ताजा अपडेट

प्रधानमन्त्री ओली आज अर्घाखाँची जाँदै

प्रधानमन्त्री ओली आज अर्घाखाँची जाँदै

ताजा अपडेट, राजनीति, समाचार
२७, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँची जाँदैछन् । अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका लागि त्यहाँ जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । उनी काठमाडौंबाट हेलिकप्टरबाट बिहान साढे ११ बजे पाणिनी जाने कार्यक्रम रहेको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२७, चैत काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १६१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ २० पैसा र बिक्रीदर ८३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनिया...
उपयुक्त समयमा संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली

उपयुक्त समयमा संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, चैत जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा संविधान संशोधन हुने बताएका छन् । हिजो मधेस प्रदेश सभाको चौथो अधिवेशनको २१ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसका लागि गृहकार्य भइरहेको बताए । उनले उपयुक्त समयमा संविधान संशोधनका लागि एउटा समिति बनाएर अगाडि बढ्ने प्रस्ट पारे । ‘बेलाबखतमा संविधान संशोधन भइरहने कुरा पनि हो । त्यसैले व्यवस्थालाई व्यवस्थित गर्नका लागि संविधान संशोधन गर्नुपर्ने देखिएको हो,’ उनले भने, ‘हामीले संविधानलाई बलियो बनाउन, अहिलेको व्यवस्थालाई मजबुत बनाउन संशोधन गर्न लागेका हौँ ।’ सर्वपक्षीय सहमतिका माध्यमबाट यो काम हुने प्रधानमन्त्री ओलीको भनाइ थियो...
आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२७, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै देशभर तुवाँलो लागेको अवस्था छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस, बागमती, लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । वर्षा, हिमपात लगायत तुवाँलोका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई याताया...
बालाजु बाइसधारा मेला व्यवस्थापनको तयारी तिब्र,मेलाको महत्व के छ ?

बालाजु बाइसधारा मेला व्यवस्थापनको तयारी तिब्र,मेलाको महत्व के छ ?

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, समाचार, साहित्य, स्थानीय
सीता पौडेल (अर्चना )  २६ चैत्र,काठमाडौं ।हरेक वर्ष चैत्र शुक्ल पूणिमाको दिन लाग्ने बालाजु,बाइसधारा (ल्हुती पुन्ही) मेलाको व्यवस्थापनको तयारी तिब्र पारिएको छ । यहि चैत्र ३० गते शनिबारदेखि ५ दिनसम्म सञ्चालन हुने सो मेलामा आउने श्रद्धालु भक्तजनहरुको सुविधाको लागि बालाजु,बाइसधारा (ल्हुती पुन्ही) मेला व्यवस्थापन समितिले व्यवस्थापनलाई चुस्त तथा दुरुस्त पार्न  राम्रो तयारी गरिरहेको समितिका संयोजक प्रकाश बलामीले जानकारी दिए । संयोजक बलामीले यस वर्ष शनिबारका दिन मेला शुरु हुने भएकाले पनि धेरै संख्यामा भक्तजनहरुको सहभागीता रहने कुरालाई मध्येनजर गर्दै व्यवस्थापनलाई निकै प्रभावकारी तवरबाट चुस्त तथा दुरुस्त बनाउने तयारी भएको पनि बताए ।यसका लागि समितिले विभिन्न उपसमितिहरु बनाएर काम गरिरहेको उनले स्पष्ट पारे । सोमबार सगरमाथाप्रेससँग कुराकानी गर्दै उनले प्राचीन धार्मिक,सांस्कृतिक,पर्यटकीय तथा...
राप्रपाको बल्खु सभाबाट केही व्यक्ति नियन्त्रणमा

राप्रपाको बल्खु सभाबाट केही व्यक्ति नियन्त्रणमा

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२६, चैत काठमाडौं । राप्रपाले बल्खुमा आयोजना गरेको सभास्थलबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोप छ । उनीहरुको परिचय खुलेको छैन । तर प्रहरी र राप्रपा दुवैतर्फबाट केही व्यक्तिहरु नियन्त्रणमा रहेको पुष्टि भने भएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले केही मान्छेहरुलाई नियन्त्रणमा लिएको बताए । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि सभास्थलमा होहल्ला गर्न खोजेपछि केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताए ।...
उपयुक्त समयमा संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली

