ताजा अपडेट

आज विश्व वन्यजन्तु दिवस मनाइँदै

आज विश्व वन्यजन्तु दिवस मनाइँदै

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१९, फागुन काठमाडौं । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ । राष्ट्र संघको ६८ औं महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिबारे मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो । सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि ९सीआर्इटीईएस० अनुमोदन भएको थियो । त्यसै वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी व्याङ्कककमा आयोजित जलवायु परिवर्तनसम्बन्धी १६ औं राष्ट्रसङ्घीय सम्मेलन तथा सीआईटीईएस पक्षराष्ट्रको सम्मेलनले थाइल्याण्डको वन्यजन्तु दिवस मनाउने प्...
सगरमाथा संवादको तयारी तीव्र

सगरमाथा संवादको तयारी तीव्र

ताजा अपडेट, राजनीति, समाचार
१९, फागुन काठमाडौं । जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका समस्या विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य’ शीर्षकमा यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ को तयारी तीव्र गतिमा प्रारम्भ भएको छ । संवादको तयारीका लागि गठित व्यवस्थापन समितिको आइतबारको पहिलो बैठकले पर्वतीय र तटीय क्षेत्रमा अवस्थित देशका राष्ट्र तथा सरकार प्रमुख, जलवायु अनुसन्धानको क्षेत्रमा काम गर्ने विज्ञ, राष्ट्रिय अन्तरराष्ट्रियस्तरका निजी क्षेत्रका प्रतिनिधि, विषयविज्ञ तथा समाजमा प्रभाव पार्न सक्ने व्यक्तित्वलाई आमन्त्रण गर्ने निर्णय गरेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयोजकत्वको समितिले संवादका लागि पूर्र्वाधारको व्यवस्था तथा कार्यक्रमको प्रारुप तयार पारेको संवादका सम्पर्क व्यक्ति वन मन्त्रालयका सहसचिव महेश्वर ढ...
आजको मौसम : देशभर सफा

आजको मौसम : देशभर सफा

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१९, फागुन काठमाडौं । आज देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकोले मुख्यतया मौसम सफा रहने विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल स्थानीय र पश्चीमी न्यूनचापीय कुनै प्रणालीको प्रभाव छैन । देशका पहाडी भू-भागका केही क्षेत्रमा भने आंशिक बदली हुने सम्भावना छ तर वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।...
साना तथा मझौंला होटल व्यवसायीहरु भन्छन् : सरकारी नीतिगत अस्पष्टता र व्यवहारगत अप्ठयाराका कारण व्यवसाय सञ्चालनमा समस्या भयो

साना तथा मझौंला होटल व्यवसायीहरु भन्छन् : सरकारी नीतिगत अस्पष्टता र व्यवहारगत अप्ठयाराका कारण व्यवसाय सञ्चालनमा समस्या भयो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
सीता पौडेल (अर्चना) १८ फगुन,काठमाडौं ।साना तथा मझौंला होटल व्यवसायीहरुले सरकारी नीतिगत अस्पष्टता र व्यवहारगत अप्ठयाराका कारण व्यवसाय सञ्चालनमा समस्या भएको बताएका छन् । शनिबार काठमाडौंमा सम्पन्न नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशनको उद्घाटन सत्रमा उपस्थिति  सम्बन्धित विभिन्न संगसंगठनका नेतृत्वकर्ताहरुले होटल व्यवसाय सञ्चालनका लागि देखिएका समस्याहरुको समाधानको लागि सरकारको ध्यानाकर्षण समेत गरे । सरकारमा मुख्य भूमिकमा रहेको पार्टी नेकपा (एमाले) का महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा उनिहरुले व्यवसायगत समस्या प्रस्तुत गर्नुका साथै समाधानका उपायहरु सहित सरकारको ध्यनाकर्षण गराएका थिए । सो कार्यक्रममा संघका अध्यक्ष पदम लिम्बुले साना तथा मझौला होटल व्यवसायीहरुबिच संघले एकताको भावना जागृत गर्ने काम गर्दै आएको र  होटल व्यवसायीहरुकाबिच हरेक कुरामा एकमत रहे...
बानेश्वरमा झडप, डीएसपी पौडेल घाइते

बानेश्वरमा झडप, डीएसपी पौडेल घाइते

ताजा अपडेट, राजनीति, समाचार
१८, फागुन काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा झडप भएको छ । ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आइतबार आयोजना गरेको प्रदर्शनमा झडप भएको हो । झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार हुँदैछ । निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको हो । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।...
नेपाल कानुन व्यवसायी परिषद् विधेयक राष्ट्रिय सभाबाट पारित

