ताजा अपडेट

आज अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरूकता दिवस

आज अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरूकता दिवस

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२१, फागुन काठमाडौं । अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरूकता दिवस हातहतियारको होडबाजी र निस्शस्त्रीकरणलाई सधैँका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर मनाइँदैछ । विशेष गरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन नदिने जागरूकता वृद्धि अभियानमा केन्द्रित हुने गरेको छ । संयुक्त राष्ट्रसंघ स्थापना भएदेखि नै आमविनाशकारी हतियार र खासगरी आणविक हतियारको प्रयोगविरुद्ध विश्व समुदायलाई सचेत गराउनु यो दिवसको उद्देश्य हो । आमविनाशकारी हतियारले निम्त्याउने मानवताविरुद्धका समस्या, साना तथा हल्का हतियारको अवैध व्यापारले अन्तर्राष्ट्रिय शान्ति–सुरक्षाका साथै दिगो विकासका लक्ष्य हासिलमा गम्भीर असर पार्ने भएकाले अन्तर्राष्ट्रिय समुदायले विश्वशान्ति र समुन्नतिका पक्षमा चेतना जागृत गर्न यो दिवस उपयोगी हुने विश्वास गरेका छन् । यो दिवसले सशस्त्र द्वन्द्व रोक्न र हतियारको बेच...
सरकार र उद्योगीबीच ५ बुँदे सहमति, बढ्यो ग्यासको भाउ

सरकार र उद्योगीबीच ५ बुँदे सहमति, बढ्यो ग्यासको भाउ

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२०, फागुन काठमाडौं । सरकारसँग ५ बुँदे सहमति भएपछि एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् । मंगलबार भएको वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको भाउ १२ रुपैयाँ ७५ पैसा बढाउने सहित ५ बुँदे सहमति भएको हो ।सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ९ सय १० बाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितका सरकारी प्रतिनिधि र उद्योगीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो ।संघका वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठले ५ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको अनलाइनखबरलाई जानकारी दिए ।...
राज्यले नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउनुपर्छ : राष्ट्रपति पौडेल

राज्यले नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउनुपर्छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, शिक्षा
२०, फागुन काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाल चिकित्सक सङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार भएको बताए । उनले भने, “संविधानको यो भावना र मर्मलाई आत्मसात् गर्दै चिकित्सकले यो पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।” राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पारेका छन । उनले देशका दुर्गममा अझै पनि नागरिकले...
श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए कारवाही हुन्छ : प्रधानमन्त्री

श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए कारवाही हुन्छ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२०, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताउक्ँ छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने बताए। श्रमिकको मन प्रशन्न नभइ उद्योग–व्यवसायका काम सहज रुपमा अघि बढ्न नसक्ने जनाउँदै उनले श्रमिकहरु रोजगारदातामा रुपान्तरण हुन सक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। “व्यवस्था परिवर्तनको आन्दोलनका क्रममा हाम्रा साथीहरु मारिएका थिए, तर हाम्रा उद्देश्यहरु मारिएका थिएनन् । हामीहरु जेल गएका थियौँ तर हाम्रा ...
बूढानीलकण्ठ नगरपालिकामा मुटु स्वास्थ्य सुरक्षा प्रवर्द्धन सम्बन्धी कार्यक्रम शुरु

बूढानीलकण्ठ नगरपालिकामा मुटु स्वास्थ्य सुरक्षा प्रवर्द्धन सम्बन्धी कार्यक्रम शुरु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
२०, फागुन काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा संवेदनशील मुटु स्वास्थ्य सुरक्षा प्रवर्द्धन सम्बन्धी चारदिने कार्यक्रम शुरु भएको छ। बुढानिलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखा द्वारा आयोजित उक्त विशेष कार्यक्रम यहि फाल्गुन १९ गते देखि शुरु भएको हो । प्रत्येक दिन नगरपालिका भित्र बिभिन्न फरक फरक पेशा र कार्यमा आबद्व नागरिक हरुलाई कार्यक्रममा सहभागि गराईने महाशाखा प्रमुख कुमार प्रसाद दाहालले जानकारी दिए । कार्यक्रममा बरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइराला लगायतका बरिष्ठ चिकित्सकहरुले मुटु सम्बन्धि विशेष प्रस्तुति दिने गरि कार्यक्रम संचालन हुनेछ ।...
यसरी निभाइयो टीकाथलीमा बोरिङ गर्दा निस्केको आगोको

