ताजा अपडेट

स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१, फागुन काठमाडौं । गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई गम्भीर रूपमा लिएर शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन् । बुधबार बिहान गृहमन्त्री लेखकले गृह मन्त्रालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई मुलुकका विभिन्न क्याम्पसहरूमा हुने स्ववियु निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मजबुत बनाउन निर्देशन दिएका हुन् । त्यसैगरी मन्त्री लेखकले निर्वाचन हुने प्रत्येक जिल्लामा जिल्ला प्रहरी कार्यालयमा स्ववियु निर्वाचनकै लागि सम्पर्क व्यक्ति तोकेर निर्वाचन हुने क्याम्पस र आवश्यक सुरक्षा संयन्त्रसित समन्वय गर्न आग्रह समेत गरेका छन् । “ प्रहरी प्रधान कार्यालयमा निर्वाचन समन्वयका लागि टिम समेत गठन गर्न निर्देश गरेको छु ।” गृहमन्...
‘झापा विद्रोह’ का पाँच सहिदको सम्झनामा श्रद्धाञ्जलीसभा

‘झापा विद्रोह’ का पाँच सहिदको सम्झनामा श्रद्धाञ्जलीसभा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१, फागुन झापा । तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । ‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि।सं। २०२९ फागुन २१ गते झापा र इलामको सीमानास्थित सुखानीको जंगलमा तत्कालीन पञ्चायती शासकहरूले गोली हानी हत्या गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूले आज बिहान फरक फरक समयमा सुखानी सहादतस्थलमा सहिदहरूको शालिकमा माल्यार्पण गरेका हुन् । सुखानीका सहिदहरूको सम्झनामा नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूले ‘फागुन २१’लाई सहिद स्मृति दिवसको रूपमा मनाउँदै आएका छन् । झापाको ज्यामिरगढी, सालबारी र गरामनीमा सुखानीका सहिदहरूको शाल...
थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

ताजा अपडेट, वातावरण, समाचार
२१, फागुन काठमाडौं । काठमाडौंको थापाथली चोकनजिक मंगलबार बिहान फुटेको मेलम्चीको मुख्य पाइपलाइन मर्मतको कार्य आज बिहान सकिएको छ । मंगलबार बिहान पाँच बजेतिर फुटेको पाइप २४ घण्टापछि मर्मत गरिएको हो । प्राविधिक टोलीले फुटेको पाइपलाइन मंगलबार दिउँसोदेखि मर्मत कार्य सुरु गरी आज बिहान ४ बजे सम्पन्न गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का इञ्जिनियर प्रकाश बरालले जानकारी दिए । पाइप मर्मत र जडानको काम बिहान आज ४ मात्रै काम सकियो । चुहावट परीक्षण गर्न भल्भ र वाशआउट भल्भको व्यवस्था गरिएको छ । उक्त कार्यको सफल परीक्षणपश्चात आजै पानी वितरण पुनस् सुरु गर्नेछौं’, उनले भने । मंगलबार बिहानै पाइप फुट्दा थापाथली क्षेत्रमा बाढी आएर जलमग्नु हुनुका साथै सडकसमेत अवरुद्ध भएको थियो । थापाथलीको सडकमा पाँच लाख लिटर पानी खेर गएको थियो ।...
अमेरिकाले कागजातविहीन १० नेपालीलाई चार्टर विमानमार्फत काठमाडौं ल्याएर छोडिदियो

अमेरिकाले कागजातविहीन १० नेपालीलाई चार्टर विमानमार्फत काठमाडौं ल्याएर छोडिदियो

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१, फागुन काठमाडौं । अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ । आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको हो । ती नेपाली बोकेको चार्टर विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको हो । अवैधानिक आप्रवासी निष्कासन गर्ने ट्रम्पको नीति अनुसार उनीहरूलाई नेपाल छोडिएको हो । यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ ।...
ग्यासमा कमिसन बढ्यो, उपभोक्तालाई भार पर्दैन : निगम