उपयुक्त समयमा संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२६, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा संविधान संशोधन हुने बताएका छन् । मंगलबार मधेस प्रदेश सभाको चौथो अधिवेशनको २१ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसका लागि गृहकार्य भइरहेको बताए । उनले उपयुक्त समयमा संविधान संशोधनका लागि एउटा समिति बनाएर अगाडि बढ्ने प्रस्ट पारे । ‘बेलाबखतमा संविधान संशोधन भइरहने कुरा पनि हो । त्यसैले व्यवस्थालाई व्यवस्थित गर्नका लागि संविधान संशोधन गर्नुपर्ने देखिएको हो,’ उनले भने, ‘हामीले संविधानलाई बलियो बनाउन, अहिलेको व्यवस्थालाई मजबुत बनाउन संशोधन गर्न लागेका हौँ ।’ सर्वपक्षीय सहमतिका माध्यमबाट यो काम हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।...
वामपन्थी एकता असम्भव छैन : ‘प्रचण्ड’

वामपन्थी एकता असम्भव छैन : ‘प्रचण्ड’

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२६, चैत काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, बहस, विवाद र संघर्षबाट नै कम्युनिष्ट आन्दोलनको विकास हुँदै आएको बताएका छन् । प्रगतिशील लेखक संघको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै विगतमा एमालेसँग पार्टी एकता गरेर बनाएको नेकपाको एकता जोगाउन नसकेको स्मरण गरेका छन् । उनले भने, ‘हामीले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच एकता गरेको थियौँ। दुई तिहाइको नजिक पार्टी पुग्दा पनि हामीले सरकारबाट सबैले प्रशंसा गर्ने, इतिहासमा नाम रहने काम गर्न पनि सकेनौँ। र पार्टीको एकतालाई बचाउन पनि सकेनौँ । हामीले त्यसबाट शिक्षा लिनुको विकल्प छैन । हामीले वामपन्थी एकता र कम्युनिष्ट एकताको लागि प्रयास निरन्तर राख्छौँ ।’ उनले वामपन्थीहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए। अहिले पनि वामपन्थीहरूको दुई तिहाइ बहुमत रहेको सुनाए।...
गणतन्त्रको पक्षमा एमालेको प्रदेशस्तरीय जागरण सभा कर्णालीबाट

गणतन्त्रको पक्षमा एमालेको प्रदेशस्तरीय जागरण सभा कर्णालीबाट

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२६, चैत काठमाडौं । नेकपा एमालेले गणतन्त्रको पक्षमा सचेतना फैलाउन आजबाट प्रदेशस्तरीय जागरण सभा गर्दैछ । आजदेखि कर्णालीको सुर्खेतबाट प्रदेशस्तरीय जागरण सभा सुरु हुन लागेको नेकपा एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए । गणतन्त्रको पक्षमा सचेतना फैलाउन एमालेले चैत ११ मा वडा र १८ गते जिल्लास्तरीय जागरण सभा गरिसकेको छ । त्यसैको निरन्तरता स्वरुप आजदेखि प्रदेशस्तरीय सभा हुँदैछ’,अधिकारीले भने,‘कर्णालीको सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल त्यसतर्फ गइसक्नुभएको छ ।’ त्यसै गरी एमालेले चैत २९ गते सुदूरपश्चिम र लुम्बिनी तथा ३० गते कोशी र गण्डकी प्रदेशमा जागरण सभा आयोजना गर्दैछ ।...
प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्दै

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२६, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार मधेश प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालय अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे मधेश प्रदेश जनकपुरधाम पुग्नेछ । त्यसपछि प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् । त्यस्तै उनले आजै शहिद हेमनारायण यादवको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ भने आजै सिरहामा सूर्यनारायण सत्यनारायण मोरवैत्ता यादव क्याम्पसमा आयोजित नेकपा एमालेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।...