ताजा अपडेट

‘लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि हो’ : पर्यट मन्त्री पाण्डे

‘लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि हो’ : पर्यट मन्त्री पाण्डे

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, वैशाख काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि भएको उद्घोष गरेका छन् । सोमबार २५६९ औ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०८२ को मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘‘लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि हो । बुद्ध समस्त मानवताको साझा ज्योति हुनुहुन्छ । उहाँको ज्ञान कल्याणकारी छ । सबै प्राणीको हितका लागि प्रज्वलित छ ।’’ उहाँले बुद्ध करुणा, ज्ञान, सद्भाव जस्ता श्वास्वत शिक्षाले जीनलाई सत्मार्ग र विश्व शान्तिको सन्देश विश्वभर फैलाउन सकिएको बताए। मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन,चिन्तन र मनन केन्द्रको रूपमा पहिचान गराउन सरकार प्रतिबद्ध रहेको बताए । उनले लुम्बिनीको बृहत् हितका लागि अन्तर्राष्ट्रिय समितिलाई पुनः सक्रिय बनाउने विश्वास व्यक्त गर...
भारत–पाकिस्तान हात हालाहालको स्थिति नआओस् भनेर हामीले पनि भन्यौँ : प्रधानमन्त्री ओली

भारत–पाकिस्तान हात हालाहालको स्थिति नआओस् भनेर हामीले पनि भन्यौँ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२९, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत पाकिस्तानबिचको तनावमा हात हालाहालको स्थिति अघि बढ्न हुँदैन भनेर आफूहरूले पनि भनेको बताएका छन् । साथै उनले सम्भावित लडाइँबाट दुवै देश पन्छिएकोमा धन्यवाद दिएका छन् । दुई देशबिच हात हालाहालको स्थिति आए पनि युद्ध सुरु नभएकोमा प्रधानमन्त्रीले सन्तोष व्यक्त गरे । सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वका लागि बुद्धका उपदेशहरू आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।  ...
कर्णाली देखिने गरी विकास गर्छौं : सञ्चारमन्त्री गुरुङ

कर्णाली देखिने गरी विकास गर्छौं : सञ्चारमन्त्री गुरुङ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, वैशाख काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्णाली देखिने गरी विकास गरिने बताएका छन्। सोमबार सार्वजनिक सेवा प्रसारण नेपालको आयोजनामा नेपाल टेलिभिजनको कर्णाली प्रदेश ब्युरो उद्घाटन र रेडियो नेपाल प्रादेशिक प्रसारणबाट खस भाषाबाट समाचाार सुभारम्भको उद्घाटन गदै कर्णाली प्रदेश सुनिने मात्र नभएर देखिने गरी विकास गर्ने बताएका हुन् । उनले भने, ‘‘अहिलेसम्म कर्णाली सुनिने मात्र होइन्, विकट छ भन्ने मात्र होइन । पूर्वाधारमा बलियो बनाउछौँ । जनताले चाहे जसरी कर्णाली देखिने गरी विकास गछौँ ।’’ उनले प्रदेश सरकारसँग सहकार्य गरेर कर्णालीको विकासमा सङ्घ सरकारले प्राथमिकताका साथ लाग्ने पनि बताए । उनले सरकार सञ्चार माध्यमहरूले भाषा संस्कृतिको संरक्षण र प्रवर्धन गर्दै राष्ट्रिय एकताको प्रवर्धनमा पनि काम गरिरहेको बताए । रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र राष्ट्रिय समाचा...
बेवारिसे सवारीसाधन हटाउँदै वीरगञ्ज महानगर

बेवारिसे सवारीसाधन हटाउँदै वीरगञ्ज महानगर

ताजा अपडेट, वातावरण, समाचार
२९, वैशाख काठमाडौं । वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण हटाउन अभियान थालेको छ । महानगरले सडक, फुटपाथ, अन्य सार्वजनिक स्थानलाई स्वच्छ र हराभरा बनाउन सडकमा बेवारिसे अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न लागेको हो । महानगरले आज वडा नं-२२ जगरनाथपुरमा सडकको फुटपाथमा झण्डै दुई वर्षदेखि बेवारिसे राखिएको पुरानो रोलर मेसिन हटाएको छ । नगर प्रहरी र सरसफाइ शाखाको टोलीले दुई क्रेनको सहायताले रोलर हटाइएको नगर प्रहरी इन्चार्ज हरि भुसालले जानकारी दिए । महानगरले बसपार्क क्षेत्रमा सञ्चालनमा नआएको एक बस र एक ट्रकलाई पनि हटाएको छ । ती दुवै सवारीसाधनलाई डम्पिङ साइटमा पुर्‍याइएको छ । महानगरले गत बुधबार पनि वीरगञ्ज बसपार्क क्षेत्रमा दुई बेवारिसे बस हटाएको थियो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले पटक-पटक सार्वजनिक सूचना जारी गरेर हटाउन आह्वान ...
‘विश्वमा अशान्ति बढेको बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढ्यो’:प्रधानमन्त्री ओली

