१५, चैत काठमाडौं । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।
राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।
चैत्र १५, २०८१, १५:३५ मा प्रकाशितचैत्र १५, २०८१, १५:३५ मा प्रकाशितचैत्र १५, २०८१, १५:३५ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५, चैत काठमाडों । तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थकहरू र प्रहरीबिच भडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जानकारी प्रहरीले दिएको छ ।
तीनकुने प्रहरी प्रभागका प्रहरी सहायक निरीक्षक हरिश सिंह धामीका अनुसार, प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुडा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको छ, स्थिति अहिले तनावपूर्ण नै छ । प्रदर्शनकारीले एउटा घरमा आगजनीसमेत गरेका छन् ।
...
चैत्र १५, २०८१, १३:३७ मा प्रकाशितचैत्र १५, २०८१, १३:३७ मा प्रकाशितचैत्र १५, २०८१, १३:३७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५, चैत काठमाडौं । वर्तमान व्यवस्थालाई चुनौती दिँदै प्रदर्शनमा उत्रिएका राजावादीबाट निषेधित क्षेत्र तोड्ने प्रयास भएको छ ।
राजावादीहरू बानेश्वर क्षेत्रको निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ ।
चैत्र १५, २०८१, १२:४१ मा प्रकाशितचैत्र १५, २०८१, १२:४१ मा प्रकाशितचैत्र १५, २०८१, १२:४१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५, चैत काठमाडौं । आज काठमाडौँमा गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्याली, प्रदर्शन र सभाका कारण काठमाडौँ उपत्यकाको यातायात प्रभावित भएको छ ।
गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौँको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन् । त्यसअघि उनीहरूले उपत्यकाका विभिन्न स्थानबाट र्याली निकाल्ने तयारी गरेका छन्।...
चैत्र १५, २०८१, १२:२१ मा प्रकाशितचैत्र १५, २०८१, १२:२१ मा प्रकाशितचैत्र १५, २०८१, १२:२१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५, चैत काठमाडौं । शुक्रबार राजधानीमा हुने प्रदर्शनका कारण संसदको अर्थ समितिको बैठक स्थगित भएको छ ।
बिहान १० बजे बस्ने तय भएको बैठक स्थगित भएको हो । समितिको आगामी कार्ययोजनाबारे छलफल गर्ने गरी बोलाइएको बैठक बोलाइएको थियो ।
तर, राजधानीमा हुने प्रदर्शनका कारण उपस्थित हुन असहज हुने भन्दै समिति सदस्यहरूले भनेपछि बैठक स्थगित गरिएको जनाइएको छ ।...
चैत्र १५, २०८१, १०:५२ मा प्रकाशितचैत्र १५, २०८१, १०:५२ मा प्रकाशितचैत्र १५, २०८१, १०:५२ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५, चैत काठमाडौं । आज संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ। शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन विधेयक), २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्य तालिका रहेको छ ।
पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।
यसैगरी दिउँसो १: १५ मिनेटमा बस्ने राष्ट्रिय सभाको आजको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तु...
चैत्र १५, २०८१, १०:४९ मा प्रकाशितचैत्र १५, २०८१, १०:४९ मा प्रकाशितचैत्र १५, २०८१, १०:४९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५, चैत काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार दुई वटा छुट्टाछुट्टै समूहले आयोजना गर्न लागेको विरोध प्रदर्शनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था बलियो पारिएको छ ।
गणतन्त्र पक्षधर र विरोधी राजावादी समूहको प्रदर्शन शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले दुई छुट्टाछुट्टै स्थान तोकी सही अनुसारको सुरक्षा व्यवस्थापन मिलाएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा सतर्कतासहितको तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
तिवारीले भने “दुई फरक समूहको प्रदर्शन शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षाकर्मी परिचालन गरी का...
चैत्र १५, २०८१, १०:४२ मा प्रकाशितचैत्र १५, २०८१, १०:४२ मा प्रकाशितचैत्र १५, २०८१, १०:४२ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५, चैत काठमाडौं । काठमाडौंमा आज राजतन्त्रवादी र समाजवादी मोर्चाले फरक-फरक प्रदर्शन गर्दैछन् ।
दिउँसोबाट काठमाडौंको तीनकुनेमा राजावादीहरुले र भृकुटीमण्डपमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन गर्न लागेका हुन् । दुवैले एक अर्काबिरुद्ध प्रदर्शन गर्न लागेका छन् ।
आन्दोलनका लागि तयारी तिब्र पारिएको छ । अधिकांश स्थानमा प्रहरी चेकिङ मजबुत बनाइएको छ । त्रिपुरेश्वरदेखि नै रत्नपार्कतिर जाने सडक बिहानैदेखि बन्द गरिएको छ भने अन्य स्थानमा नागरिकको सुरक्षार्थ प्रहरीले सुरक्षा मजबुत बनाएको छ । आन्दोलनका लागि दुवै पक्षले तयारी जारी राखेका छन् । आजको जनप्रदर्शनमा समाजवादी मोर्चाले १ लाख बढी मानिसहरु उतार्ने दाबी गरेको छ ।
...
चैत्र १५, २०८१, १०:३७ मा प्रकाशितचैत्र १५, २०८१, १०:३७ मा प्रकाशितचैत्र १५, २०८१, १०:३७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५, चैत काठमाडौं । काठमाडौँ महानगरपालिका भित्र केन्द्र रहेका एसइई दिने विद्यार्थीलाई गन्तव्यसम्ममा पुग्न सवारी साधन उपलब्ध नभएमा काठमाडौँ महानगरले व्यवस्था गरेको जनाएको छ । महानगरले महानगर प्रहरी बलको सहयोगमा विद्यार्थीहरूलाई गन्तव्यसम्म पुग्ने गरी सवारीसाधनको व्यवस्था गरेको जनाएको हो ।
सवारी साधन प्रयोगका लागि महानगरले निम्न व्यक्ति र नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । महानगरका अनुसार बानेश्वर क्षेत्रमा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल सम्पर्क नम्बर ९८५१०६८०९६, रत्नपार्क क्षेत्रबाट नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने
सम्पर्क नम्बर ९८५१०९३१७६, नयाँ बसपार्क क्षेत्रबाट नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट सम्पर्क नम्बर ९८५१२३३६३३ त्यस्तै गरी टेकु क्षेत्रबाट नगर प्रहरी उपरीक्षक प्रकाश पण्डित सम्पर्क नम्बर ९८५१०५६३४६ मा सम्पर्क गरी सवारी साधन प्रयोग गर्न सक्ने व्यवस्था गरेको ...
चैत्र १५, २०८१, ०७:१४ मा प्रकाशितचैत्र १५, २०८१, ०७:१४ मा प्रकाशितचैत्र १५, २०८१, ०७:१४ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५, चैत काठमाडौं । वर्तमान व्यवस्था विरोधी राजावादी समूह राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने घोषणा गरेको छ ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर समितिका संयोजक नवराज सुवेदीले सरकारले आफूहरुको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने बताए ।
उनले चैत १५ गते तीनकुनेमा प्रदर्शन हुने र चैत १६ गते उपत्यकामा घोडेजात्रा पर्व परेकाले कुनै पनि कार्यक्रम नराखिएको बताए । तर चैत्र १७ गतेदेखि आन्दोलनका थप कार्यक्रमहरु हुँदै जाने उनको भनाइ छ ।
‘आजको मितिले एक हप्ताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत्र २१ गतेदेखि सशक्त बनाउँदै लैजान बाध्य हुनेछौँ। त्यसबाट सृजित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्नेछ’, उनले भने ।...