ताजा अपडेट

प्रधानमन्त्रीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

प्रधानमन्त्रीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३०, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी) का सहभागीले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आइएससीं) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए । भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा.मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका (आइएससी) का सल्लाहकार मासाइची होरीलगायत अन्य सहभागी थिए।...
सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३०, वैशाख काठमाडौं । स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ । मंगलबार बिहान ललितपुर महानगरपालिका प्रांगणमा जोशीको अर्धकदको शालिक अनावरण गरिएको हो । महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १०६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरीबाबु महर्जनले अनावरण गरेका हुन् । ०७९ असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो । जोशीको नेपाली साहित्य, संस्कृति, इतिहास र पुरातत्त्वका क्षेत्रमा अमूल्य योगदान छ । उनको स्मृतिमा बनाइएको यो शालिक ललितपुरको सांस्कृतिक पहिचानको प्रतीकका रूपमा रहने विश्वास गरिएको छ ।...
दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३०, वैशाख काठमाडौं । सभामुख देवराज घिमिरेले बानेश्वरमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् । संसद भवन बानेश्वर स्थित ल्होत्से हलमा बसेको बैठकमा प्रतिनिधिसभा बैठकमा पेश गरिने एजेन्डाबारे छलफल भइरहेको बताइएको छ ।
प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो : सञ्चारमन्त्री गुरुङ

प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो : सञ्चारमन्त्री गुरुङ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३०, वैशाख काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको बताएका छन् । यसलाई नियन्त्रण गर्न वर्तमान सरकार लागिरहेको उनको भनाइ छ । ‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहिनता बढ्यो,’ मंगलबार वीरेन्द्रनगरमा आयोजित युगआह्वानको रजत जयन्तीमा बोल्दै उनले भने, ‘यसलाई नियमन गर्नैपर्छ, त्यसका लागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ ।’उनले विधेयकको ड्राफ्ट बन्ने क्रममा रहेको पनि बताए । साथै गुरुङले जातीय सद्भावमा खलल पुर्‍याउने काम नेपाली मिडियाबाट भइरहेको आरोप लगाए । ‘समाजमा अलि कसैले राम्रो काम गर्‍यो भने त्यसलाई खेद्ने काम मिडियाबाट भइरहेको छ,’ उनले भने, ‘अझ अनलाइन मिडियालाई व्यवस्थित बनाउनुपर्ने छ ।’ साथै उनले नेपालमा मिडियाको मनपरी चलिरहेको बताए । सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक जसरी पनि पास गरिने उ...
कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
३०, वैशाख काठमाडौं । राज्यको स्रोत र साधानलाई हेरेर आगामी आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य हुने भएको छ । कर्मचारीलाई सेवाप्रति थप उत्साह प्रदान गर्नका लागि सरकारले तलब वृद्धि गर्ने आन्तरिक गृहकार्य गर्न लागेको हो । यसअघि सरकारले आव २०७९/८० मा सबै कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो । निजामती सेवा ऐन अनुसार हरेक तीनरतीन वर्षमा कर्मचारीको तलब वृद्धि गर्नुपर्ने नियम छ । आगामी आव २०८२/८३ मा कर्मचारीको तलब वृद्वि गर्ने वर्ष भएकाले सरकारले कर्मचारीको तलब वृद्विका लागि आन्तरिक गृहकार्य गर्ने भएको हो । उच्चस्तरीय तलब सुझाव आयोगले दुई वर्षअघि तलब दिने निकायको क्षमता अभिवृद्धि गरी कर्मचारीको जीवन निर्वाह गर्न पुग्ने आवश्यक तलब दिनुपर्ने व्यवस्थासहित प्रतिवेदन सरकारलाई बुझाएको थियो । सरकारले गत वैशाख १९ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको...
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
३०, वैशाख काठमाडौं । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका(१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्‍याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । उनले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताए । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ । यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको आज पनि खोजी सुरु...
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३०, वैशाख काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जस अन्तर्गत बिहान ९ बजे पूर्वाधार विकास समितिको बैठक बस्दै छ । बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन-२०८१, समितिमा प्राप्त उजुरीबारे छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मलेसियाका सांसदसँग संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान हुनेछ ।...
स्थानीय सेवा ऐन जारी गर्न माग गर्दै कर्मचारी आन्दोलनमा, कार्यालयमा हाजिर नहुने चेतावनी