‘विश्वमा अशान्ति बढेको बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढ्यो’:प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२९, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा अशान्ति बढिरहेका बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढेको बताएका छन् । लुम्बिनीमा आज आयोजित २५६९ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै उनले अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारले होइन बुद्ध दर्शनले मात्रै रोक्न सक्ने बताएका हुन् । ‘हाम्रो छिमेकी देश भारत र पाकिस्तान पनि युद्धमा जान खोजेका थिए, तर सबैको दबाबमा तत्कालका लागि फिर्ता भएका छन्, अझै पनि केही समस्या छन्, अन्य मुलुकमा पनि यस्ता समस्या छन्, बुद्ध भूमिबाट विश्वमा शान्तिको कामना लागि हामीले अनुरोध गरेका छौँ’ उनले भने । विश्वमा जल, थल र वायुबाट समेत आक्रमण गर्न सक्ने खतरनाक हतियार निर्माण भइरहेको अवस्थामा त्यसलाई रोक्न बुद्धको शान्ति, करुणा र मानवताको उपदेशले मात्रै सम्भव हुने ओलीले बताए ।...
भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली

भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली

ताजा अपडेट, वातावरण, समाचार
२९, वैशाख काठमाडौं। भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीले पैसा असुली गर्ने गरेको आरोप लागेको छ । सुदूरपश्चिम प्रदेशका प्रमुख दुई नाका—कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीमार्फत फर्किँदै गरेका नेपालीहरूले भारतीय सुरक्षाकर्मीबाट असहज र अपमानजनक व्यवहार सहन बाध्य भएको बताएका हुन् । भारतको विभिन्न राज्यमा मजदुरी तथा कामका लागि गएका नेपालीहरू सीमामा कठोर चेकजाँच, अपमानजनक सोधपुछ र आर्थिक शोषणको शिकार भइरहेका छन् । गौरिफण्टा नाकाबाट फर्किएका कैलालीका बम थापाले भारतीय सुरक्षाकर्मीहरूले ‘अनावश्यक झन्झट’ सृजना गरेर जबरजस्ती पैसा माग्ने गरेको बताए । ‘नाकामा सुरक्षाकर्मीहरूले पहिला चेकजाँच गर्छन्, त्यसपछि कुनै न कुनै बहाना बनाएर पैसा माग्छन्,’ थापाले भने, ‘हामीजस्ता दैनिक श्रमिकबाट यसरी पैसा असुली गर्दा खाली हात घर फर्किंनुपरेको छ ।’ आफ्नो देश फर्किनै कठिन बनाउने गरी भ...
गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह

गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् । पच्चीस सय ६९औँ बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गदै सो कुरा बताएका हुन् । सन्देशमा भनिएको छ, “बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, एसियाका तारा एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पच्चीस सय ६९ औँ बुद्ध जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।” गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रहवैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतमबुद्धको त्रि(संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेकाले आजको त...
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२९, वैशाख काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको छ । जसअनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोही सुन तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैबीच चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो ।...
लुम्बिनीमा सुरु भयो बुद्ध जयन्ती समारोह, प्रधानमन्त्रीद्वारा उद्घाटन

लुम्बिनीमा सुरु भयो बुद्ध जयन्ती समारोह, प्रधानमन्त्रीद्वारा उद्घाटन

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, वातावरण, समाचार
२९, वैशाख बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल समारोह सुरु भएको छ । समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य , संघीय र प्रदेश सांसद हरू , विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, सर्वसाधारण लगाएतको उपस्थिति छ । बुद्ध जयन्तीअन्तर्गत आइतबारदेखि नै लुम्बिनीमा विभिन्न कार्यक्रम सुरू भएका थिए । आज सोमबार मूल समारोहसँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा भोलि मंगलबारसम्म विभिन्न कार्यक्रम गरिँदै छन् ।  ...
कर्णाली प्रदेशमा बालबालिका खोजतलास केन्द्र सञ्चालन

कर्णाली प्रदेशमा बालबालिका खोजतलास केन्द्र सञ्चालन

ताजा अपडेट, वातावरण, समाचार
२९, वैशाख काठमाडौं । कर्णाली प्रदेश सरकारले बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा ल्याएको छ । सुर्खेतको वीरेन्द्रनगरमा स्थापित केन्द्रको हिजो प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गरे । कार्यक्रममा मन्त्री भण्डारीले बालबालिकाको खोजतलासमा सहयोग पुग्ने उद्देश्यका साथै आश्रय स्थलका रूपमा विकास गर्न केन्द्र सञ्चालन गरिएको बताए । उनले भने, “केन्द्र स्थापनाले यहाँका बालबालिकाको संरक्षण र संवर्द्धनमा टेवा पुग्नेछ । आगामी दिनमा केन्द्रलाई थप व्यवस्थित रूपले सञ्चालन गर्न प्रदेश सरकार आवश्यक योजनासहित अगाडि बढ्छ ।” बालबालिकाको खोजतलासका लागि टोलफ्री नम्बर १०४ मा सम्पर्क गरी समस्या टिपाउन सकिने पनि त्यस अवसरमा जानकारी दिइयो । सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालनमा हुने केन्द्रमा नेपाल प्रहरी र टेलिकमको सहकार्य रहने छ ।...