ताजा अपडेट

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ । साथै, केही महत्त्वपूर्ण नियुक्ति, बढुवा तथा नीतिगत निर्णयहरू समेत हुने अपेक्षा गरिएको छ । आजको बैठकले केही सहसचिवहरूको सरुवा गर्न सक्ने समेत बुझिएको छ ।...
महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटका लागि क्यानले छान्यो २८ खेलाडी

महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटका लागि क्यानले छान्यो २८ खेलाडी

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
१८, चैत काठमाडौं । नपाल क्रिकेट संघ (क्यान) ले महिला टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसिया छनोटका लागि आज २८ खेलाडी प्रारम्भिक चरणमा छानेको छ । आगामी मे महिनामा थाइल्यान्डमा आयोजना हुने एसिया छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा राख्न ती खेलाडीको नाम सार्वजनिक गरेको हो। छनोट हुने खेलाडीहरूमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, विन्दु रावल, एलिसाकुमारी यादव, साना प्रवीण, राजमती ऐरी, हेलिसा गुरुङ, काजल श्रेष्ठ, सोमु विष्ट, सङ्गीता राई, एलिसा खडिया र रोमा थापा छन् । त्यसैगरी, कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनीषाकुमारी उपाध्याय, सबनम राई, सिमाना केसी, रचनाकुमारी चौधरी, सम्झनाकुमारी खड्का, रिया शर्मा, रुवी पोद्दार, सीता राना मगर, यशोदा विष्ट, अनु कडायत, मनीषा बोहरा र लक्ष्मी साउद छन् ।...
आज ‘ईद उल फित्र’ मनाइँदै, देशभर सार्वजनिक विदा

आज ‘ईद उल फित्र’ मनाइँदै, देशभर सार्वजनिक विदा

ताजा अपडेट, वातावरण, समाचार
१८, चैत काठमाडौं । इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन्। हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान(प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ । नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रुपमै महत्व दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । ईद अल–फित्र इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मानिन्छ, जुन रमजान महिनाको समाप्तिको संकेतस्वरूप मनाइन्छ। रमजानको अवधिमा धर्मनिष्ठ मुस्लिमहरूले प्रत्येक दिन बिहानको झिसमिसेदेखि साँझको सुर्यास्तसम्म रोजा (उपवास) राख्ने गर्छन्। यो महिना ईब...
प्रतिनिधि सभा बैठक बस्दै, कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिने

प्रतिनिधि सभा बैठक बस्दै, कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिने

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१८, चैत काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बिहान ११: ०० बजेका लागि बैठक तय भएको हो । यसअघि बिहीबार, शुक्रबार र आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेका थिए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि त्यसबारे उनीहरुले प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । जवाफ नदिए आज पनि संसद बैठक अवरोध गर्ने प्रतिपक्षी दलहरुको तयारी छ । प्रधानमन्त्रीले उनीहरुको माग अनुसार आज जवाफ दिने तयारी गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बैकिङ्ग कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरर्ने, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शहीद दश...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१८, चैत काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १७६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३८ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १५४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८० पैसा र बिक्रीदर ८६ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ३० पैसा र बिक्रीदर ९५ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ११ पैसा र बिक्रीदर नौ रुपैयाँ १५ पैसा, चिनियाँ ...
आजको मौसम :  मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१८, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान विभागका अनुसार लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम मूख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।...
एकीकृत समाजवादी राजावादीविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने

एकीकृत समाजवादी राजावादीविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७, चैत काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पत्रकार सुरेश रजकको हत्या भएको भन्दै दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ । आज (आइतबार) पार्टी कार्यालय आलोकनगरमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपा एसले एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजकलाई रिपोर्टिङकै क्रममा राजावादीहरूले घरभित्र थुनेर आगो लगाइ बीभत्स हत्या गरेको भन्दै कारवाहीको माग गरेको हो । विज्ञप्तिमा लेखिएको छ ‘तथाकथित प्रदर्शनका नाममा दरबारिया, राजावादी वितण्डावादीहरूले मान्छेलाई जिउँदै जलाउने, निजी र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्ने, सञ्चार गृहमा आक्रमण, लुटपाट गर्ने अत्यन्त आततायी, अराजक र हिंस्रक कामहरू गरेका छन्, एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकलाई रिपोर्टिङकै क्रममा घरभित्र थुनेर आगो लगाइ बीभत्स हत्या गरिएको छ, सुरक्षाकर्मीको हतियार खोस्ने, त्यसको फोटो खिच्ने पत्रकारको खुट्टा भाँच्ने घृणित काम गरेका छ...
राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्यूजकर्मी रजकको स्मृतिमा पुरस्कारको घोषणा

राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्यूजकर्मी रजकको स्मृतिमा पुरस्कारको घोषणा

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१७, चैत काठमाडौं । राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्यूज खबरकर्मी सुरेश रजकको स्मृति ताजा राख्न एभिन्यूज खबर टेलिभिजनले बिभिन्न निर्णय गरेको छ । चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनका क्रममा रजकको जीउँदै जलाएर हत्या गरिएको थियो । एभिन्यूजले रजकको स्मृतिमा चुनौतीपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । यो पुरस्कार हरेक वर्ष रजकको स्मृति दिवसका दिन चैत १५ गते प्रदान गरिने एभिन्यूजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी रजकको परिवारलाई रोजगारीका लागि पहल गर्ने,तत्कालका लागि काजकिरिया खर्च वापत १ लाख रुपैयाँ प्रदान गरिनेछ । संस्थाबाट पाउने सबै पारिश्रमिक रजकको परिवारलाई उपलब्ध गराइएको पनि विज्ञप्तिमा उल्लेख छ । यस्तै एभिन्यूजले गरेको रजकको बीमा बापतको १० लाख रुपैयाँ प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइने पनि उल्लेख गरेको छ । अ...
कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१७, चैत काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्य शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकबाट उक्त स्थानमा विगतमा १५ श्ययाको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना अनुमोदन गरेको हो। सो अस्पतालको पूर्वाधार, जनशक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग प्रस्ताव गर्नेछ। बैठकमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले कार्ययोजनाबारे सम्बन्धित स्थानीय तहसँग आवश्यक परामर्श र सहकार्य गरेर तीव्र रूपमा काम अघि बढाउन निर्देशन दिए । उनले प्रतिष्ठान आरम्भदेखि नै नेपाल सरकारले पूर्ण लगानी गरेकाले अस्पतालको स्तरोन्...
दुर्गा प्रसाईँले भने-‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ’

दुर्गा प्रसाईँले भने-‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ’

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७, चैत काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । सो क्रममा उनले कयौं पटक अश्लील शब्द पनि प्रयोग गरेका थिए । उनलाई प्रहरीले अहिले पनि खोजी गरिरहेको छ । यसबारे उनले भनेका छन्, ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन । म भागेको छैन ।’ उनले आफू सुरक्षित मात्रै बसेको मात्रै उनले बताएका छन् । ‘म सुरक्षित ठाउँमा बसेको छु । म भाग्नलाई जन्मिएको होइन,’ उनले भनेका छन् । उनले आफू काठमाडौंमै एउटा मन्दिरमा बसिरहेको बताएका छन् । ‘म काठमाडौंमै छु, काठमाडौंकै एउटा मन्दिरमा बसेको छु,’ प्रसाईंले भनेका छन् । त्यसयता फरार रहेका प्रसाईंले केहीबेरअघि सामाजिक सञ्जालमार्फ...