ताजा अपडेट

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
३१, वैशाख काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ८०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ कायम गरिएको छ । त्यस्तै गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १२.३३, काउली (स्थानीय) प्रतिकिलो रु ५५, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो (लोकल) प्रतिकिलो रु १७.६७, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो प्रतिकिलो रु ४५, तने बोडीको मूल्य प्रतिकिलो रु ६५ कायम गरिएको ...
त्रिशुली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

त्रिशुली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

ताजा अपडेट, वातावरण, समाचार
३१, वैशाख काठमाडौं । त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन्। बेलकोटगढी(७ कचौडे भिरस्थित त्रिशुली नदीमा मंगलबार ६ बजे नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले जनाकारी दिए । उनका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकाका ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा बेपत्ता भएका हुन्। दिउँसो नुहाउने भनेर निस्केको ती बालिका साँझसम्म घर नफकिएपछि परिवारले खोज्न थालेका हुन् । प्रहरी र सशस्त्र प्रहरीहरू बेलुका १० बजेसम्म खोजी जारी गर्दा पनि नभेटिएपछि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको र आज पनि बिहानैदेखि खोजी सुरु गर्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।...
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३१, वैशाख काठमाडौं । उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही गर्नु प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भएको ठहर गरेको छ । न्यायाधीशद्वय मुनेन्द्र अवस्थी र टीकाराम आचार्यको संयुक्त इजलासले हिजो काउन्सिललाई अनलाइन न्यूजपोर्टल र युट्युबसहित सामाजिक सञ्जालमार्फत सञ्चालन हुने मिडिया काउन्सिलको अनुगमनको क्षेत्राधिकारमा पर्ने ठहर गरेको हो । काउन्सिलले गत मङ्सिर २७ गते दियो पोष्टडटकमसहितका विभिन्न डिजिटल मिडियालाई कालो सूचिमा राख्ने कारबाहीविरुद्ध परेको रिटमा यस्तो फैसला गरिएको हो । “यो फैसलाले डिजिटल मिडियाले पनि पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्छ भन्ने प्रष्ट व्याख्या गरेको छ”, फैसलापश्चात् काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको प्रतिक्रिया छ, “अबका दिनमा अनलाइन मात्र नभई युट्युब, फेसबुक पेजसहित प्रयोग गरी चलेका डिजिटल मिडियाको अनुगमनसमेत काउन्सिलको दायरामा परेको सम्मा...
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१, वैशाख काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैटौँ अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख घर्तीले आह्वान गरेअनुसार बैठक बस्न लागेको हो । पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र शुभकामना आदानप्रदान प्रदेशसभा सदस्यहरूले सम्बोधन गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । जेठको पहिलो हप्ता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।...
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३१, वैशाख काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सो प्रणालीको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको समेत स...
६ जेठमा संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने

६ जेठमा संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३०, वैशाख काठमाडौं । आगामी ६ जेठमा संसद्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । यस सम्बन्धी जानकारी सभामुख देवराज घिमिरेले मंगलबार संसद्‍मा गराएका हुन् । प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था नियमावलीमा छ । नियमावली अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ ।...
सगरमाथा संवादको तयारी अन्तिम चरणमा : छ वटा विषयमा केन्द्रित हुने

सगरमाथा संवादको तयारी अन्तिम चरणमा : छ वटा विषयमा केन्द्रित हुने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३०, वैशाख काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु देउवा राणाले सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकी छन् । मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी संवाद व्यवस्थापन समितिका संयोजक समेत रहनुभएको मन्त्री राणाले सो कुराको जानकारी दिएकी हुन् ।  काठमाडौँमा आगामी जेठ २ देखि ४ गतेसम्म हुने सगरमाथा संवाद ६ वटा विषयमा केन्द्रित हुने छ । संवादको मुख्य उद्देश्य ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ हयुमानीटी’ रहेको छ । सगरमाथा संवादमा मानव जगतका विभिन्न समस्याहरू र मुद्दाहरूमा संवाद गर्ने, छलफल गर्ने र समाधानका लागि एउटा निष्कर्षमा पुग्ने उद्देश्य राखिएको छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले सरगमाथा संवाद २०२५ लाई सम्बोधन गर्नै भएको छ । परराष्ट्रमन्त्री डा. राणाले संवादका मुख्य कार्यक्रममा आमन्त्रित विशियट विदेशी र स्वदेशी पाहुनाहरु सहभागी हुने संवादको मुख्य औपचारिक...
अवरुद्ध बीपी राजमार्ग खुल्यो

अवरुद्ध बीपी राजमार्ग खुल्यो

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३०, वैशाख काठमाडौं । काभ्रेको रोशी गाउँपालिका माम्तीस्थित रोशी खोलामा आको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु भएको छ । अविरल वर्षापछि आएको बाढीका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग मङ्गलबार दिउँसो १ बजेबाट सञ्चालनमा आएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति ८ः५० बजे डाइभर्सन बगाएको थियो । उनका अनुसार बगाएको डाइभर्सन पुनः बनाएपछि यातायात सुचारु भएको हो ।...
प्रतिनिधि सभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने

प्रतिनिधि सभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
३०, वैशाख काठमाडौं । प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट) माथि करिब १८ घण्टा छलफल हुने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्ताव बाहेक० आजदेखि प्रतिनिधि सभामा छलफल प्रारम्भ भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षमा आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले समयसीमा निर्धारण गरेको हो । कार्यतालिकाअनुसार आज चार घण्टा, बुधबार पाँच घण्टा, आगामी जेठ १ गते चार घण्टा तथा जेठ २ गते पाँच घण्टा छलफल हुनेछ । दलीय आधारमा समयसीमा निर्धारण गरिएको छ । नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेले पाँचरपाँच घण्टा, नेकपा (माओवादी केन्द्र)ले दुई घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टीले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५० मिनेट, नेकपा (एकीकृत समाजवादी) ले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट...
नागढुंगा-मुग्लिङ सडकको पुनर्निर्माण कछुवाको तालमा छ : सांसद अर्याल

नागढुंगा-मुग्लिङ सडकको पुनर्निर्माण कछुवाको तालमा छ : सांसद अर्याल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३०, वैशाख काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वर्षा याममा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा मंगलबार बोल्दै कार्यवाहक सभापति अर्यालले वर्षासम्बन्धित जोखिमबारे पूर्वतयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् । उनले वर्षा लाग्न बाँकी रहँदै बाढीले नागरिकलाई दुःख दिन थालेको बताए । उनले प्रधानमन्त्री र मन्त्रीहरू हवाईजहाज र हेलिकप्टरमा सवार हुने हुँदा सडकको अवस्था जानकारी हुन नसक्ने भन्दै नागढुंगादेखि मुग्लिङसम्मको सडकको पुनर्निर्माण कछुवाको तालमा भइरहेको बताए । उनले भने, ‘वर्षायाम लाग्न बाँकी नै छ । बाढीले नागरिकलाई दुःख दिन थालिसकेको छ । नवलपरासीमा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्धदेखि बीपी राजमार्ग बाढीले अवरुद्ध भएका खबरहरू आएका छन् । प्रधानमन्त्री र मन्त्रीहरू हवा...