ग्यासमा कमिसन बढ्यो, उपभोक्तालाई भार पर्दैन : निगम

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२१, फागुन काठमाडौं । सरकार र आन्दोलनरत ग्यास उद्योगीबिच पाँचबुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट, नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीबिच प्रतिसिलिन्डरमा १२ रुपियाँ ७५ पैसा कमिसन बढाउने सहमति भएको हो । कमिसन वृद्धि गर्ने सहमति भएसँगै ग्यास उद्योगीको आन्दोलन स्थगित भएको छ । उद्योगीको कमिसन बढाएको मूल्यबाट उपभोक्तालाई भार नपर्ने नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बजारमा ग्यासको उपभोक्ता मूल्य एक हजार ९१० रुपियाँ कायम रहने र उद्योगीलाई बढाएको मूल्य ग्यासमा भएको घाटामा जोडिने जानकारी दिए । ग्यास उद्योगको बाह्य ढुवानी, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साबिकको खर्चमा प्रतिसिलिन्डर १२।७५ पैसा वृद्धि गरिएको उनले जानकारी दिए ।...
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२१, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ६ : ३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ। साथै, प्रशासन र स्वास्थ्य क्षेत्रका दुई रिक्त सचिव पदमा नियुक्तिको विषयमा पनि बैठकले निर्णय गर्ने सम्भावना छ। हाल प्रशासन सेवा र स्वास्थ्य मन्त्रालयमा एकरएक सचिव पद रिक्त रहेका छन्। ती पदमा योग्य व्यक्तिहरूलाई नियुक्त गर्ने प्रक्रिया आजको मन्त्रिपरिषद् बैठकमार्फत टुंगो लाग्दैछ ।...
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो

पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो

ताजा अपडेट, राजनीति, समाचार
२१, फागुन काठमाडौं । नेपाल पानी जहाज कार्यालयका अधिकारीहरुले उद्देश्यअनुसार काम गर्न नसक्दा तनाव झेल्नु परेको गुनासो गरेका छन् । पानी जहाज दर्ता ऐन, २०२७ अनुसार स्थापना र सञ्चालनमा रहेको सो कार्यालय अहिले नयाँ ऐनको पर्खाइमा छ । समयसापेक्ष कानुन नबन्दा काम गर्न गाह्रो भइरहेको कार्यालयका अधिकारीहरुले गुनासो गरेका हुन् । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा ‘पानीजहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१’ उपरको छलफलमा कार्यालयका कायममुकायम रजिष्ट्रार मणीराम भुषालले आन्तरिक जलमार्ग नियमन अनिर्वाय भइसकेको बताए । ‘आन्तरिक पानीजहाज दर्ता र वैदेशिक रोजगारमा जाने श्रमिकलाई परिचयपत्र उपलब्ध गराउने काम असाध्यै छिटो गर्नुपर्छ’, उनले भने, ‘सेवाग्राहीले गुनासो गरिरहनुभएको छ, यदि यी दुई काम छिटै नगरे हामीलाई काम गर्न गाह्रो हुने अवस्था छ ।’उनका अनुसार द...
प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
२१ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको थियो । सरकारले नै अध्यादेश अगाडि नबढाउने भनेपछि सभामुख देवराज घिमिरेले त्यसदिन अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यसूची स्थगित गरेका थिए । त्यसको झण्डै एक महिनापछि अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यक्रम कार्यसूचीमा परेको हो । गत माघ २४ गते ६ वटै अध्यादेश अगाडि बढाउने कार्यसूची थियो । आज दिउँसो १ बजेका बसन्ते बैठकमा भने पाँच वटा अध्यादेश अगाडि बढाउने सम्भावित कार्यसूची छ । सत्तापक्षमै रहेको जनता समाजवादी पार्टी ९जसपा० नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालले भूमिसम्बन्धी अध्यादेश अगाडि बढाउन सहयोग नगर्ने अडान लिएपछि...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२१, फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ९५ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५६ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ ०७ पैसा कायम गरिएको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ११ पैसा निर्धारण भएको छ ।जापानी येन ...
आजको मौसम : यी प्रदेशमा आंशिक बदली

आजको मौसम : यी प्रदेशमा आंशिक बदली

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२१, फागुन काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागकको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका अन्य भागमा मौसम सफा रहेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ । साथै आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ । बिहान तराईका केही स्थानमा हल्का हुस्सु लागेकोले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उडानमा आंशिक प्रभाव पर्न सक्ने जनाउँदै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।...