ताजा अपडेट

‘लोकतन्त्रको विकल्प राजतन्त्र भन्ने भ्रम मात्र’ : गृहमन्त्री लेखक

‘लोकतन्त्रको विकल्प राजतन्त्र भन्ने भ्रम मात्र’ : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, फागुन काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनताले आन्दोलनबाट फ्याँकेको राजतन्त्र पुनः आउने कल्पनासमेत नगर्न आग्रह गरेका छन् । उनले लोकतन्त्रको विकल्प राजतन्त्र कदापि हुन नसक्ने भन्दै त्यसको भ्रमबाट उम्कन आग्रह गरेका हुन् । आइतबार सुर्खेतमा आयोजित एक कार्यक्रममा गृहमन्त्री लेखकले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै जनताले फालेको राजतन्त्र फेरि नआउने र लोकतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने जनाए। पूर्व राजाले पनि लोकतन्त्रको पूर्ण उपभोग गरेको हुँदा यो नै लोकतन्त्रको सुन्दर पक्ष भएको उनको भनाइ छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्दै गृहमन्त्री लेखकले अहिले राजावादीहरू आन्दोलन गरिरहनु, बोलिरहनु लोकतन्त्रको उपभोग गरेको बताए । साथै अहिले भइरहेका आन्दोलनले शान्ति सुरक्षामा कुनै खलल नपुग्ने गरी शान्ति सुरक्षा चुस्त दुरुस्त राखिएको उनको भनाइ छ ।...
सुर्खेतबाट तारा एयरको उडान बन्द

सुर्खेतबाट तारा एयरको उडान बन्द

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२५, फागुन सुर्खेत । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गरेको हवाई सेवा अहिले बन्द भएको हो । हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो । ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ । ट्राभल्सका मिनबहादुर रावलले अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि आवश्यक सहयोग प्राप्त नभएपछि हवाई सेवा बन्द भएको बताए ।...
लोक सेवा आयोगहरूको पाँचौँ राष्ट्रिय सम्मेलनस् योग्यता, निष्पक्षता र स्वच्छता कायम राख्ने प्रतिबद्धता

लोक सेवा आयोगहरूको पाँचौँ राष्ट्रिय सम्मेलनस् योग्यता, निष्पक्षता र स्वच्छता कायम राख्ने प्रतिबद्धता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५, फागुन विराटनगर । लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरूबिच पाँचौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। फागुन २३ र २४ गते कोशी प्रदेशको विराटनगरमा सम्पन्न सम्मेलनले चार बुँदे प्रतिबद्धतासहित सार्वजनिक प्रशासनलाई सक्षम, पारदर्शी, र निष्पक्ष बनाउन आवश्यक नीतिगत तथा व्यवस्थापकीय सुधारमा ध्यान केन्द्रित गरेको छ। सम्मेलनमा आयोगका पदाधिकारीहरूले योग्यता प्रणालीलाई प्रवर्द्धन गर्ने तथा संरक्षकको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। विज्ञप्ति अनुसार, जनशक्ति छनोटमा योग्यता प्रणालीको सिद्धान्तलाई पूर्ण रूपमा पालन गर्ने निर्णय गरिएको छ। संघीयता अनुरूप सार्वजनिक प्रशासनलाई सक्षम जनशक्ति उपलब्ध गराउने लक्ष्यसहित आयोगलाई उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने पहल गरिने सम्मेलनले स्पष्ट गरेको छ। प्रविधिको उच्चतम प्रयोगमार्फत आयोगको कार्यसम्पादनलाई निष्पक्ष, पारदर्शी, र विश्वसनीय...
सुदूरपश्चिम प्रदेश सभालाई प्रधानमन्त्रीले आज सम्बोधन गर्दै

सुदूरपश्चिम प्रदेश सभालाई प्रधानमन्त्रीले आज सम्बोधन गर्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज दिउँसो १ बजे धनगढी पुगेर प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको छ । प्रधानमन्त्री ओली प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुअघि सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।...
जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
२५, फागुन चितवन । पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका-७ का ३५ वर्षीय सुरेश महतो रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार रत्ननगर-७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको हो । जंगली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।...
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२५, फागुन रुपन्देही । विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो । धम्मकाय फाउन्डेसनले भिक्षु–भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र सौहर्दताका लागि दीप प्रज्ज्वलन गरिएको हो । नेपालको झण्डा केन्द्रभाग मानी धम्मचक्रको आकार आउने गरी गरिएको दीप प्रज्ज्वलनको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष धम्मशोभन महास्थविरले शुभारम्भ गरेका थिए । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्ज्वलन गरी विश्व शान्ति र प्राणी जगत्को कल्याणको कामना गर्नु आफैँमा महत्त्वपूर्ण भएको बताए । उनले बुद्धका उपदेशहरूलाई यस्तै आ...
पूर्वराजा आज काठमाडौँ फर्किँदै, सुरक्षा व्यवस्था कडा

