ताजा अपडेट

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२६, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।...
भूकम्पका विरुद्ध राजनीति नगरौँ : गृहमन्त्री लेखक

भूकम्पका विरुद्ध राजनीति नगरौँ : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२६, फागुन काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका विरुद्ध राजनीति नगर्न आग्रह गरेका छन् । भूकम्पले चर्किएका भत्किएका घर सरकारले निर्माण गर्ने बताएका छन् । भूकम्पीय पुन निर्माण तथा पुन स्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय उद्घाटन गर्न जाजरकोट पुगेका मन्त्री लेखकले यस्तो कुरा बताएका हुन् । गृहमन्त्री लेखकले भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण पुन स्थापना प्राधिकरण, प्रदेश सरकार स्थानीय तह, एकै साथ चल्नु पर्ने बताए। उनले विस्तृत परियोजना (डिडिए) छिटोछरितो गरिने बताए । डिडिएको काम समयमा सम्पन्न गरी पुन निर्माणको कामलाई अघि बढाउन सरकार लागी परेको बताए । भूकम्पले घर भत्किएपछि पुन निर्माण पूर्व गरिने डिडिएका लागी जाजरकोटमा ५० जना, रुकुम पश्चिममा ४८ जना प्राविधिकले काम गरी रहेको बताए । फिल्डमा खटिएका प्राविधिकको कमी भएपछि स...
कमल थापाले बोलाए पदाधिकारी बैठक

कमल थापाले बोलाए पदाधिकारी बैठक

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२६, फागुन काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो १स्३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए । आगामी दिनमा हिन्दुराष्ट्र तथा राजसंस्थाको एजेन्डा स्थापित गर्न र संघीयता खारेज गर्नका लागि राजावादीहरुबीच एकजुट हुनुपर्ने आवाज उठिरहेका बेला थापाले बैठक बोलाएका हुन् । महामन्त्री बर्तौलाका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आइतबार काठमाडौंमा भएको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम र आगामी योजनाबारे बैठकमा छलफल हुने छ ।...
हत्याको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ

हत्याको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ

ताजा अपडेट, वातावरण, समाचार
२६, फागुन काठमाडौं । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा सर्लाही बागमती ढुंगेखोलाका कैलाश खड्का, मकवानपुर हेटौँडा शिखरपानीका सुरेश तामाङ, नुवाकोट मेघाङका रोशन तामाङ, सिन्धुपाल्चोक तिपिनेका पुजा परियार र एक नाबालक रहेका छन् । काठमाडौँ गोकर्णेश्वर नगरपालिका-७ नामी कलेज नजिक बागमती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०/३५ की महिला यही फागुन २४ गते बिहान ११:५० बजे मृत फेला परेकी थिइन् । प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटिई गएको टोलीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा निजको हत्यामा ती व्यक्तिको संलग्नता खुल्न आएक...
बोल्न नसक्ने वृद्धालाई नागरिकता प्रदान

बोल्न नसक्ने वृद्धालाई नागरिकता प्रदान

ताजा अपडेट, वातावरण, समाचार
२६, फागुन सोलुखुम्बु । महाकुलुङ गाउँपालिका-५ की बोल्न नसक्ने एक ६८ वर्षीया वृद्धा गोटाल मनि राईले नेपाली नागरिकता प्राप्त गरेकी छन् । राईलाई प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रदान गरे । वडा अध्यक्ष महलसिं राईको सिफारिसमा नागरिकता वितरण गरिएको थियो । जिल्लाका कुनै पनि नागरिक नागरिकता पाउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यअनुरूप राईलाई नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए । उनले भने, “उहाँ नागरिकता पाउनबाट वञ्चित हुनुभएको रहेछ, जसले गर्दा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनुभएको रहेछ ।” राईका बुवा आमा सानैमा मृत्यु भएका कारण नागरिकता बनाउन नसकेको वडाध्यक्ष महलसिंह राईले बताए । अत्यन्त न्यून आयस्तर भएका वृद्धाको घर नभएका कारण कटेरामा बस्दै आएका छन् । “उहाँको आफ्नो भन्ने कोही छैन, घरसमेत नभएका कारण सानो क...
संघीयता सबलीकरण समितिको बैठक आज बस्दै

संघीयता सबलीकरण समितिको बैठक आज बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२६, फागुन काठमाडौं । संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ । आज बैठकमा आयोगहरूको संघीय संसद्ले संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था सम्बन्धमा विज्ञहरूको धारणा सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२६, फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ २६ पैसा र बिक्रीदर १५० रुपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ २२ पैसा र बिक्रीदर १८० रुपैयाँ, स्वीस फ्र्यांक एकको खरिददर १५७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५८ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८७ पैसा, सिंगापुर डलर एकको खरिददर १०४ रुपैयाँ २० पैसा र बिक्रीदर १०४ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ ।जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन ...
आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२६, फागुन काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।...
राष्ट्रियसभा बैठक चैत ४ गतेसम्म स्थगित

राष्ट्रियसभा बैठक चैत ४ गतेसम्म स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, फागुन काठमाडौं । राष्ट्रियसभाको बैठक चैत ४ गतेसम्मका लागि स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आइतबारको बैठकपछि राष्ट्रिय सभाको अर्को बैठक चैत ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् । आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगको आर्थिक बर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए । त्यसअघि सांसदहरूले महिला बालबालिका, हिंसा र बलात्कारका विषय, शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीलगायतमा उठेका प्रश्नको सरकारलाई जवाफ दिन अध्यक्ष दाहालले निर्देशन दिएका छन् ।...
अझै तीन दिन मौसम सफा नहुने , वायु प्रदूषण बढ्यो

अझै तीन दिन मौसम सफा नहुने , वायु प्रदूषण बढ्यो

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२५, फागुन काठमाडौं । पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ । “मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” मौसमविद् विनु महर्जनले भनिन्, “अझै तीन दिन यस्तै हुने देखिन्छ ।”विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रूपमा भियतनामको राजधानी हनोई सहर सुचीकृत भएको छ भने दोस्रोमा चीनको बेइजिङ परेको छ । तेस्रो प्रदूषित सहर बङ्गलादेशको ढाका तथा चौथो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ ।...