ताजा अपडेट

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१५, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सो प्रणालीको प्रभावले हाल कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराईका केही भूभागमा हावाहुरीको पनि सम्भावना रहेको छ । आज राति सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पह...
गैरआवासीय नेपालीले स्टार्टअप र उद्यमशीलता सम्मेलन गर्दै

गैरआवासीय नेपालीले स्टार्टअप र उद्यमशीलता सम्मेलन गर्दै

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
१४ चैत,काठमाडौं ।गैरआवासीय नेपालीहरूको परोपकारी संस्था एमआईटी फाउन्डेसनले काठमाडौंमा दिगो स्टार्टअप र उद्यमशीलता सम्मेलन गर्ने भएको छ। फाउन्डेसनले आउँदो शनिबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ) उद्योग वाणिज्य संघ अन्तर्गतको नेपाली युवा उद्यमी मञ्चसँगको सहकार्यमा सो सम्मेलन आयोजना गर्न लागेको हो। ललितपुरको होटल हिमालयमा आयोजना हुने सम्मेलनले नीति निर्माता,उद्यमी र नेपाली प्रवासी समुदायका सदस्यहरूलाई एकीकृत गरी सस्टेनेबल व्यापार मोडेलहरूलाई प्रवर्द्धन गर्ने र नेपालमा विदेशी लगानी आकर्षित गर्ने सम्भावनाहरू खोज्ने लक्ष्य राखिएको बताइएको छ। सम्मेलनमा नेपालको अर्थतन्त्रको रूपान्तरण,वैदेशिक लगानीका सम्भावना,स्थानीय स्टार्टअपहरूलाई विश्वव्यापी विशेषज्ञता प्रदान गर्ने,कृषि स्टार्टअपको प्रवर्द्धन लगायत विषयमा प्यानलगत छलफल हुनेछन्। प्यानल छलफलका साथै,पर्याप्त नेटवर्किङ अवसर...
क्यान्सरको उपचारमा प्रयोग गरिने ‘किमो’ सित्तैमा दिँदै सरकार

क्यान्सरको उपचारमा प्रयोग गरिने ‘किमो’ सित्तैमा दिँदै सरकार

ताजा अपडेट, बिशेष, ब्यानर-१, स्वास्थ्य
१४, चैत काठमाडौं । सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग गरिने ‘किमो’ निःशुल्क दिने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफलको सहयोगमा क्यान्सरको उपचारमा प्रयोग हुने ‘किमो’का लागि अनुदानमा दिने भएपछि विरामीलाई छिट्टै निःशुल्क वितरण गर्ने तयारी गरिएको हो। हाल सरकारले क्यान्सरका विरामीलाई विपन्न नागरिक उपचार सेवाअन्तर्गत एक लाख रुपैयाँ सहयोग गर्दै आएको छ।विशिष्टीकृत सेवा आवश्यक पर्ने र लामो समयसम्म उपचार गर्नुपर्ने हुँदा क्यान्सरका विरामीलाई निकै आर्थिक भार पर्ने गर्छ। नेपालमा ४० प्रतिशतभन्दा बढी मृत्यु फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा हुने गरेको मन्त्रालयको तथ्यांक छ । तर, क्यान्सर समयमै पहिचान गरि प्रभावकारी उपचार गर्न सके  ठिक हुने चिकित्सकहरुले बताउँदै आएका छन्।...
लोकतन्त्रको विकल्प निरङ्कुशता होइन : गृहमन्त्री लेखक