पूर्वराजा आज काठमाडौँ फर्किँदै, सुरक्षा व्यवस्था कडा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, फागुन काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौँ फर्किने भएका छन् । उनको भव्य स्वागत गर्ने भन्दै समर्थकहरूले तयारी गरेपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।...
कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको अनुरोध

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको अनुरोध

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५, फागुन काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष र डीन कार्यालयमा तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै शुक्रवार बिहान शिक्षाध्यक्ष र विज्ञान संकायको डीनको कार्यकक्षमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न नेपाल सरकार र गृह मन्त्रालयलाई अनुरोध गरेको हो । शिक्षाध्यक्ष र विज्ञान संकायको डीनको कार्यकक्षमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न नेपाल सरकार र गृह मन्त्रालयलाई अनुरोध गरेका हुन् । यही फागुन २३ गते त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसी र अध्ययन संस्थानको डिन कार्यालयको कार्यकक्षमा विद्यार्थी समूहले तोडफोड गरेको थियो । देश-विदेशमा छुट्टै पहिचान कायम गर्न सफल त्रिवि आफ्नो उद्देश्यअनुसार काम गर्दा कुनै कमीकमजोरी देखिए वा कुनै समस्या देखिए वार्ता र संवादद्वारा समस्या समाधान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। सार...
चन्द्रागिरि नगरपालिकाद्वारा पाँच विधाका चौध महिला सम्मानित

चन्द्रागिरि नगरपालिकाद्वारा पाँच विधाका चौध महिला सम्मानित

ताजा अपडेट, वातावरण, समाचार
२५,फागुन काठमाडौं । चन्द्रागिरि नगरपालिकाले विभिन्न पाँच विधामा उत्कृष्ट योगदान पुर्‍याएका नगर क्षेत्रका १४ महिलालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकाद्वारा आज आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । समाजसेवामा समर्पित भई अतुलनीय योगदान पुर्‍याएबापत स्थानीय शारदा खतिवडा, रुकुमिणी गिरी र यमुनादेवी श्रेष्ठ, महिला अधिकारका क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै शान्ति महर्जन र दुर्गा तिमिल्सिना तथा नगर क्षेत्रबाट हालै विद्यावारिधि हासिल गरेका डा। मिनु सिग्देल लोहनी र डा. सुनिता थापालाई सम्मान गरिएको हो । यसैगरी, महासेनानी अञ्जु कार्की रायमाझी, उद्यमी कृष्णप्रभा जोशी, मीना गोपाली, पार्वती कार्की, इन्द्रमाया महर्जन, रञ्जिता न्यौपाने र दीना श्रेष्ठलाई समेत सम्मान गरिएको छ । चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक घनश्याम...
इलाममा उत्पादित मिठाइको माग काठमाडौँ र भारतसम्म

इलाममा उत्पादित मिठाइको माग काठमाडौँ र भारतसम्म

ताजा अपडेट, वातावरण, समाचार
२५, फागुन इलाम । सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो । गर्मीयाम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ । कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु पुगेर पोखरीमा डुङ्गा सयर गर्ने, बिहानको भुल्के घाम हेर्ने र फर्किने औसत पर्यटकको ‘सेड्युल’ हुन्छ । तर, घुमफिर गरेर घर फर्किँदा पर्यटक रित्तै जाँदैनन् । उनीहरु नगरपालिकाको केन्द्र फिक्कल बजार पुगेर कोसेली किन्छन् । दुग्धजन्य उत्पादन छुर्पी, घ्यू, ललिपप र बम्बइसन साथै चिया र अकबरे कोसेलीका रूपमा लगिने गरेको छ । “कार्यालयमा साथीहरूले इलामको कोसेली खोई भन्छन्”, चितवनबाट घुम्न आउनुभएका रोशन सापकोटाले भने, “ललिपप नलिई नआउनु भनेका छन् । रु छ हजारको किनिसके, जुन हेर्यो, त्यहीँ लैजानुजस्तो छ ।”कोसेली सामान बिक्रीका लागि बजारमा लहरै सजाएर राखिएको छ । एउटा पसलले सामान्यतया पाँ...