ताजा अपडेट

काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने

काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने

ताजा अपडेट, ब्यानर-२, समाचार
१७ फागुन,काठमाडौं । काठमाडौंको सतुङ्गलगायतका क्षेत्रमा आज शनिबार ५ घण्टा बिजुली कटौती गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणद्धारा जारी सूचना अनुसार बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट,बोसीगाउँ,बौथली,सतुङ्गल चोकलगायतका क्षेत्रमा कण्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि बिजुली कटौती गर्न लागिएको हो ।  बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म ती स्थानमा बिजुली काटिने भएकाले ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमासमेत मागेको छ। तोकिएको समय अगावै काम पूरा भएमा निर्धारित अवधि अगावै बिजुली प्रवाह हुने पनि सूचनामा उल्लेख छ।  ...
आज शून्य भेदभाव दिवस

आज शून्य भेदभाव दिवस

ताजा अपडेट, ब्यानर-१, समाचार
 मनिषा गुरुङ १७ फागुन,काठमाडौं ।आज शून्य भेदभाव दिवस ।विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो । शून्य भेदभाव दिवस समावेशीकरण,स्नेह,शान्ति,लैङ्गिक समानता एचआइभी एड्सविरुद्ध एकता तथा त्यसबाट पीडितलाई भेदभावरहित सम्मानपूर्ण व्यवहार हुनुपर्नेमा जोड दिँदै मनाइन्छ । सीमान्तकृत वर्गमा स्वास्थ्य सेवाको सुनिश्चितता, सन् २०३० सम्ममा एचआइभी नियन्त्रणका लक्ष्य हासिल गर्न विश्वभर आवश्यकका निम्ति अभिप्रेरित गर्नु यो दिवसको उद्देश्य हो। हाम्रो समाजमा विगतदेखि वर्तमानसम्म पनि कहिले जातीय रुपमा त कहिले लिङ्गिक रुपमा विभेद हुने गरेको पाइन्छ ।जानेर वा नजानेर  यस्ता विभिन्न प्रकारका विभेदमा समाज अझैपनि जकडिए कै छ । आर्थिक,सामाजिक,साँस्कृतिक र राजनीतिक तवरबाट गरिने विभेदले पनि कानुनी ...
नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशन हुँदै

नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशन हुँदै

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
सीता पौडेल (अर्चना)   १६ फागुन,काठमाडौं । नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशन भोली शनिबार हुने भएको छ ।  काठमाडौंको सामाखुसी स्थित सीटी स्क्वायर मलको एक सभाहलमा बिहान १० बजेदेखि सञ्चालन हुन गइरहेको सो अधिवेशनको उद्घाटन सत्रलाई नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौंको सुन्धारा स्थित ‘ओम सुविधा गेष्ट हाउस’ का संचालक एवम् संघका कोषाध्यक्ष भविश्वर दुबेले जानकारी दिए । कोषाध्यक्ष दुबेका अनुसार संघका अध्यक्ष पदम लिम्बुको अध्यक्षतामा गत सोमबार बसेको पूर्ण बैठकले सो मितिमा उक्त अधिवेशनलाई सौहार्दपूर्ण वातावरणमा सभ्य र भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरे बमोजिम अधिवेशनको सम्पूर्ण तयारीसमेत पूरा भइसकेको छ । ७५ जनाको कार्यसमिति रहेको संघले यसपालिबाट भने समितिलाई चुस्त–दुरुस्त बनाउन  सदस्य संख्या घटाएर नयाँ कार्यसमिति बनाउने योजन...
वीर अस्पतालले दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु गर्ने

वीर अस्पतालले दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु गर्ने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
१६, फागुन काठमाडौं । वीर अस्पतालले आगामी सातादेखि दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शुक्रबार आयोजित साप्ताहिक ब्रिफिङमा प्रवक्ता डा। प्रकाश बुढाथोकीले यस्तो बताएका हुन् । प्रवक्ता बुढाथोकीले आवश्यक जनशक्ति, प्रयोगशाला तथा उपकरणको व्यवस्था गरी दुई सिफ्टमा सेवा बिस्तार गरिएको बताए । अस्पतालमा उपलब्ध हुने एमआरआई सेवा महिनामा दुई सय जनाले लिनसक्ने गरी थप गरिएको उनको भनाइ छ । उनले देशभरका १७ वटा संघीय अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेका चार सय ८४ वटा उपकरण मर्मत गरी सञ्चालनमा ल्याइएको बताए । उनले भने, ‘माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीज्यूको निर्देशनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा आगामी सातादेखि दैनिक दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्नेगरी व्यवस्था मिलाइएको छ । त्यसैगरी, सेवा गरेको सुविधाका लागि प्रय...

