युत् प्रणालीको समस्या प्राविधिक रहेको र यसमा लोडसेडिङको कुरै नरहेको बताएका छन् । उनले प्राधिकरणमा नेतृत्व फेरिएकै कारण विद्युत् आपूर्तिमा समस्या नआएको पनि स्पष्ट पार्नुभएको छ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा शुक्रबार अवरुद्ध विद्युत् आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पारेको हो । विगतका वर्षमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै उनले वर्षा सुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आए पनि अन्य समयमा सामान्य हुने बताए । बत्ती जानुमा अहिले अन्य कारण केही नभएको दाबी गरेका हुन् । समस्या आइसकेपछि कराउने नभई समयमै सुधार्नुपर्ने उहाँको भनाइ छ । समस्याको पहिचान भएको र त्य...
परराष्ट्र मन्त्री डा. राणाद्वारा कतारका विशेष दूतसँग विपिन जोशीको रिहाइबारे पुनः आग्रह

परराष्ट्र मन्त्री डा. राणाद्वारा कतारका विशेष दूतसँग विपिन जोशीको रिहाइबारे पुनः आग्रह

अन्तर्राष्ट्रिय, ताजा अपडेट, वातावरण, समाचार
३, जेठ काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपिन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गरेकी छन् । सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटका क्रममा मन्त्री डा.राणाले सो आग्रह गरेकी हुन् । परराष्ट्र मन्त्री डा।राणासँग भएको शिष्टाचार भेटका क्रममा हमासको अपहरणमा परेका नेपाली युवक विपिन जोशीको अवस्थाका बारेमा कुराकानी भएको थियो ।...
शोधपत्र बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका

शोधपत्र बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार
३, जेठ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न अध्ययन संस्थान तथा सङ्कायहरूमा सञ्चालित स्नातकोत्तर तहका वार्षिक एवं सेमेस्टर प्रणाली अन्तर्गतका कार्यक्रमहरूमा अध्ययन पुरा गरी परीक्षा समेत उत्तीर्ण गरिसकेका तर शोधपत्र बुझाउन बाँकी रहेका विद्यार्थीहरूलाई अन्तिम मौका दिने भएको छ । परीक्षा उत्तीर्णलाई २०८२ पौष महिना भित्र र त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट २०८२ सालमा सञ्चालन हुने मौका परीक्षामा सहभागी हुने विद्यार्थीहरूको हकमा मौका परीक्षा सम्पन्न भएको अन्तिम मितिले ३ महिना भित्र थेसिस बुझाउन सक्ने गरी अन्तिम एक पटकका लागि अवसर उपलब्ध गराउन स्वीकृति दिइएको हो । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको गत वैशाख २९ गते बसेको बैठकले गरेको निर्णयको आधारमा मानविकी तथा सामाजिक शास्त्र संकायका लागि यस्तो परिपत्र जारी गरिएको हो ।...
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य गर्न माग

माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य गर्न माग

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार
३, जेठ काठमाडौं । किशोर किशोरीलाई सही मार्ग अघि बढाउन व्यवस्थित रूपमा यौन शिक्षा दिनुपर्नेमा जोड दिइएको छ । बियोन्ड बेजिङ समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘बृहत्तर यौनिकता शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा समितिका उपाध्यक्ष डा.लक्ष्मी तामाङले कक्षा ६, ७ र ८ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अनिवार्य गरिए पनि लाजका कारण विद्यार्थीले नबढ्ने र शिक्षकले पढाउन नसक्ने वातावरणले समस्या भइरहेको बताइन् । कक्षा ९ र १० मा भने स्वास्थ्य शिक्षासम्बन्धी विषय ऐच्छिक वर्गमा समेटिएकाले सबैले पढ्न पाउने वातावरण नरहेको उनले जानकारी दिइन् । माध्यमिक तहसम्म स्वास्थ्य शिक्षा अनिवार्य गरिनुपर्नेमा अभियानकर्मी तामाङको जोड रहेको थियो ।...
सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै

सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
३, जेठ काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । एभरेष्ट एलाइन्स नेपालद्वारा यही जेठ १३ गते पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौँमा आयोजना हुन लागेको हो । उक्त सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका आरोहीले भाग लिनेछन् । एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले पहिलोपटक हुन लागेको सम्मेलनमा भाग लिन हालसम्म १६ देशका १७७ आरोहीले नाम दर्ता गराइसकेको जानकारी दिए । उनले भने, “सम्मेलनमा भाग लिनका लागि विभिन्न देशका आरोहीहरूको उत्साहप्रद उपस्थिति देखिएको छ । ” सम्मेलनमा ५०० आरोहीको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्वीजरल्याण्ड, नर्वे, इरान, सिंगापुर, अष्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायत मुलुकका आरोहीहरू सहभागिता जनाउनेछन् । उनले भने, “सगरमाथा आरोह...
आज ३२ औँ मदन-आश्रित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ३२ औँ मदन-आश्रित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३, जेठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ । एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाइ गरेका थिए । विसं २०४६ सालको जनआन्दोलन सफल भएसँगै खुला भएको तत्कालीन सो पार्टीले राजधानीको बागबजारस्थित नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय राखेको थियो । त्यसपछि सो कार्यालय बल्खुमा सारिएको थियो । विसं २०७२ को भूकम्पबाट कार्यालयमा क्षति पुगेकाले प्रयोग नै गर्न नसकिने भएपछि भत्काएको थियो । उक्त परिसरको मध्यभागमा म...
जलवायु सकंट समाधानमा विश्वव्यापी सहकार्यमा जोड

जलवायु सकंट समाधानमा विश्वव्यापी सहकार्यमा जोड

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२, जेठ काठमाडौं । बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोहका विशिष्ट वक्ताहरूले जलवायु सकंट समाधानमा विश्वव्यापी सहकार्यमा जोड दिएका छन् । आजदेखि यहाँ सुरु भएको समारोहमा उनीहरूले जलवायु परिवर्तनका असरबाट जुध्न एक्लाएक्लै प्रयासले मात्रै सफलता हासिल नहुने उल्लेख गरे । समारोहमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवताको भाग्यमात्र होइन भविष्य नै खतरामा पार्दै गएको बताइन् । संवादको पहिलो संस्करणको उद्घाटन सत्रमा उनले भनिन्, ‘जलवायु परिवर्तन अब कुनै क्षेत्र र देश विशेषको नभएर विश्वकै समस्या भएको छ, यसले सिङ्गो मानवतालाई नै सकंटमा पार्दै गएको छ ।’ सो विश्वव्यापी सकंटसँग जुध्नका लागि कुनै पनि देशको आफ्नो एक्लो प्रयास पर्याप्त नभएकाले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने खाँचो रहेको उनले बताइन् । यही सामूहिक प्रयासको सुरुआत सगरमाथा संवाद भएको उल्लेख ग...