ताजा अपडेट

आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
२०, फागुन काठमाडौं । संघीय संसद् अन्तर्गत मंगलबार दुई संसदीय समितिको बैठक बस्ने भएको छ । अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउसो १ बजे बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समृद्ध पदाधिकारीसँग छलफल, गर्ने कार्यसूची रहेको छ ।...
केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी बने सनिश श्रेष्ठ

केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी बने सनिश श्रेष्ठ

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
२०, फागुन काठमाडौ. । मच्छिन्द्र एफसीका सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । मच्छिन्द्र एफसीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका सनिस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । उनले नगद एक लाखसहित यमाहा-१२५ मोटरसाइकल हात पारे । उत्कृष्ट गोलरक्षक मछिन्द्रका विशाल श्रेष्ठ र सर्वाधिक गोलकर्ता मच्त्रिन्द्रकै स्टेफन जमाहा चुनिए । आर्मीका निराजन धामी प्रतियोगिताको उदयीमान खेलाडी बने । उत्कृष्ट हुने खेलाडीले ५० हजारसहित यमाहा–१२५ मोटरसाइकल हात पारे ।दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्रले तेस्रोपटक उपाधि जितेको थियो ।...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२०, फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ २३ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५४ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ११ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९० पैसा निर्धारण भएको छ । जापानी येन १...
थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरुद्ध

थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरुद्ध

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२०, फागुन काठमाडौं । थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेको छ । बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको छ । सडकसमेत अवरुद्ध भएको छ । थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइपको लाइन फुटेको हो । यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए ।...
कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२०, फागुन काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । हाल सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू...
ओली अब्बल राजनेता र कुशल रणनीतिकार : पूर्वराष्ट्रपति भण्डारी

ओली अब्बल राजनेता र कुशल रणनीतिकार : पूर्वराष्ट्रपति भण्डारी

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१९, फागुन काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको विशिष्ट राजनीतिज्ञ भएको बताएकी छन् । ‘केपी शर्मा ओलीस् सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको सामाजिक आर्थिक समृद्धि अभियानको कुशल नेतृत्वकर्ता भएको बताइन् । उनले भने, ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको लागि खेल्नुभएको भूमिकालगायतमा देखिएको उहाँको हुटहुटी मैले नजिकबाट नियालेको छु ।’ अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सृजनशील क्षमताका धनी रहेको भन्दै प्रधानमन्त्री ओली अब्बल राजनेता भएको बताइन्...
सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल

सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९, फागुन काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताएका छन् । सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य भएको बताए। उनले भने–‘‘जब कुनै समाजले नैतिकता, अनुशासन र इमानदारीलाई सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ । ’’राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै, योग शिक्षा, स्वस्थ जीवनशैली र मानवसेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गरे । उनले दुई दशकभन्दा बढी समयदेखि लमजुङमा सक्रिय सर्वोदय सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाह...
प्राध्यापक खरेलको नयाँ पुस्तक सार्वजनिक

प्राध्यापक खरेलको नयाँ पुस्तक सार्वजनिक

ताजा अपडेट, वातावरण, समाचार
१९, फागुन काठमाडों । प्राध्यापक पी। खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ आज एक समारोहबिच लोकार्पण गरिएको छ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. खड्ग केसी, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्याल, प्राध्यापक खरेल, डा. टङ्क उप्रेती, डा. श्रीराम पौडेलसहितले सो पुस्तक संयुक्त रुपमा लोकार्पण गरेका थिए । रेक्टर प्राडा. खड्ग केसीले प्राध्यापक खरेलको लेखकीय क्रियाशीलता, लगनशीलताबाट अरुलाई उत्प्रेरणा मिलिरहेको बताए । प्राध्यापन पेशामा खरेल एक ‘आइकन’ रहनुभएको चर्चा गदैँ रेक्टर केसीले सार्वजनिक भएको पुस्तकले अध्ययन, अध्यापनमा अनुशासनको पाठ सिकाउने विश्वास व्यक्त गरे ।अध्ययन, अध्यापनका लागि पुस्तक उपयोगी रहेको उनले चर्चा गरे । लेखक तथा प्राध्यापक पी. खरेलले आफ्नो जीवन नै अध्ययन र लेखनमा लगाएको बताए ...
पूर्वयुवराज पारस शाहलाई हृदयघात, अस्पताल भर्ना

पूर्वयुवराज पारस शाहलाई हृदयघात, अस्पताल भर्ना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१९, फागुन काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । हिजो साँझदेखि निरन्तर चिकित्सकको निगरानीमा रहेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनीनिकट स्रोतले जनाएको छ । साहलाई यसअघि पनि पटकपटक हृदयघात भएको थियो ।...
कुखुरामा ब्याक्टेरिया र भाइरसको समस्या

कुखुरामा ब्याक्टेरिया र भाइरसको समस्या

ताजा अपडेट, वातावरण, समाचार
१९, फागुन चितवन । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना परीक्षण गर्दा कुखुरामा ब्याक्टेरिया र भाइरसको समस्या बढी देखिएको छ । जैविक सुरक्षाको अभावमा यी सङ्क्रमण देखिएका हुन् । प्रयोगशालाले साउन यता ६ महिनामा एक हजार २८५ किसानको दुई हजार १७५ कुखुराको शवपरीक्षण गरी रोगको परीक्षण गरेको थियो । कार्यालयका प्रमुख विजयकुमार श्रेष्ठका अनुसार वातावरणमा हुने ब्याक्टेरियाका कारण इकोलाई २९५, गम्बारो भाइरस १६८, सिआरडी ब्याक्टेरिया १५४, ढुसी (माइक्रोटक्सिन) ११२ र साल्मोनेला ब्याक्टेरिया ७२ वटामा देखिएको छ । यस्तै, एसआइटिस (पेटमा पानी जम्ने) ५९, सिसिआरडी ब्याक्टेरिया ४१, फाउल कलेरा ९कुखुराको हैजा० २५, कक्सी डियोसिस ९रातो छेर्ने० १९, जुका १४ र रानीखेत आठ वटामा देखिएको थियो । यही अवधिमा चार वटा खोरका ‘ब्वायलर’ कुखुरामा एच ९ देखिएको थियो । यी रोगका कारण शत्प्रतिश...