लोकतन्त्रको विकल्प निरङ्कुशता होइन : गृहमन्त्री लेखक

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१४, चैत काठमाडों । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं ३ को आयोजनमा रूपन्देहीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै लेखकले अगाडि बढिसकेको कुनै पनि समाज पछाडि नफर्कने बताउँदै लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन नसक्ने बताएका हुन । गृहमन्त्री लेखकले लोकतन्त्रका लागि कांग्रेसले ८ दशकसम्म सङ्घर्ष गरेको बताए । लोकतन्त्र विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस भइरहेको बताउँदै लेखकले कांग्रेस लोकतन्त्र र संविधानको सुरक्षाका लागि दृढताका साथ अघि बढ्ने जानकारी दिए। “लोकतन्त्रमा कमी कमजोरी छैनन् भन्ने होइन कमजोरीहरू छन् तर त्यसलाई सुधार्दै अघि बढ्ने हो । लोकतन्त्रमा कमजोरी देखियो भनेर निरङ्कुशता तर्फ जाने होइन ।’’ लेखकले भने  ...
सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरेका छन् । जबाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित संगठनहरुद्वारा आज आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका यसअघिका कामहरू किन सफल भएनन् भन्ने समीक्षा गरी आगामी दिनका कामलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । उनले पीडितलाई न्याय र परिपूरण दिन सरकार सक्रिय रहने विश्वास दिलाउँदै विगतमा भएको अनावश्यक र अनुचित हिंसालाई अब उप्रान्त यस्तो नहुने सुनिश्चिता गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा लान सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसद्बाट सहमतिमा पारित गराइएको स्मरण गरे । संसद्बाट सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व...
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, चैत काठमाडौं । प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले बैठक अवरोध गरेका हुन् । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि आग्रह गरे । यद्यपि, विपक्षी दलहरूको तर्फबाट बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले प्रधानमन्त्रीको जवाफ माग गरे । त्यस्तै, नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रतिस्थापन विधेयक प्रमाणीकरण नहुने अवस्थामा पुग्न दिन नहुने भन्दै अवरोध नगर्न सत्तापक्षको तर्फबाट आग्रह गरे ।...
भूमि विधेयक संसदमा पेस गरिने

भूमि विधेयक संसदमा पेस गरिने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, चैत काठमाडों । सत्ता साझेदार सात राजनीतिक दलको बैठकले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशलाई नियमित विधेयककै रूपमा अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न सत्तारूढ दलको बैठकमा सरकारलाई समर्थन गरेका सबै दलको चासो सम्बोधन गरेर नियमित रूपमै भूमि विधेयक अघि बढाउने समझदारी भएको हो । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठकपछि भने “भूमिसम्बन्धी अध्यादेशलाई अध्यादेशकै रूपमा अघि बढाउन सक्ने अवस्था रहेन । चैत १८ गतेभित्र प्रमाणीकरण गरिसक्नुपर्ने छ । त्यस कारण अध्यादेशलाई अब नियमित विधेयककै रूपमा अघि बढाइने छ ।” उनका अनुसार भूमिसम्बन्धी नियमित विधेयक अघि बढाउने तयारीमा सरकार लाग्ने छ । उनले भने, “सत्ता साझेदार दलबाटै भूमिसम्बन्धी अध्यादेशका सन्दर्भमा फरक मत थिए । फरक मतलाई पनि सम्बोधन गर्ने गरी अघि बढ्ने समझदारी भएको छ ।” सचेतक घिमिरेका अ...
ललितपुरको ओचु हाइटमा खुकुरी प्रहार गरेर एक युवकको हत्या

ललितपुरको ओचु हाइटमा खुकुरी प्रहार गरेर एक युवकको हत्या

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१४, चैत काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । हत्या आरोपीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ । गएराति करिब ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले ३० रामेछाप नै घर भएका रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरेका हुन् । हत्या आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको थियो ।...
प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास,बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुनुले राम्रो सन्देश दिएको बताउँदै अब व्यावसायिक,वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन आग्रह गरे । यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा भएको चौतारीको दसौँ राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको थियो ।अध्यक्ष ओलीले चौतारीको नेतृत्व चयनका सन्दर्भमा आकाङ्क्षीहरूले आफूसँग भेट गरे पनि आफूले कसैलाई कुनै पदमा राख्नु भनेर नतोकेको स्पष्ट गर्दै महाधिवेशनले सहमतिका साथ नेतृत्व चयन गरोस् भन्ने कामना मात्रै राखेको स्मरण गराए । प्रधानमन्त्री ओलीले झुटबाहेक केही नबोल्ने र अरूलाई आरोप लगाउनेहरूबाट ब...
निमावि तहको कोटामा ६८६ शिक्षक पदका लागि आवेदन माग

निमावि तहको कोटामा ६८६ शिक्षक पदका लागि आवेदन माग

ताजा अपडेट, बिशेष, वातावरण, शिक्षा, समाचार, साहित्य
१४, चैत काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ कोटामा निमावि तहको शिक्षक पदको लागि आवेदन खुला गरेको छ । सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ । न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन आग्रह गरिएको छ ।...