ताजा अपडेट

भेरीगंगाका वडाध्यक्ष आग्रीको निधन

भेरीगंगाका वडाध्यक्ष आग्रीको निधन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९, फागुन काठमाडों । सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो । क्यान्सर उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा थियो । परिवारका सदस्यले दिएको जानकारी अनुसार उनको मिर्गौलामा समस्या थियो । आग्री नेपाली कांग्रेसबाट २०७९ मा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।...
‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण

‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१९, फागुन काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गरेकी छिन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गर्नुभएको अनेक संघर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो । पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ।...
राजनीति स्थिरता र विकासका लागि वर्तमान समीकरण : उपप्रधानमन्त्री सिंह

राजनीति स्थिरता र विकासका लागि वर्तमान समीकरण : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१९, फागुन काठमाडों । नेपाल सरकारका उपप्रधान तथा सहरी विकास तथा भौतिक मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व र विकासका लागि वर्तमान समीकरण भएको बताएकना छन् । अछाम सदरमुकाम मङ्गलसेन दरबारको हस्तान्तरणका क्रममा राजनीतिक अस्थिरताले देशको विकासमा प्रभाव पारेकोले त्यसको अन्त्यका लागि आफूहरू एक भएको भनाइ उपप्रधान मन्त्री सिंहको छ । “देशका राजनीति स्थायित्व र स्थिरता नभईकन जनताले चाहे अनुसारको विकास निर्माणका कार्यहरू अगाडि बढाउन मुस्किल हुने भएकोले वर्तमान सरकार गठन भएको हो ।” मन्त्री सिंहले भने । राजनीतिक अस्थिरताले पटक पटक छोटो समयका लागि सरकार परिवर्तन हुने भएकोले जनताको चाहना अनुसारको वर्तमान सरकार भएको उनको भनाइ छ । संविधानप्रदत्त अधिकारहरू सबैलाई समान रूपमा उपभोग गर्न पाउने गरी आवश्यक सङ्घीय कानुनहरू समयमै बनाएर जनतालाई सेवा दिनेमा लागिरहेको मन्त्री सिंहको भनाइ रहेको छ । ...
सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर

सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१९, फागुन काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य विगत तीन दिनदेखि स्थिर छ । सोमबार सुनको मूल्य १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, चाँदी पनि शुक्रबारदेखि एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
प्रधानमन्त्रीसँग इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान बुफोनको भेट

प्रधानमन्त्रीसँग इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान बुफोनको भेट

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल आएका अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका हुन् । भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफोनका परिवारका सदस्यलगायत सहभागी थिए।...
गोरखामा माइक्रो बस दुर्घटना : १ जनाको मृत्यु, १४ घाइते

गोरखामा माइक्रो बस दुर्घटना : १ जनाको मृत्यु, १४ घाइते

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१९, फागुन काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ः२५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ ।  ...
नेपाल बुद्धिजीवी परिषदको बागमती प्रदेशको अध्यक्षमा ठमिन्द्र खतिवडा निर्वाचित

नेपाल बुद्धिजीवी परिषदको बागमती प्रदेशको अध्यक्षमा ठमिन्द्र खतिवडा निर्वाचित

ताजा अपडेट, बिशेष, राजनीति, वातावरण, समाचार
१९, फागुन काठमाडौं । नेपाल बुद्धिजीवी परिषदको बागमती प्रदेश अध्यक्षमा ठमिन्द्र खतिवडा निर्वाचित भएका छन् । काठमाडौंमा शनिबार सम्पनन्न बागमती प्रदेशको दोस्रो अधिवेशनले खतिवडालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । परिषदको उपाध्यक्षमा गोविन्द्रप्रसाद चौंलागाईं, सचिवमा सञ्जय आचार्य, उपसचिवमा नरनाथ न्यौपाने र भवनाथ झा तथा कोषाध्यक्षमा अञ्जु केसी चयन भएका छन् । अधिवेशनमा नेकपा ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बुद्धिजीवी परिषदको पार्टीसँगको सम्बन्ध टु इन वानु रहेको बताए । ुतपाईंहरु पार्टीसँग नजिकबाट जोडिनुभएको छ, उनले भने, साथै तपाईंहरु बौद्धिक समुदायलाई प्रतिनिधित्व पनि गर्नुहुन्छ । पार्टीसँगको सम्बन्धको वकालत गर्दा पेसागत क्षमता र दक्षताको कुरा पछि पर्ने र पेसागत दक्षताको वकालत गर्दा पार्टीसँगको सम्बन्ध कमजोर हुने असन्तुलित स्थिति तपाईंहरुसामु छ । तर, यसलाई असन्तुलित हुने छुट तपाईंहर...
विपद् व्यवस्थापनका लागि नेपाली सेनाको ‘अभ्यास हातेमालो’ को सातौँ संस्करण सुरु

विपद् व्यवस्थापनका लागि नेपाली सेनाको ‘अभ्यास हातेमालो’ को सातौँ संस्करण सुरु

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१९, फागुन काठमाडौं । विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाली सेनाको अगुवाइमा ‘अभ्यास हातेमालो’ को सातौँ संस्करण सुरु भएको छ। तीन दिने केन्द्रीय स्तरीय एकीकृत अभ्यासको उद्घाटन हिजो जङ्गी अड्डामा सम्पन्न भएको हो। विपद् व्यवस्थापनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूको सहभागितामा सञ्चालन भइरहेको यो अभ्यास पहिलो पटक २०७५ सालदेखि वार्षिक रूपमा आयोजना हुँदै आएको छ। यस अभ्यासको मुख्य उद्देश्य विपद् व्यवस्थापनका क्षेत्रमा भई रहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमताको अभिवृद्धि, तथा सरोकारवाला निकायहरूबिच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनु रहेको छ। अभ्यासको उद्घाटन युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी प्रेम ध्वज अधिकारीले गरेका हुन्। उद्घाटन समारोहमा रथी वृन्द, विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिहरू, रेडक्रस तथा गैरसरकारी संस्थाका प्रतिनिध...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१९, फागुन काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यसैगरी, युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५५ रुपैयाँ २९ पैसा निर्धारण भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ४० पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ । जापानी येन ...
प्रदूषण परीक्षण फेल सवारीलाई महानगरले तिरायो जरिबाना

प्रदूषण परीक्षण फेल सवारीलाई महानगरले तिरायो जरिबाना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
१९ फागुन,काठमाडौं । काठमाडौं महनागरपालिकाले सवारी प्रदूषण परीक्षण क्रममा फेल भएका सवारीसाधनलाई जरिबाना तिराएको छ । आइतबार टेकु क्षेत्रका सडकमा प्रदूषण जाँच गर्ने क्रममा फेल भएका सवारीलाई महानगर प्रहरी बल, वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक्त टोलीले जरिवाना तिराइएको हो । महानगर प्रहरीका अनुसार ४० सवारीसाधन जाँच गर्दा २२ सवारीसाधन फेल भएका छन् । प्रदूषण परीक्षण फेल भएका सवारीसाधनलाई ५ सय रुपैयाँका दरले जरिबाना गरिएको छ ।...