ताजा अपडेट

बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालले माग्यो ३० कर्मचारी,दरखास्त आह्वान

बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालले माग्यो ३० कर्मचारी,दरखास्त आह्वान

ताजा अपडेट, बिशेष, समाचार, स्थानीय, स्वास्थ्य
सीता पौडेल (अर्चना) १८ फगुन,काठमाडौंं ।बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालले ३० जना कर्मचारी माग गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सो अस्पताललाई ३० जना कर्मचारी अवश्यक परेको जनाएको हो । उक्त सूचनामा इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने उल्लेख गरिएको छ । मेडिकल अधिकृत,स्टाफ नर्स,ल्याब टेक्नेसियन,रेडियोग्राफर, फार्मेसी सहायक लगायतका पदमा दरखास्त आह्वान भएको छ । छनौट भएकाहरुलाई हुने करारमा नियुक्ति दिने पनि सूचनामा उल्लेख छ । हेर्नुहोस् सूचना :...
मैले नेतृत्व गरेँ भने काँग्रेसलाई संस्थागत र मजबुत बनाउँछु : प्रकाशमान सिंह

मैले नेतृत्व गरेँ भने काँग्रेसलाई संस्थागत र मजबुत बनाउँछु : प्रकाशमान सिंह

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१८, फागुन सुर्खेत । नेपाली काँग्रेसका नेता तथा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीको महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको बताएका छन्। आइतबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीभित्र आन्तरिक छलफल चलिरहेको र विधानअनुसार महाधिवेशन सम्पन्न गरिने बताएका हुन्। पार्टीको आन्तरिक संरचना मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री सिंहले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि हामीले राजनीतिक स्थायित्वका लागि विभिन्न चुनौती सामना गरिरहेका छौँ । अहिले सरकारको काम मूल्यांकन गर्ने प्रक्रिया अघि बढिरहेको छ, जसमा मन्त्रालयहरूले कत्तिको प्रभावकारी रूपमा काम गरेका छन् भन्ने अध्ययन भइरहेको छ।’ उनले हालै सरकारले सार्वजनिक गरेको बजेट अनुसारका विकास योजनाहरूलाई तीव्र गतिमा कार्यान्वयन गरिनुपर्ने बताए । ‘काम चमत्कारिक र द्रुत रूपमा सम्पन्न गर्नुपर...
अनुशासित र राष्ट्रप्रेमी युवा चाहिएको छ : प्रधानमन्त्री ओली

अनुशासित र राष्ट्रप्रेमी युवा चाहिएको छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-२, समाचार
१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन्। आज आइतबार राष्ट्रिय सेवा दलको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताए ।उनले युवाहरुको चौतर्फी विकासका लागि सरकार प्रतिबद्ध रहेको पनि जिकिर गरे।साथै उनले नैतिकवान,क्षमतावान,देशभक्त युवाहरु तयार गर्न राष्ट्रिय सेवादल स्थापना भएको पनि स्पष्ट पारे। प्रधानमन्त्री ओलीले भने, ‘नैतिकवान,क्षमतावान, देशभक्त युवाहरु तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको हो। राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईंहरुले निःस्वार्थ सेवा भावबाट समर्पित भइ एक सच्चा नेपाली नागरिकका रुपमा महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।’ ‘...
नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबिच झडप,डीएसपी पौडेल घाइते,१२ जना प्रदर्शनकारी नियन्त्रणमा

नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबिच झडप,डीएसपी पौडेल घाइते,१२ जना प्रदर्शनकारी नियन्त्रणमा

अपराध, ताजा अपडेट, ब्यानर-१, समाचार
१८ फागुन, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।भने १२ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा भएको झडपमा डीएसपी पौडेल घाइते भएको जानकारी दिए । उनका अनुसार डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ । अहिले उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।  २०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति विरोधमा उत्रिएका हुन्। उनीहरूले दुई बुँदे सहमति कार्यान्वयन हुनुपर्ने प्रमुख माग राखेका छन्।...
सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

ताजा अपडेट, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
१८, फागुन इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका सो क्षेत्रका अभिभावक बताउँछन् । इलामको सन्दकपुर गाउँपालिका–५ की पेमा तामाङ नौ वर्षकी भइन् । उनी भारतीय विद्यालयमा पढ्छिन् । घर नजिक विद्यालय नभएका कारण भारतमै बसेर पढ्नुपर्ने बाध्यता रहेको उनी बताउछिन् । तामाङ भारतमै छात्रावासमा बसेर पढ्दै आएकी छिन् । । नेपालतर्फ भएका विद्यालय पनि बन्द भएपछि सो क्षेत्रका अधिकांश बासिन्दाले बालबालिकालाई भारतीय विद्यालयमा पढाउनुपर्ने बाध्यता रहेको स्थानीय दावा लामाले बताए । कतिपय अभिभावकले बालबालिकालाई छात्रावास त...
‘शिक्षक र अभिभावको संयुक्त प्रयासले असल नागरिक उत्पादन हुने’

‘शिक्षक र अभिभावको संयुक्त प्रयासले असल नागरिक उत्पादन हुने’

ताजा अपडेट, राजनीति, समाचार
१८, फागुन काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले शिक्षक र अभिभावको संयुक्त प्रयासले मात्र मुलुकमा असल नागरिक उत्पादन हुने धारणा राखेकी छन् । हिजो आयोजित साइरियस अङ्ग्रेजी माध्यमिक विद्यालयको ३०औँ वार्षिकोत्सव कार्यक्रममा उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि समय समयमा शिक्षकलाई तालिम र भ्रमणको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । “मसँग विश्वविद्यालय कारागार जस्तै रहेको अनुभव छ । अधिकांश समय कारागार र समुदायमा बिताएकाले मेरा कारागार नै विश्वविद्यालय हो”, उपसभामुख रानाले भनिन् । अझै पनि तराईका कतिपय विद्यालयमा अध्ययन अध्यापन गर्नेरगराउने वातावरण नभएको गुनासोहरू आइरहेको भन्दै उनले त्यसतर्फ सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिइन् । शिक्षक, अभिभावक र विद्यार्थीबीच समन्वय आवश्यक पर्ने बताउँदै उपसभामुख रानाले विद्यालयले आधारभूत विषयमा ध्यान दिन नसक्दा समस्या उत्पन्न भएका...
हिमपातका कारण अलपत्र यात्रुको उद्धार

हिमपातका कारण अलपत्र यात्रुको उद्धार

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१८, फागुन काठमाडों । रुकुमपूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार गरिएको छ । शुक्रबार रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम(पातिहाल्ना क्षेत्रमा रुकुम पश्चिमबाट काठमाडौँका लागि छुटेका तीनवटा बससँगै अन्य साना गाडीमा सवार यात्रुको उद्धार गरिएको छ । हिमपातका कारण बाटो बन्द भएपछि शुक्रबार दिउँसोबाट बस रुकुमपूर्व र बागलुङ सिमाना पार गर्न नसक्दा यात्रु अलपत्र थिए । रुकुम पश्चिमबाट काठमाडौँका लागि छुटेको बस शुक्रबार दिउँसो पातिहाल्ना नजिक पुगे पनि हिउँका कारण अगाडि बढ्न नसक्दा रातभरि र शनिबार दिनभर बसमै बिताएको रुकुम पश्चिमकी प्रेमिका मल्लले बताइन् । त्यहाँ नजिकै होटल नभएको र पातिहाल्नामा भएको साना दुई होटलमा बस्न नअटाउने भएपछि ४८ घण्टासम्म खाना नपाएर बिताएको यात्रुहरूले बताएका छन् ।शनिबार दिनभरि मध्यपहाडी लोकमार्गमा भएको हिउँ पन्छाएर यात...
आजको मौसम : मुख्यतया सफा

आजको मौसम : मुख्यतया सफा

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१८, फागुन काठमाडौं । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने बताइएको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।...
प्रेस चौतारी नेपाल सुदूरपश्चिमको अध्यक्षमा नरेन्द्र कार्की निर्वाचित

प्रेस चौतारी नेपाल सुदूरपश्चिमको अध्यक्षमा नरेन्द्र कार्की निर्वाचित

ताजा अपडेट, ब्यानर-२, समाचार
मनिषा गुरुङ १७ फागुन,काठमाडौं। प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नरेन्द्रसिंह कार्की निर्वाचित भएका छन् । हिजो शुक्रवार सम्पन्न दोस्रो अधिवेशनबाट कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।कमिटीको उपाध्यक्षमा मीन ठकुरी र कल्पना बोहरा निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष नरेन्द्रसिंह कार्कीले जानकारी दिए । यसैगरि महासचिवमा भानुभक्त आचार्य निर्वाचित भएका छन् ।भने,कोषाध्यक्षमा लक्ष्मणदत्त पन्त चयन भएका छन् ।त्यसैगरि सचिवहरूमा लोकेन्द्रबहादुर ओझा, अमरराज भट्टराई, दीपकराज जोशी, खेम ढुङ्गाना, मदन विक, गीता चौधरी सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा वीरेन्द्र भट्ट,शेरबहादुर विष्ट,सागर परियार,महेश कार्की,प्रेमसिंह विष्ट,मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा,रमित विक,उमेशसिंह धामी,सुनिता धामी,केसपुरा मल्ल, कृष्णप्रसाद जोशी,रेणुकाकुमारी परियार भरत साउद (आलोक),बहाद...
नेपाल राष्ट्रिय होटल व्यवसायी संघको अध्यक्षमा पदम योङहाङ लिम्बू पुनः निर्वाचित

नेपाल राष्ट्रिय होटल व्यवसायी संघको अध्यक्षमा पदम योङहाङ लिम्बू पुनः निर्वाचित

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
सीता पौडेल (अर्चना) १७ फागुन,काठमाडौं । नेपाल राष्ट्रिय होटल व्यवसायी संघको अध्यक्षमा पदम योङहाङ लिम्बू पुनः निर्वाचित भएका छन् । नेपाल राष्ट्रिय होटल व्यवसायी संघको आज शनिबार काठमाडौंमा भएको प्रथम अधिवेशनबाट लिम्बूको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको हो ।संघको वरिष्ठ उपाध्यक्षमा समुन्द्र जि.सी.,उपाध्यक्षहरुमा  सुनिता पौडेल(महिला),भविश्यर दुबे,चन्द्र बहादुर बस्नेत,कमल बहादुर भण्डारी र सरोज आले मगर सर्वसम्मत चयन भएको नवनिर्वाचित उपाध्यक्ष भविश्वर दुबेले जानकारी दिए । यस्तै महासचिवमा शेर बहादुर थापा,उप–महासचिवमा तम बहादुर गुरुङ चयन भएका छन् । त्यस्तै सचिव पदमा ध्रुव बहादुर कार्की,शिवराज सापकोटा,सूर्य बहादुर खाती,पार्वता नेपाल (न्यौपाने) सर्वसम्मत रुपमा निर्वाचित भएको उपाध्यक्ष दुबेले बताए । यसैगरि कोषाध्यक्ष पदमा दिपक पौडेल चयन भएका छन् ।भने,सदस्यहरु...