यसरी निभाइयो टीकाथलीमा बोरिङ गर्दा निस्केको आगोको

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२०, फागुन काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला नियन्त्रणमा आएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किएपछि स्थानीय र सुरक्षाकर्मीको टोलीले लामो समयको प्रयासपछि नियन्त्रणमा लिएको हो । बिहानै निस्किएको आगोको ज्वाला करिब १२ बजेतिर नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरहरि रेग्मीले स्थानीय र प्रहरी टोलीले आगो निभाएको बताए । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका थिए । फायर स्टेङ विसरको सहयोगमा निभाइएको उनले बताए ।...
ऊर्जामन्त्री खड्काद्वारा शंकरपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ

ऊर्जामन्त्री खड्काद्वारा शंकरपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२०, फागुन काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कपिलवस्तुको विजयनगर गाउँपालिका–२, ३ र ४ को ७०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि निर्माण हुन लागेको शंकरपुर ताल एकीकृत सिँचाइ तथा जलस्रोत संरक्षण योजनाको शुभारम्भ गरेका छन् । ऊर्जामन्त्री खड्काले जलस्रोत व्यवस्थापन आयोजनाले निर्माण गर्न लागेको उक्त योजनाको आज शुभारम्भ गरेका हुन् । उक्त ताल निर्माणका लागि आयोजना कार्यालयले बाबुल लुम्बिनी सांस्कृतिक जेभी सिद्धार्थनगर रुपन्देहीसँग गत पुस २ गते ठेक्का सम्झौता गरेको थियो । आयोजना निर्माणसँगै उक्त गाउँपालिकाका एक हजार ७१५ घरधुरी लाभान्वित हुने आयोजनाका प्रमुख अविनाशी सिग्देलले जानकारी दिइन् । आयोजनाको शुभारम्भ गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले धेरै आयोजनाहरू सम्झौता भएर अलमलमा पर्ने गरेकामा उक्त आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिए । “आय...
स्ववियु निर्वाचनः फागुन २७ गते मनोनयन दर्ता

स्ववियु निर्वाचनः फागुन २७ गते मनोनयन दर्ता

ताजा अपडेट, ब्यानर-२, राजनीति, वातावरण, समाचार
२०, फागुन काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि फागुन २७ गते मनोनयन दर्ता हुने भएको छ । यसअघि त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका थिए । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले भने, ‘विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठनको नाम निर्वाचनका लागि दर्ता गराउनुभएको छ । विगतभन्दा धेरै क्याम्पसमा यसपटक निर्वाचन हुन्छ ।’ उनका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता हुनेछ । मतदानको समय चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ । जसअनुसार देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन...
सुनको मूल्य तोलामा १४ सयले बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य तोलामा १४ सयले बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२०, फागुन काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेर १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन तोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।...
सामाजिक सञ्जाल विधेयक अघि बढाउँदै राष्ट्रिय सभा

सामाजिक सञ्जाल विधेयक अघि बढाउँदै राष्ट्रिय सभा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२०, फागुन काठमाडौं । राष्ट्रिय सभाले सामाजिक सञ्जाल विधेयक अघि बढाउँदैछ । आगामी शुक्रबार यो विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची छ । यो विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गत माघ १५ गते राष्ट्रिय सभामा दर्ता गरेका थिए । गुरुङका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन विधेयक ल्याइएको हो । यसका लागि स्पष्ट कानुन निर्माण आवश्यकता महसुस भएको उनले बताएका छन् । तर, सामाजिक सञ्जाल नियमन गर्ने नामा प्रयोगकर्तालाई नियन्त्रण गर्न खोजिएको भनेर आलोचना समेत भइराखेको छ ।...