नेपाल कानुन व्यवसायी परिषद् विधेयक राष्ट्रिय सभाबाट पारित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, फागुन काठमाडों । राष्ट्रिय सभाको आइतबारको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि निर्णय गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । मन्त्री चौरसियाले कानुन व्यावसायी प्रतिष्ठान (लयर्स एकेडेमी) को स्थापना गर्नु विधेयकको मुख्य उद्देश्य रहेको बताए। उनले कानुन विषयको स्नातक वा सो सरहको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन अध्यापन गराउने पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने सम्बन्धमा विधेयक सम्बन्धित छ ।...
सेयर बजारमा उच्च वृद्धि

सेयर बजारमा उच्च वृद्धि

अपराध, ताजा अपडेट, वातावरण, समाचार
१८, फागुन काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ७५.२४ अंक ९२.६७ प्रतिशत बढेर २८९० अंकमा पुगेको छ । बजारको यो अंक भदौ ९ यताकै उच्च हो । कारोबार रकम पनि बढेको छ । गत बिहीबार ११ अर्ब ३९ करोडको कारोबार भएकोमा आज १४ अर्ब २५ करोडको भयो । १९६ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ४ को स्थिर रह्यो । ४ वटा सेक्टर ४ प्रतिशतभन्दा धेरै बढे । बैंकिङ २.५३, विकास बैंक ३.८८, फाइनान्स ४.२८, होटल तथा पर्यटन ४.१४, हाइड्रोपावर १.९८, लगानी ३.०३, जीवन बीमा ४.३१, उत्पादन ४.७९, माइक्रोफाइनान्स १.३५, निर्जीवन बीमा ३.४१, अन्य १.५१ र व्यापार १.०६ प्रतिशत बढे । हिमालयन डिस्टिलरी, गार्डियन माइक्रोलाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, दोर्दीखोला हाइड्रोपावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ९.२, बोटलर्...
एमालेको सचिवालय बैठक जारी

एमालेको सचिवालय बैठक जारी

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१८, फागुन काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ। आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो। बैठकमा सरकारले ल्याएको अध्यादेश, पछिल्ला राजनीतिक, समसायिक विषयमा छलफल हुने बताइएको छ। साथै पार्टीका गतिविधिका बारेमा पनि छलफल हुने छ। बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालय सदस्य सहभागी छ ।...

राष्ट्रिय सभा बैठक स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, फागुन काठमाडौं । राष्ट्रिय सभाको बैठक चार दिनपछि बस्ने गरी स्थगित भएको छ ।  आइतबार बसेको बैठकमा शून्य समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । गृहमन्त्री रमेश लेखकले संसदमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । साथै, राष्ट्रिय सभाले संविधानसभा सदस्य बिदुर प्रसाद सापकोटाको निधनप्रति शोक व्यक्त गरेको छ । आइतबार प्रतिनिधि सभाबाट पारित भएर गएका विभिन्न विधेयकलाई राष्ट्रिय सभाले समेत पारित गरेर अगाडि बढाएको छ । यी कार्यसूची सकाएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अर्को बैठक यही फागुन २२ गते दिउँसो सवा १ बजे बस्नेगरी स्थगित गरे ।...
नेपालमा यो वर्षको प्रि-मनसुन सुरु, अब तापक्रम बढ्ने, हावाहुरी चल्ने, मेघ गर्जन र चट्याङसहित वर्षा  हुने

नेपालमा यो वर्षको प्रि-मनसुन सुरु, अब तापक्रम बढ्ने, हावाहुरी चल्ने, मेघ गर्जन र चट्याङसहित वर्षा हुने

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१८, फागुन काठमाडौं । यो वर्षको प्रि–मनसुन सुरु भएको छ । नेपालमा ‘विन्टर’ अर्थात् हिउँदयाम सकिएर ‘प्रि–मनसुन’ सुरु भएको हो । अङ्ग्रेजी महिनाको मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म रहन्छ । प्रि–मनसुन भन्नाले वर्षायाम सुरु हुनुभन्दा अघिको समय हो । तीन महिने प्रि– मनसुनमा देशभरको तापक्रम बढ्ने, हावाहुरी चल्ने, मेघ गर्जन र चट्याङसहित वर्षा हुने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘हामीले मार्च, अप्रिल र मेलाई प्रि–मनसुन भन्ने गरेका छौँ,’ उनले भनिन्, ‘मार्च १ तारिखबाट प्रि–मनसुन लागेपछि साँझ पाखा स्थानीय प्रणालीबाट एक्कासि बादल बनेर मेघ गर्जन हुने, चट्याङ र हावाहुरीसहित वर्षा हुने हुन्छ ।’उनका अनुसार अब बिस्तारै अधिकतमरन्यूनतम तापक्रम बढ्दै जान्छ । जाडोयाम सकिए लगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय सुरु भएको मौसमविद् मानन्धरले बताइन् । तीन महिना प्रि–मनस...