ताजा अपडेट

प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२२, फागुन काठमाडौं । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ । संगठनका  अध्यक्ष गणेश बस्नेत र इन्चार्ज राजेन्द्र गौतमले एक कार्यक्रमविच लोगो आज सार्वजनिक गरेका हुन् । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन नेकपा (एमाले) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको गरिमामय प्रमुख आतिथ्यतामा (१०–११ चैत २०८१) कोशी प्रदेशको राजधानी विराटनगरमा हुनेछ ।...
अनुशासित र यथार्थपरक बजेट ल्याइन्छ : अर्थमन्त्री

अनुशासित र यथार्थपरक बजेट ल्याइन्छ : अर्थमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२, फागुन काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताएका छन् । यर्थाथपरक बजेट आउँदा बिच बिचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने पनि उनको भनाइ छ । आव २०८२र८३ को बजेट निर्माणका लागि बुधबारदेखि सुरु भएको मन्त्रालयगत छलफलका क्रममा उनले यस्तो बताएको हो । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यसमातहतका विभाग तथा निकायसँग परामर्श गरेको छ । सो अवसरमा अर्थमन्त्री पौडेलले बजेटको सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात् गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने धारणा व्यक्त गरे । उनले सङ्घ, प्रदेश र स्थानीय सरकार रहेकाले सङ्घीयता र सङ्घ सरकारको भूमिकालाई विशेष ध्यान दिएर बजेट बनाउनेमा जोड दिए । मन्त्रालय र विभिन्न निकायबिचको समन्वयमा बजेट निर्माण हुने हुँदा बजेटप्रति सब...
संविधानको प्रभावकारी कार्यान्वयन हुन सकेन : सांसद अधिकारी

संविधानको प्रभावकारी कार्यान्वयन हुन सकेन : सांसद अधिकारी

ताजा अपडेट, राजनीति, समाचार
२२, फागुन काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । राष्ट्रियसभाको महत्व, गरिमा र भूमिकाको बारेमा मानिसहरुले आलोचना गरेको देख्छु । मेरो यो एक वर्षको अनुभवमा राष्ट्रियसभा धेरै नै प्रभावकारी ढङ्गबाट अगाडि बढिरहेको छ । यो सभा विशेष गरी प्रदेश र स्थानीय तहप्रति उत्तरदायी हुने सभा पनि हो । यसले जनताका समस्यालाई केन्द्रित गर्नेदेखि कानुन निर्माणमा काम गर्दै आएको छ । यो सभा संविधानको मर्मअनुरुपका कानुन निर्माण गर्ने विषयमा संवेदनशील छ । मेरो आफ्नै अनुभवमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि यसको ओज र गरिमा उत्तिकै महत्वपूर्ण छ । राष्ट्रियसभाले नीतिनिर्माण गर्ने कार्य सचेततापूर्वक गरिरहेको छ । यसका आफ्ना विषयगत समितिहरु पनि सक्रिय रहेका छन् । म सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको सदस्य पनि हो । समितिले वि...
बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ

बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, फागुन स्याङ्जा । जबरजस्ती करणीको आरोपमा नेकपा (एकीकृत समाजवादी) का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
दुवै सदनको बैठक बस्दै

दुवै सदनको बैठक बस्दै

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२२,फागुन काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बिहिबार बस्ने भएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिने कार्यसूची छ । यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ । यसैगरी बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्य...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, समाचार
२२, फागुन काठमाडों । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७८ रुपैयाँ ११ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८८ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५६ रुपैयाँ १७ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ ...
पत्रकारको पास निलम्वन गरेकाप्रति महासङ्घको ध्यानाकर्षण

पत्रकारको पास निलम्वन गरेकाप्रति महासङ्घको ध्यानाकर्षण

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२२, फागुन काठमाडौं । प्रश्न सोधेका आधारमा सङ्घीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्वन गरेकामा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ । महासङ्घले आज प्रेस विज्ञप्ति जारी गरी पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाललाई भएको जनाउँदै काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्वन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न सङ्घीय संसद्समक्ष आग्रहसमेत गरेको छ । यही फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको भन्दै सङ्घीय संसद् सचिवालयले उनीहरूको पास निलम्वन गरेको महासङ्घले जनाएको छ ।...
आजको मौसम  : यी प्रदेशमा हिमपातको सम्भावना

आजको मौसम : यी प्रदेशमा हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२२, फागुन काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।महाशाखाका अनुसार आज दिउँसो पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । यसैगरी, आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  ...
कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन : मन्त्री खड्का

कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन : मन्त्री खड्का

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२१, फागुन काठमाडों । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् । तनहुँको डुम्रेमा आजदेखि सुरु हुने डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आएका मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताए । उनले भने, ‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ ।’ मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गरे ।  ...
अनुगमन तुलनायोग्य सुधारको औजार हो : उपप्रमुख डंगोल

अनुगमन तुलनायोग्य सुधारको औजार हो : उपप्रमुख डंगोल

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२१, फागुन काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले अनुगमनका क्रममा दिइएका निर्देशन तथा सुधारका लागि सुझावका कारण आएको परिवर्तन महसुस योग्य हुनुपर्ने बताएकी छिन् । बुधबार योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले आयोजना गरेको अनुगमन प्रतिवेदनमाथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले, योजना तर्जुमा गर्दागर्दै कार्यान्वयन योजना बनाउने, योजना कार्यान्वयन थाल्दाथाल्दैदेखिका चरणहरूमा अनुगमन गर्ने, कार्य सञ्चालनका लागि आन्तरिक संवाद बढाउने, अभिलेखन र प्रतिवेदनलाई महत्त्व दिने प्रणालीको विकास गरेर गुणस्तर सुधारलाई संस्थागत गर्दै लगिने बताइन् । ‘भौतिक पूर्वाधारसँग सम्बन्धित डिजाइन बनाउँदा आकाशे पानी पुनभरण, हरियाली प्रवर्धनलगायत वातावरणीय पक्षमा ध्यान दिनुहोला ।’ उनले कानुनी प्रबन्धका कारण देखिएका बेमेल र दोहोरोपनाको प्रसङ्गमा विभागीय प्रमुखहरूलाई निर्दे...