११, वैशाख काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा संसद्को आगामी अधिवेशनका सम्बन्धमा, राष्ट्रिय स्वतन्त्र पार्टीको मिति २०८२ वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले रास्वपा संसदीय दललाई दिएको निर्देशनका सम्बन्धमा छलफल हुनेछ ।...
बैशाख ११, २०८२, ०९:५७ मा प्रकाशितबैशाख ११, २०८२, ०९:५७ मा प्रकाशितबैशाख ११, २०८२, ०९:५७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
११, वैशाख काठमाडौं । भारतको जम्मू-काश्मिरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव बुटवलस्थित घरमा ल्याइएको छ। सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको हो ।
बहिनी र ज्वाईं सहित घुम्न भन्दै कश्मिर गएका सुदिपको मंगलबार आतंककारीहरूको आक्रमणमा परेर मृत्यु भएको थियो। आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन्। सुदिपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए ।...
बैशाख ११, २०८२, ०९:५० मा प्रकाशितबैशाख ११, २०८२, ०९:५० मा प्रकाशितबैशाख ११, २०८२, ०९:५० मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
११ वैशाख,काठमाडौं । आज बैशाख ११ गते,लोकतन्त्र दिवस हो । प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै देशभर आज लोकतन्त्र दिवस विभिन्न कार्यक्रमगरी मनाइँदैछ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको ०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइन्छ।
सोही दिनको अवसरमा नेकपा (एमाले)ले आज बिहिबार दिउँसो १ बजे देशभरका १ लाख युवाहरुको भृकुटी मण्डपपमा भेला गराई युवा उत्सव मनाउन लागेको जनाएको छ ।
पूर्वराजा शाहले ‘राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै त्यस जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको घोषण...
बैशाख ११, २०८२, ०९:०४ मा प्रकाशितबैशाख ११, २०८२, ०९:०४ मा प्रकाशितबैशाख ११, २०८२, ०९:०४ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
११ वैशाख,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टचार भेट गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका युएईका उपप्रधानमन्त्री नाह्यानले राष्ट्रपति भवन शितल निवासमा बुधबार भेट गरेका हुन् ।
राष्ट्रपतिका प्रेस सल्लहकार किरण पोखरेलका अनुसारा भेटमा राष्ट्रपति पौडेलले विश्वका सबै देशहरूलाई जलवायु परिवर्तन विरुद्धको कार्यलाई तीव्र बनाउन आग्रह गर्दै श्रोत साधन आवश्यक भएका देशहरूलाई जलवायु परिवर्तन र यसबाट सिर्जित क्षतिपूर्तिका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्न समेत अनुरोध गरेका छन् ।
उनले विश्व मञ्चहरुमा जलवायु न्यायका लागि आफूले आवाज उठाउँदै आएको र नेपाल जलवायु परिवर्तनको मारमा परिरहेको बताउँदै नेपाल र संयुक्त अरव इमिरेट्सले पहाडी र तटीय मुलुकहरूको रूपमा जलवायु परिव...
बैशाख ११, २०८२, ०८:३८ मा प्रकाशितबैशाख ११, २०८२, ०८:३८ मा प्रकाशितबैशाख ११, २०८२, ०८:३८ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
सीता पौडेल(अर्चना)
११ वैशाख,काठमाडौं । महिलाहरुको शसक्तिकरण र बाह्य सुरक्षाको लागि बुढानीलकण्ठ नगरपालिका (बुनपा) वडा नं १ ले वल्र्ड बाँक्सिङ (डब्लुविसी) मुई थाईसँगको सहकार्यमा ‘इएफएस फाइट नाइट सिक्स’ आयोजना गर्ने भएको छ ।
बुधबार बुनपाको सभाहलमा पत्रकार सम्मेलन गरेर वडा अध्यक्ष सुरेन्द्र लामाले सो खेल हुने बारे जानकारी दिएका हुन् । उक्त पत्रकार सम्मेलनमा अध्यक्ष लामाले महिला सुपर फलाइजेट मुई थाई राष्ट्रिय विभाग अन्तर्गत यहि वैशाख १३ गते (२६ अप्रिल,२०२५) का दिन बुनपाको लेमन ट्री प्रिमियर होटलको खेल मैदानमा ‘डब्लुविसी मुई थाई न्याशनल च्याम्पियनसिप’ को लागि प्रतिष्पर्धा हुने बताए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सो खेल प्रतियोगितामा देशका पाँच प्रदेश र २१ जिल्लाबाट एपीएफ र नेपाल आर्मीका खेलाडीसमेत गरि ३० जना उत्कृष्ट खेलाडीहरुले आफ्नो प्रतिभा प्रदर्शन...
