अस्थिरता चाहनेले सरकारको आयुबारे हल्ला चलाए : महासचिव पोखरेल
१७, फागुन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताएका छन् ।
नेपाल राष्ट्रिय होटल व्यवसायी संघको आज शनिबार काठमाडौंमा भएको प्रथम अधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले सरकारको आयु कति होला भनेर हल्ला चलाउनेहरू मुलुकको अस्थिरतामा रम्न चाहनेहरूको सपना मात्र रहेको बताए ।
“कहिलेकाहीँ यो सरकारको आयु कहिले होला भनेर हल्ला चलाउने गरिन्छ । एक–एक महिनामा एउटा–एउटा हल्ला चलाउने गरिन्छ, अब सरकारको आयु सकियो भन्ने कुरा गरिन्छ”, उनले भने, “त्यो हल्ला नेपालमा अस्थिरतामा रम्न चाहनेको सपना मात्र हो । त्यो हल्लाले अहिलेको सरकारलाई कुनै प्रकारको प्रभाव पार्दैन ।”
महासचिव पोखरेलले सरकारको निश्चित उद्देश्य रहेको उल्लेख गर्दै आगामी निर्वाचनसम्म एमाले र नेपाली काँग्रेसबिचको सहकार्य निरन्तर रहने बताए...