शिक्षा विधेयक विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौं : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, फागुन काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गरिने बताएका छन् ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  शिक्षा विधेयक संघीय संसदमा रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताए ।उनले कानुनी र नीतिगत सुधार सरकारको प्राथमिकता रहेको उल्लेख गरे  संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरूलाई आवश्यक कानुन नीति,निर्माण गरेर संविधानका व्यवस्थाहरूलाई जनतासम्म पुर्‍याउने काममा सरकार लागिरहेको पनि बताए । गृहमन्त्री लेखकले संघीय संसदमा विधायनको काम ढिलो भएकाले निश्चित सीमा अवधिभित्र विधायनको कामलाई सक्नैपर्ने व्यवस्था गरेर कानुन निर्माण गर्ने काममा सरकार लागिरहेको उल्लेख गरे ।...
आइतबारदेखि मौसममा क्रमिक रूपमा सुधार हुने

आइतबारदेखि मौसममा क्रमिक रूपमा सुधार हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१६, फागुन काठमाडौं । तराईका केही स्थानमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हुस्सुका कारण हवाई यातायात समेत प्रभावित भएको थियो । महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले मध्याह्नपछि अधिकांश स्थानमा हुस्सु हटिसकेको  र आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने जानकारी दिए । “हुस्सुको प्रभावले तराई भूभागको जनजीवन,स्वास्थ्य,सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन हामीले अनुरोध समेत गरेका थियौँ । आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुन्छ ।” उनले भने। “हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ”।उनले भने, “सुदूरपश्चिम प्रद...
प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन सर्‍यो,अब कहिले र कहाँ ?

प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन सर्‍यो,अब कहिले र कहाँ ?

ताजा अपडेट, ब्यानर-१, समाचार
सीता पौडेल (अर्चना) १६ फागुन, काठमाडौंं। प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको मिति सरेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सो महाधिवेशन आगामी चैत्र १० गतेदेखि १२ गतेसम्म कोशी प्रदेशको राजधानी विराटनगरमा नै गर्ने निर्णय गरेको बताए ।उनका अनुसार प्रेस चौतारीको यहि फागुन ११ गते बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पूर्वनिर्धारित समयमा जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न हुन नसकेको कारण महाधिवेशनको मिति सार्नु परेको अध्यक्ष बस्नेतले बताए।उनले भने, ‘ जिल्ला र प्रदेशले तोकिएको समय अवधिभित्र आफ्ना अधिवेशनहरु सम्पन्न गर्न नसक्दा केन्द्रिय अधिवेशन सार्नु परेको हो ।’ साथै उनले सो महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै नेपालको सञ्चार क्षेत्रमा देखिएका समस्याहरु केलाउने, यसबारे गहन छलफल गर्ने र समाधानका थप उपायहरु खोजी गरिने बताए ।उक्त महाधिवेशनलाई श्रमजीवी पत्र...
प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

ताजा अपडेट, वातावरण, समाचार
१६, फाुनग काठमाडौ । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ । मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडौँ-पोखरा, काठमाडौँ-भरतपुर, काठमाडौँ-नेपालगञ्ज, काठमाडौँ-राजविराज, काठमाडौँ, विराटनगर, काठमाडौँ-जनकपुर, काठमाडौँ-भद्रपुर, काठमाडौँ-भैरहवा लगायतका केही उडान रद्द भएको कार्यालयले जनाएको छ । साथै अधिकांश उडान डिले भएका छन् । प्रवक्ता शेर्पाका अनुसार दिउँसोदेखि भने उडान सा...
चीनको सिचवान प्रान्तीय सरकारद्वारा ६० नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय

चीनको सिचवान प्रान्तीय सरकारद्वारा ६० नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१६, फागुन काठमाडौ। चीनको सिचवान प्रान्तीय सरकारले ६० जना नेपाली विद्यार्थीलाई प्रत्येक तीन वर्षमा छात्रवृत्ति दिने निर्णय गरेको छ । चीन भ्रमणमा रहेको कांग्रेस प्रतिनिधिमण्डल र सिचवान प्रान्तीय सरकारका मन्त्री र नेताहरूको छलफलपछि सिचवान सरकारले छात्रवृत्ति दिने घोषणा गरेको हो । छलफलमा नेतृ कोइरालाले नेपाली विद्यार्थीका लागि छात्रवृत्ति तथा चीनबाट लुम्बिनी र लुम्बिनीबाट पोखरा सिधा उडान सुरु गर्न आग्रह गरेकी थिइन् । उनले आफूले राखेको एउटा प्रस्ताव तुरुन्त सम्बोधन भएको र अर्को प्रस्ताव पनि चाँडै सम्बोधन हुने विश्वास समेत व्यक्त गरेकी छन् । चिनियाँ कूटनीतिज्ञ सरलाले कोइरालाको भ्रमणलाई आफूहरूले महत्त्वपूर्ण रूपमा लिएको र छात्रवृत्तिको विषय भ्रमणको महत्त्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएकी छन् । सरलाले चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका सबै राजनीतिक दलहरूसँग समानस्तरको सम्बन्ध राख्न चाहे...
पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१६, फागुन दार्चुला । महाकाली नगरपालिका-५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिए । सोही ठाउँमा गत माघ दोस्रो साता पनि पहिरो गएको थियो । उक्त ठाउँमा केही समयअघि सडक मर्मत सम्भार गरिएको थियो ।...