ताजा अपडेट

बानेश्वरमा कारको ठक्करबाट बालकको मृत्यु

बानेश्वरमा कारको ठक्करबाट बालकको मृत्यु

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२, जेठ काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुने ३ वर्षीय बालक शिवांश झा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए । बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको कारले नयाँ बानेश्वरको कात्यानी चोकमा बालकलाई ठक्कर दिएको थियो । कात्यानीबाट भीमसेनागोलातर्फ जाने क्रममा कारले ठक्कर दिएपछि गम्भीर घाइते भएका झालाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको बोहराले बताए । भारत घर भएका बालक झा परिवारसँग काठमाडौंमा बस्दै आएका थिए । कार चालक रमेश कुमार श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।  ...
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदहरुको जोड

प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदहरुको जोड

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२, जेठ काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरूले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न तीनै तहका सरकारको समन्वय आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद अर्जुन नरसिंह केसीले नेपाल प्राकृतिक जोखिमको उच्चतम विन्दुमा रहेकाले वर्षायाम सुरु हुन लागेसँगै सतर्कता अपनाउनुपर्ने बताए । उनले भने, “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सुझाव सरकारले गम्भीर रूपमा लिनुपर्छ । तीनै तहको समन्वय र आवश्यक बजेट विनियोजन गर्न आवश्यक छ ।” सांसद जनार्दन शर्माले जाजरकोट र रुकुम जिल्लामा अलपत्र परेका विकास निर्माणका कामबारे सरकारको ध्यानाकर्षण गराए । सांसद अम्बरबहादुर रायमाझीले पनि देशका राजमार्गको अवस्था बिग्रिँदो अवस्थामा रहेकाले मनसुन सुरु हुन लाग्दा समयमै ध्यान दिनुपर्ने बताए । “राजधानीबाट पूर्वतर्फ यात्रा गर्ने बिपी राजमार्ग जीर...
हिमाल मानव जातिका साझा स्रोत हुन् : परराष्ट्रमन्त्री राणा

हिमाल मानव जातिका साझा स्रोत हुन् : परराष्ट्रमन्त्री राणा

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२, जेठ काठमाडौं । परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले हिमालहरु मानव जातिका साझा स्रोत भएको बताएकी छन् । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा पहिलो पटक आज यहाँ आयोजित ‘सगरमाथा संवाद’ को उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै उनले हिमाल करोडौँ मानिसको ताजा पानीको स्रोत बनेको बताइन् । हिमालयले आज जलवायु प्रेरित अवरोधको सबैभन्दा ठूलो भार बोकिरहेको बताउँदै उहाँले हिमनदी जलवायुको असरका कारण पग्लिने क्रम तीव्र रुपमा बढेको उल्लेख गरिन् । यसले गर्दा हिमाली समुदायको दैनिक जीवनमा नकारात्मक प्रभाव परेको उनको भनाइ थियो । ‘जलवायु प्रेरित प्रकोपहरूले मानव अस्तित्व र जीविकोपार्जनको जगलाई नै हल्लाइरहेको छ’ उनले भनिन्, ‘जलवायु परिवर्तनका कारण बाढी र हिमताल विस्फोटले ठूलो विनाश भएको छ । खडेरी डढेलोले मानवलाई अथाह पीडा दिएको छ ।’ मन्त्री डा।राणाले यो संवाद मनन र आत्मनिरीक्षण गर...
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री

हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् । नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र-इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको स्पष्ट गरेका हुन् । “आशा गर्छौं, यो संवाद(त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा घरबासहरु पहिरोहरूले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् तर अझै, हामी डटिरहेका छौँ । हाम्रा उत्सर्जनहरू न्यून छ तर वातावरण संरक्...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२, जेठ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा ३ हजार रुपैयाँले बढेर एक लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार ९४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार एक हजार ९२५ रुपैयाँ कायम भएको थियो ।...
निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिबाट पारित

निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिबाट पारित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२, जेठ काठमाडौं । निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयक पारित गरेको हो । निजामती सेवा विधेयक २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो । समिति सदस्यहरूका अनुसार कुलिङ पिरियड २ वर्ष राखिने भएको छ । निजामती कर्मचारीका अतिरिक्त सचिव राख्ने लगायतका विषयमा पनि सहमति जुटेको छ । विधेयकको प्रतिवेदन अनुसार कर्मचारीमा सहसचिव भन्दा माथि र सचिव भन्दा तल अतिरिक्त सचिव रहनेछन् । अतिरिक्त सचिव तेह्रौं तहको कर्मचारी हुनेछन् । १४ औं तहमा सचिव र १५ औं तहमा मुख्य सचिव रहन्छन् । यी तीन पद राजपत्राङ्कित विशिष्ट पद अन्तर्गत रहने छन् । यसैगरी निजामती कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष राखिएको छ ...
दुई महिलाको कारको ठक्करबाट मृत्यु

दुई महिलाको कारको ठक्करबाट मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
२, जेठ काठमाडौं। कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएका बुद्धभूमि नगरपालिका–१ बसन्तुपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले शुक्रबार बिहान पौने ६ बजे ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।...
प्रादेशिक अस्पतालमा औषधिको चरम अभाव

प्रादेशिक अस्पतालमा औषधिको चरम अभाव

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
२, जेठ काठमाडौं । प्रादेशिक अस्पताल जलेश्वरमा निःशुल्क रूपमा वितरण हुने औषधिको चरम अभाव भएको छ । सरकारले अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीति लिए पनि प्रादेशिक अस्पताल जलेश्वरको निःशुल्क औषधि वितरण कक्षमा १५ देखि २० प्रकारका औषधि मात्र उपलब्ध छन्। औषधि अभाव हुँदा उपचारमा समस्या भएको अस्पताल प्रमुख डा। विकास साहले बताएका छन् । निःशुल्क वितरण गर्ने औषधि बिमा सेवाबाट पनि नपाउने, अस्पतालको औषधि वितरण कक्षमा पनि नहुनाले समस्या भएको जलेश्वर एक सामाजिक अभियन्ता जितेन्द्र पासवाले गुनासो गरे । बिमाबाट पाइने केही औषधि भदौ १ देखि सरकारले निःशुल्क वितरण गर्ने भने पनि अस्पतालमा नपठाएकाले दीर्घरोगका बिरामी धेरै प्रभावित भएका पासवानको भनाइ छ । अस्पताल प्रमुख साहले मधेस प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले समयमा औषधि नपठाएकाले अभाव भएको बताए । “सरकारले निःशुल्क वितर...
पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या

पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२, जेठ काठमाडौं । गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दा स्थानीयवासी कोरलानाकामार्फत हुने आर्थिक गतिविधि बढ्नेमा आशावादी बनेका थिए । तर उद्घाटन भएपछि केही दिनमा नै बन्द भएको सेवा जेठ लाग्दा पनि सुरू हुनसकेको छैन । लामो समयसम्म अध्यागमन कार्यालय सञ्चालन हुन नसक्दा यसको मार स्थानीय व्यापारीलाई परेको छ । नेपालतर्फको अध्यागमन कार्यालयमा ताला लागेको छ । कार्यालय कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अन्योल छ । नाका सञ्चालन हुनका लागि भन्सारका साथै आवश्यक पशु तथा खाद्य क्वारेन्टाइन स्थापना भएको छैन । भन्सार कार्यालय सञ्चालनमा आउन क्वारेन्टाइन सञ्चालन आवश्यक छ । स्थानीयहरू सरकारले कोरलानाका सञ्चालनका लागि सक्रियता नदेखाउँदा समस्या भइरहेको गुनासो गर्छन् । अध्यागमन कार्यालय उद्घाटन भएपछि नाकाबाट वारपार गर्न तथा व्यापारिक कारोबार सञ्चालन गर्न सहज हुने आश...
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, राजनीति, समाचार
२, जेठ काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकको सम्भावित कार्यसूचीमा तीन महत्त्वपूर्ण एजेन्डा समावेश छन् । पहिलो एजेन्डा अन्तर्गत प्रदेश सभा सदस्यहरूले शून्य समयमा आफ्ना धारणा राख्नेछन् । दोस्रोमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन् । साथै छलफलमा उठेका प्रश्नहरूको जवाफसमेत मन्त्री कार्कीले दिने कार्यसूचीमा समावेश गरिएको छ ।...