बैशाख १०, २०८२, २२:२९ मा प्रकाशितबैशाख १०, २०८२, २२:२९ मा प्रकाशितबैशाख १०, २०८२, २२:२९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१० वैशाख,काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तराईका क्षेत्रमा आगामी २ दिन अत्याधिक गर्मी हुने जनाएको छ ।
महाशाखाका अनुसार केही ठाउँमा तातो हावाको लहरसमेत फैलन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।तातो हावाको लहरसम्बन्धी महाशाखाले बुधवार राति विषेश बुलेटिन जारी गर्दै उक्त जानकारी दिएको हो।
महाशाखाले आगामी दुई दिनसम्म मधेश प्रदेशलगायत बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायतका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएको जनाएको छ।
यस्तै लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा आगामी २ दिन लुको समेत सम्भावना रहेको हुनाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।...
बैशाख १०, २०८२, २२:१५ मा प्रकाशितबैशाख १०, २०८२, २२:१५ मा प्रकाशितबैशाख १०, २०८२, २२:१५ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१०,वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार,पन्तले भोलि (बिहीबार) शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
८ गते विद्या भट्टराईले स्वास्थ्यको कारण देखाइ शिक्षामन्त्रीबाट राजीनामा दिएपछि उनलाई नियुक्त गरिएको हो ।
मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् ।...
बैशाख १०, २०८२, १७:०५ मा प्रकाशितबैशाख १०, २०८२, १७:०५ मा प्रकाशितबैशाख १०, २०८२, १७:०५ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१० वैशाख,काठमाडौं ।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वैशाख ११ गते (भोलि) काठमाडौंमा युवाहरूको ऐतिहासिक जमघट हुने बताएका छन् ।
बुधबार अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले युथ सेलिब्रेसनको उक्त जमघटमा सहभागी हुन पनि सबैलाई आह्वान गरेका छन् ।
उनले भने, ‘ भोलि पार्टीले १ बजे भृकुटीमण्डपमा युवाहरूको ऐतिहासिक जमघट गर्दैछ ।त्यसमा हामीले युथ सेलिब्रेसन गर्दछौं । युवाहरूको सो जमघटबाट मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनको लागि युवा पुस्ता तयार र सक्षम छ भन्ने सन्देश हामीले दिनेछौँ ।’ उनले भने। लोकतन्त्रको उत्सवको रुपमा युवाहरु अघि बढ्नु पर्ने उनको भनाई छ ।
नेकपा (एमाले)ले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा बिशेष कार्यक्रम गर्न लागेको जनाएको छ।साथै उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको पनि एमालेले जनाएको छ ।
यु...
बैशाख १०, २०८२, १७:०१ मा प्रकाशितबैशाख १०, २०८२, १७:०१ मा प्रकाशितबैशाख १०, २०८२, १७:०१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१०, वैशाख काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
शिक्षक आन्दोलनका कारण बोर्डले मंगलबार वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ । बोर्डले नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो ।...
बैशाख १०, २०८२, १४:१९ मा प्रकाशितबैशाख १०, २०८२, १४:१९ मा प्रकाशितबैशाख १०, २०८२, १४:१९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१०,वैशाख काठमाडौं । चन्द्रागिरि नगरपालिकाले अन्तरपालिका सहकार्य कार्यक्रमअन्तर्गत आफ्ना तीन छिमेकी नगरपालिकालाई विभिन्न आयोजना कार्यान्वयन गर्न रु दश-दश लाख रकम उपलब्ध गराउने भएको छ ।
कीर्तिपुर नगरपालिकालाई कीर्तिपुर-४ स्थित थापागाउँ खरिबोट कुलो निर्माण गर्न चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । गत असोज १०, ११ र १२ गतेको अविरल वर्षाबाट सो कुलो क्षति भएको जनाइएको छ । यसैगरी पिपलामोड-निशाकोट–डुडेभञ्ज्जाङ सडक स्तरोन्नति गर्न धुनिबेँसी नगरपालिकालाई चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो ।
चन्द्रागिरि(२ र धुनिबेँसी-९ को सिमानामा सो सडक रहेको छ । दक्षिणकाली नगरपालिका-८ स्थित टिमुरबोट-ओबी डाँडा-घंगेरी हुँदै फास्टट्रयाक जोड्ने मोटरबाटोका लागि चन्द्रागिरिले रु। १० लाख उपलब्ध गराएको हो ।
चन्द्रागिरि नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली ...