बुटवल–नारायणगढ सडक अवरुद्ध
२८ चैत्र,काठमाडौं ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको नवलपरासी उबर्दघाट सुस्तापूर्वए जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् ।
दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको र आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी भएको पनि प्रहरीले जानकारी दिएको छ।...








