ताजा अपडेट

त्रिवि उपकुलपतिविहीन भएपछि प्रशासनिक काम रोकियो

त्रिवि उपकुलपतिविहीन भएपछि प्रशासनिक काम रोकियो

ताजा अपडेट, शिक्षा, समाचार
२९, चैत काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति विहीन भएको छ । प्रा.डा केशरजंग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि त्रिवि उपकुलपति विहीन भएको हो। बरालले १५ चैतमा राजीनामा दिएका थिए । उनको राजीनामा बिहीबार प्रधानमन्त्री एवं कुलपति केपी ओलीले स्वीकृत गरे । बरालको राजीनामा स्वीकृत भएपनि निमित्त उपकुलपति तोकिएको छैन । त्रिवि नियम अनुसार तीन महिनासम्म रेक्टरलाई निमित्त दिने सकिने छ । प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यका अनुसार बरालको राजीनामा स्वीकृत भए पनि स्वीकृत भएको पत्र प्रा। डा। बरालले बुझ्न बाँकी भएकाले निमित्त नतोकिएको हो । राजीनामा स्वीकृत भएको पत्र मेलबाट पठाउन बरालले भनेका छन् । ‘म पत्र बुझ्न आउँदिनँ । मेलबाट पठाउन भनेको छु,’ बरालले भने । चार वर्षको कार्यकाल भए पनि बरालले १३ महिनामै राजीनामा दिएर पोखरा गएका छन् । त्रिविमा उपकुलपति नहुँदा प्रशासनिक काम रोकिएको ...
दुई प्रदेश जोड्ने कालीगण्डकीमा बन्यो पक्की पुल

दुई प्रदेश जोड्ने कालीगण्डकीमा बन्यो पक्की पुल

ताजा अपडेट, वातावरण, समाचार
२९, चैत काठमाडों । कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएको छ । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने पक्की पुल निर्माण भएसँगै दुई वटा प्रदेशका नागरिकलाई आवतजावतमा सहज बनेको छ । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्ने गरी कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण गरिएको हो । पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् । पुलबाट यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । सिग्देलका अनुसार तनहुँतर्फको भाग पुलसँग जोडिएको छ । पाल्पातर्फको भागमा माटोले सतह मिलाएर यातायात सञ्चालनमा ल्याइएको छ । पुल निर्माणको ठेक्का युनाइटेड बिल्डर्सले पाएको थियो । कुल २१० मिटर लामो उक्त पुल पश्चिम क्षेत्र सेक्टर नम्बर ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण गरिएको हो । सङ्घीय सरक...
एक दर्जन बढी कानुन खारेज गर्न उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव

एक दर्जन बढी कानुन खारेज गर्न उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, चैत काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । शुक्रवार अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आयोगले सुझाव प्रतिवेदन हस्तान्तरण गरेको हो । आयोगले प्रतिवेदनले समग्र माग पक्ष कमजोर भएकोले आर्थिक वृद्धि दर सुस्त रहेको देखाएको छ । कर्जा वृद्धि कम हुनु, घरजग्गाको कारोबारमा ह्रास आउनु, सहकारी वित्तीय प्रणालीमा लाखौं मानिसको बचत फस्नु, सरकारले गर्नु पर्ने भुक्तानी समयमा नगर्नु, व्यापारिक उधारो असुलीमा समस्या आउनु र निर्माण क्षेत्र सङ्कटग्रस्त बन्दा उपभोग र लगानीमा ह्रास आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोगले तत्काल माग पक्षमा सुधार ल्याउने नीतिगत हस्तक्षेप गर्न सुझाव दिएको छ । प्रतिवेदनले आर्थिक वृद्धि हासिल गर्न आपूर्ति पक्षबाट संरचनात्मक सुधार गरी लगानीयोग्य वातावरण बनाउन...
वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी

वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, चैत काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको वनस्पति क्षेत्रको अध्ययन र अनुसन्धान गरी थप व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । वनस्पति विभागको ६५ औँ वार्षिकोत्सव तथा २६ औँ वनस्पति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वमै नपाइने वनस्पतिहरू नेपालमा रहेको भन्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् । उनले नेपालले विभिन्न प्रजाति, हावा, प्राकृतिक श्रोत, भू बनावटले आफ्नै पहिचान बनाएको बताए । उनले नेपालमा रहेका वनस्पतिहरूको अध्ययन र अनुसन्धान गरेर थप व्यवस्थित र विकास गर्न सके देशको समृद्धिका लागि महत्त्वपूर्ण साबित हुने जिकिर गरे । मन्त्री ठकुरीले भने, ‘नेपाल विभिन्न प्रजातिहरू, हाम्रो यो अत्यन्तै हाम्रो हावा, प्राकृतिक श्रोत, भू बनावट, नेपालको आफ्नै किसिमको पहिचान, भू बनावट, नेपाल अनेक प्रजातिका फूलहरू, वनस्पतिहरू रहेको देश नेपाल ...
सुनको मूल्यमा नयाँ कीर्तिमान,आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्यमा नयाँ कीर्तिमान,आज कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२९, चैत काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ बढेको हो । यससँगै छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९०५ रुपैयाँ पुगेको हो। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको प्रभाव परेको बताइएको छ ।  ...
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन हस्तान्तरण