स्थानीय सेवा ऐन जारी गर्न माग गर्दै कर्मचारी आन्दोलनमा, कार्यालयमा हाजिर नहुने चेतावनी

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२९, वैशाख काठमाडौं । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका कर्मचारी धनगढी केन्द्रित आन्दोलनमा उत्रिएका छन् । स्थानीय सेवा ऐन यथाशीघ्र जारी गर्न माग गर्दै कर्मचारी प्रदेश संघर्ष समितिको आयोजनामा प्रदर्शन भएको हो । धनगढीको पार्कमोडबाट आन्दोलन सुरु गर्दै मुख्यमन्त्री कार्यालयअगाडि गएर कर्मचारीहरू धर्ना बसेका छन् । आफ्ना माग सम्बोधन गर्न प्रदेश सरकारलाई पटक पटक आग्रह गरे पनि बेवास्ता गरेको उनीहरूको गुनासो छ । यस पटक माग सम्बोधन नभए कुनै पनि कर्मचारी स्थानीय तहका कार्यालयमा हाजिर नहुने चेतावनीसमेत दिएका छन् । अन्य प्रदेशले स्थानीय सेवा ऐन बनाएर लागू गरिसक्दा सुदूरपश्चिमले ऐन जारी गर्न नसकेको उनीहरूको भनाई छ । ऐन नबन्दा कर्मचारीको सरुवा, बढुवादेखि अन्य वृत्ति विकासमा समस्या भएको उनीहरूले बताए ।...
नागरिकले प्रत्यक्ष देख्नेगरी खानेपानी क्षेत्रमा काम भएको छ:मन्त्री यादव

नागरिकले प्रत्यक्ष देख्नेगरी खानेपानी क्षेत्रमा काम भएको छ:मन्त्री यादव

ताजा अपडेट, राजनीति, समाचार
२९, वैशाख काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष रुपमा देख्ने र महसुस गर्ने गरी काम भएको बताएका छन् । सोमबार बाराको कलैया उपमहानगरपालिकास्थित सिस्वा महेशपुर खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले देशभरीका खानेपानीका समस्या समाधानका लागि आफू सहित सिङ्गो मन्त्रालयको टिमले काम गरिरहेको बताए । हामीले योजना मात्रै होइन, परिणाम देखिने किसिमका कामलाई प्राथमिकता दिएका छौँ । नागरिकले अनुभूति गर्न सक्ने कामहरूमा सरकार प्रतिबद्ध छ । खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ,’ उनले भने । यसैगरी आफूले मन्त्रालय सम्हालेपछि देशका विभिन्न स्थानमा रोकिएका एवं अधुरा रहेका खानेपानी आयोजनाहरू सञ्चालनमा आएको उनको भनाइ थियो । पानीको गुणस्तर, पहुँच र व्यवस्थापनमा सुधार ल्याउन मन्त्रालय निरन्तर लागिपरेको मन्...
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ

स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ

ताजा अपडेट, राजनीति, समाचार
२९, वैशाख काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवालाई स्वदेशमै रोक्नका लागि सोहीअनुसारको नीति ल्याउन आवश्यक भएको बताएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अपेक्षाकृत काम हुन नसक्दा युवामा नैराश्यता उत्पन्न भएको उल्लेख गर्दै उनले अब युवा केन्द्रित नीति जरुरी भएको भनाइ राखिन् । कैलाली निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री श्रेष्ठसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले महिलाको विषयमा केही कुरा छुटाएको हो कि भन्ने लागेको छ । यद्यपि छिटफुटमा केहीँकतै समावेश भने गरेको छ । त्यसबाहेक युवालाई स्वदेशमै रोक्न पनि उत्तिकै जरुरी रहेकाले त्यसका लागि पनि प्रभावकारी नीति आवश्यक भएको उनको बुझाइ छ ।...