ताजा अपडेट

दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ

दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, चैत काठमाडौं । तीनकुने घटनामा संलग्न भएको भन्दै प्रहरीले दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डरलाई पक्राउ गरेको छ । ‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बालाजु क्षेत्रबाट आज पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा राजभण्डारी पनि सहभागी थिए । प्रदर्शन हिंसात्मक हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।...
सञ्चारकर्मी र सञ्चार गृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न समिति गठन

सञ्चारकर्मी र सञ्चार गृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न समिति गठन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६, चैत काठमाडौं । नेपाल पत्रकार महासंघले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चार गृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ । महासंघको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिमा महासंघका छ जना सचिव सदस्य रहेका छन् । समितिमा सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन सदस्य रहेको महासंघले जनाएको छ । समितिले आजै आक्रमण गरिएका सञ्चार गृहमा गएर अध्ययन गर्न लागेको संयोजक बागचन्दले जानकारी दिए । समितिले घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्नेछ । समितिले घटना के, कसरी भयो रु, अब महासंघ कसरी अघि बढ्ने रु लगायत विषयमा सुझावसहितको प्रतिवेदन दिने जनाइएको छ । पूर्वराजा समर्थित सम...
पत्रकार हत्या र मिडियामाथिको आक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन

पत्रकार हत्या र मिडियामाथिको आक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन

ताजा अपडेट, राजनीति, समाचार
१६, चैत काठमाडौं । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन् । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए । उनको त्यही जलेर मृत्यु भएको थियो । उनको हत्याको विरोधमा आज बिहान नेपाल पत्रकार महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । आज पत्रकार महासंघको स्थापना दिवससमेत हो तर यही समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो ।...
म्यानमारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो

म्यानमारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो

ताजा अपडेट, वातावरण, समाचार
१६, चैत काठमाडौं । म्यानमारको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ । ७ सय ३२ जना घाइते भएको जनाएको छ। म्यानमारको माण्डले केन्द्रबिन्दु भएर शुक्रबार ७:७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि ६:४ म्याग्निच्युडको परकम्प गएको थियो । साना-साना परकम्प जाने क्रम जारी छ । भूकम्पले मा्णडले, सगाइङ्ग, नेपिडा लगायतका क्षेत्र बढी प्रभावित भएका छन् । भूकम्पबाट कैयौँ संरचना ध्वस्त बनेका छन् । भूकम्पले म्यानमारको छिमेकी देश थाइल्यान्डमा पनि क्षति पुगेको छ । एक निर्माणाधीन भवन भत्किँदा ८ जनाको मृत्यु भएको छ । एक सय बढी व्यक्ति फसेका छन् । केहीलाई उद्धार गरिएको छ ।...
पत्रकार रजकप्रति श्रद्धाञ्जली, पत्रकार महासंघ विरोधमा

पत्रकार रजकप्रति श्रद्धाञ्जली, पत्रकार महासंघ विरोधमा

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१६, चैत काठमाडौं । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै आज बिहान माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो । पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासंघ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । विरोध प्रदर्शनमा पत्रकार महासंघका पूर्व अध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँलेलगायतको उपस्थिति रहेको थियो ...
तीनकुने क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखक

तीनकुने क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, चैत काठमाडौं । गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्‍याएको तीनकुने(कोटेश्वर क्षेत्रको अनुगमन गर्ने भएका छन् । मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जानकारी दिएको छ । शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । सो क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।त्यस क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाइएको थियो । अहिले स्थगित गरिएको छ ।...
राजावादीको आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको दमन थाहा पायो : शंकर पोख्रेल

राजावादीको आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको दमन थाहा पायो : शंकर पोख्रेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१६, चैत काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राजावादीको शुक्रबारको हिंसात्मक आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको निरंकुशता र दमन थाहा पाएको टिप्पणी गरेका छन् । पत्रकारसहित दुई जनाको ज्यान जाने गरी भएको उग्र आन्दोलनले राजतन्त्रको निरंकुशता र दमन नभोगेको पुस्तलाई थोरै भए पनि बुझ्ने मौका मिलेको उनको भनाइ छ । उनले गणतन्त्रका पक्षमा समाजवादी मोर्चाको प्रदर्शनमा ठूलो सहभागिता रहे पनि शान्त र सन्देशमूलक भएको तर राजावादीको आन्दोलन हिंसात्मक र अराजक भएकोले बताउँदै उनले राजतन्त्र र गणतन्त्रको फरक छुट्टिएको उल्लेख गरेका छन् । ‘एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भए । विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरुको कार्यक्रममा भन्दा धेरै जनताको सहभागिता रह्यो । कार्यक्रम शान्त, मर्यादित र सन्देश मुलुक रह्यो । राजावादीहरुको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्...
गृह मन्त्रालयमा आकस्मिक सुरक्षा सम्बन्धी बैठक जारी

गृह मन्त्रालयमा आकस्मिक सुरक्षा सम्बन्धी बैठक जारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, चैत काठमाडौं । पछिल्लो समय राजावादी समूहको प्रदर्शन उग्र रूपमा फैलिँदै गएपछि गृह मन्त्रालयमा आकस्मिक सुरक्षा सम्बन्धी बैठक बसेको छ । देशका विभिन्न स्थानमा राजावादी समूहले प्रदर्शनलाई तीव्र बनाएसँगै उत्पन्न सुरक्षा चुनौतीको समीक्षा गर्न यो बैठक आयोजना गरिएको हो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको उक्त बैठकमा गृह सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ । स्रोतका अनुसार, बैठकमा हालको प्रदर्शनको प्रकृति, यसले निम्त्याउन सक्ने सम्भावित जोखिम र शान्ति(सुरक्षा कायम राख्न आवश्यक रणनीतिबारे गहन छलफल भइरहेको छ । प्रशासन सिँहदरवारको एक विशेष स्रोतले दिएको जानकारीअनुसार, बैठकमा प्रदर्शनको समीक्षा गर्दै तत्काल र दीर्घकालीन योजनाहरू तय गर्ने प्रयास भइरहेको छ । प्रदर्शनकारीहरूको गतिविधि नियन्त्रण गर्न सु...
काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु आदेश जारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५, चैत काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आज शुक्रबार अपराह्न ४स्२५ बजेदेखि राति १० बजेसम्म काठमाडौँ महानगरपालिकाको निश्चित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा हस्ताक्षरित यो आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लागू गरिएको हो । यो कर्फ्यु बानेश्व(तीनकुने क्षेत्रमा केन्द्रित छ, जहाँ गणतन्त्रवादी र राजतन्त्रवादी समूहहरूले प्रदर्शनको घोषणा गरेपछि तनाव बढेको थियो। कर्फ्यु लागू हुने क्षेत्रको चार किल्ला निम्नानुसार तोकिएको छ । गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म,कोटेश्वरदेखि जडीबुटी पुलसम्म,कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म,गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म । यो अवधिमा उक्त क्षेत्रभित्र कसैले आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर...
अर्को गल्ती नगर्न पूर्वराजालाई ‘प्रचण्ड’को चेतावनी

अर्को गल्ती नगर्न पूर्वराजालाई ‘प्रचण्ड’को चेतावनी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, चैत काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ‘प्रचण्ड’ले नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न आग्रह गरेका छन् । ‘नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगरियोस् । विगतमा उनले धेरै गल्ती गरे,’ प्रचण्ड’ले भने, ‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । खबरदार ।’...