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन हस्तान्तरण

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, चैत काठमाडौं । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको प्रतिवेदन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारसमक्ष प्रस्तुत गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले आज अर्थ मन्त्रालयमा उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् ।प्रतिवेदन पेस गर्दै अध्यक्ष खनालले समग्र माग पक्ष कमजोर हुनु, लगानीमा ह्रास आउनु, कर्जा विस्तार बढ्न नसक्नु, घरजग्गा कारोबार खुम्चिनुलगायत देशको समग्र अर्थतन्त्रमा देखिएका समस्याका कारण आर्थिक अवसर सिर्जना गर्न नसकिएको बताए । “समग्र माग पक्ष कमजोर भएकोले आर्थिक वृद्धि दर सुस्त रहेको देखिन्छ । निजी क्षेत्रका संघ– संस्थाहरू, सबै भौगोलिक क्षेत्रका व्यवसायीहरू, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि र विज्ञहरूसँगको छलफलमा पनि उपभोगको वृद्धि दर घट्नु र लगानीमा ह्रास आउनु अर्थतन्त्रको वर्तमान ...
आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन आयोजना हुँदै

आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन आयोजना हुँदै

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२९, चतै काठमाडौं । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि यहाँ तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुने भएको छ । सम्मेलन आगामी चैत २९ देखि ३१ गतेसम्म चल्ने छ । सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सहआयोजना रहेको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालका अध्यक्ष डा हरेराम श्रेष्ठले यातायात सुरक्षालाई प्राथमिकतामा राख्दै दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्नु सम्मेलनको उद्देश्य रहेको जानकारी दिए । यातायातका विज्ञ, नीति निर्माता, प्रविधि, नवप्रवर्तनकर्ता र सरोकारवाला निकायबीच सहकार्यको माध्यमबाट प्रभावकारी समाधानको उपाय पहिचान गर्दै समग्र यातायातको सुधार, भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे गहन छलफल गरिने छ । सार्वजनिक यातायात सुधार याता...
आजको मौसम : देशभर हल्कदेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : देशभर हल्कदेखि मध्यम वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२९, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउसो सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश बाहेक अन्य ६ प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही हल्का हिमपातको समेत सम्भावना रहेको छ । सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी तथा हिमाली भूभागका हिमपातको सम्भावना रहेको कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
बालाजु बाइसधारा मेलाको तयारी पुरा,चिटिक्क प¥यो बालाजु बाइसधारा क्षेत्र

बालाजु बाइसधारा मेलाको तयारी पुरा,चिटिक्क प¥यो बालाजु बाइसधारा क्षेत्र

जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार, स्थानीय
सीता पौडेल (अर्चना)२८ चैत्र,काठमाडौं ।हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन लाग्ने बालाजु बाइसधारा (ल्हुती पुन्ही) मेलाको तयारी पुरा भएको छ ।यस अवसरमा बालाजु बाइसधारा परिसर सरसफाई,रंगरोगन र सजावट गरि चिटिक्क पारिएको छ । बालाजु बाइसधारा (ल्हुती पुन्ही) मेला व्यवस्थापन समितिले आज बिहिबार बाइसधारा परिसरमा पत्रकार सम्मेलन गरेर पर्सि ३० गते शनिबार,चैत्र शुक्ल पूर्णिमाको दिन लाग्ने बालाजु बाइसधारा मेला व्यवस्थापनको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा समितिका संयोजक प्रकाश बलामीले काठमाडौं महानगरपालिका वडा नं १६ को बालाजुमा रहेको बाइसधारा धार्मिक,सांस्कृतिक,पर्यटकीय एवम् ऐतिहासिक दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको बताए। उनले बालाजु बाइसधारालाई नेवार समुदायले ल्हुती पुन्ही मेलाका रुपमा मान्दै आएको पनि उल्लेख गरे । वि.सं. १८१२ तिर (नेपाल संवत् ८७५ ) मा कान्तिप...
नेपाल र भारत भन्सार उच्च अधिकारीहरूको बैठक सुरु

नेपाल र भारत भन्सार उच्च अधिकारीहरूको बैठक सुरु

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
२८ चैत्र,काठमाडौं । नेपाल र भारत भन्सारका उच्च अधिकारीहरूको बैठक काठमाडौंमा सुरु भएको छ । नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप प्रभावकारी बनाई अवैध व्यापार र राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूको बैठक सुरु भएको भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले बताए । बैठकमा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम उपलब्ध गराउनेबारे छलफल हुने पनि उनले जानकारी दिए । ‘...