ताजा अपडेट

‘वास्तविक कृषकलाई अनुदान’

‘वास्तविक कृषकलाई अनुदान’

कृषि, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, फागुन काठमाडों । कृषिमन्त्री रामनाथ अधिकारीले वास्तविक कृषकलाई अनुदान दिने कुरामा अहिलेको सरकार प्रतिबद्ध रहेको बताएका छन् । मध्यविन्दु कृषि प्रविधि तथा रैथाने खाना महोत्सवको बिहीबार उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री अधिकारीले सो कुरा बताउनुभएको हो । मन्त्री अधिकारीले भन्नुभयो, “अनुदानबारे विभिन्न टीकाटिप्पणी हुने गरेको छ । त्यसैले अहिले अनुदानको काम रोकेका छौँ । कृषि मन्त्रालयबाट अब किसानको हितमा वास्तविक किसानले पाउने गरेर मात्रै अनुदानको कामलाई अगाडि बढाउने छौँ ।” मन्त्री अधिकारीले नेपालमा अझै पनि ६० प्रतिशत जमिनमा सिँचाइ नभएको भन्दै ती जमिनमा सिँचाइको व्यवस्था गर्दै कृषि क्षेत्रबाट नै देशमा समृद्धि ल्याउने र गरिबी घटाउने काममा सरकार लागेको बताउएको छ । संविधानमा नै कृषि क्षेत्रको समग्र विकासको जिम्मा स्थानीय सरकारलाई दिने कुरा उल्लेख रहेको भन्दै मन्त्री अधिकारीले म...
प्रधानमन्त्री ओली आज सुर्खेत जाँदै

प्रधानमन्त्री ओली आज सुर्खेत जाँदै

ताजा अपडेट, राजनीति, समाचार
२३, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै छन् । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आज सुर्खेत जान लागेका हुन् । प्रधानमन्त्री ओलीले आज बिहान ११:३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । यस्तै, दिउँसो २ बजे कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्ने र साढे ३ बजे मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।...
वसन्तपुरमा ठड्याइयो होलीको चीर

वसन्तपुरमा ठड्याइयो होलीको चीर

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२३, फागुन काठमाडौं । काठमाडौंको बसन्तपुरमा र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै आजबाट र‌ङ्गहरुको पर्व होली सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । ही प्रचलन अनुसार शुक्रबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् । आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।...
चन्द्रागिरिमा भीषण आगलागी

चन्द्रागिरिमा भीषण आगलागी

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२३, फागुन काठमाडौं । काठमाडौँको चन्द्रागिरिमा भीषण आगलागी भएको छ । गएराति १ः२० बजेबाट सुरु भएको आगालागी अझै नियन्त्रणमा आएको छैन । चन्द्रागिरि नगरपालिका वार्ड नम्बर १० बोसीगाँउ स्थित हिराकाजी महर्जनको जग्गा भाडामा लिई रमेश पोदारले सञ्चालन गरेको आरएमबि प्लास्टिक प्याकेजिङ हाउसमा अचानक आगलागी भएको हो । ७ वटा दमकल र विभिन्न स्थानबाट आएको १५ वटा पानि ट्याङकरको प्रयोगमार्फत आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरले जानकारी दिएको छ । हालसम्म ९० प्रतिशत आगो नियन्त्रणमा आएको बाँकी निभाउने कार्य जारी रहेको बताइएको छ ।...
मुक्तिनाथमा सशुल्क घोडा र स्टेचर सुविधाले दर्शनार्थीलाई सुविधा

मुक्तिनाथमा सशुल्क घोडा र स्टेचर सुविधाले दर्शनार्थीलाई सुविधा

ताजा अपडेट, वातावरण, समाचार
२३, फागुन मुस्ताङ । मुक्तिनाथमा घोडचढी र स्टेचर सुविधाले मुक्तिनाथ दर्शन गर्ने श्रद्धालु भक्तजनलाई ठूलो सुविधा मिलेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ अन्तर्गत चारवटा गाउँका स्थानीय युवाले मुक्तिनाथ जाने दर्शनार्थीका लागि घोडचढी र स्टेचरमा बोकेर मुक्तिनाथ मन्दिरसम्म पुर्‍याउन सेवा दिइरहेका छन् । मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म पुग्न पुराङ रानीपौवाको बसपार्कबाट करिब ४५ मिनेटको समय खर्चिनुपर्ने हुन्छ । बसपार्कबाट मुक्तिनाथसम्म पैदल जान शारिरीक रूपले तन्दुरूस्त हुने दर्शनार्थीका लागि कुनै समस्या पर्दैन । तर, बसपार्कबाट मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वारसम्म पुग्न ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका दर्शनार्थीका लागि भने निकै समस्या र चुनौती छ । मुक्तिनाथको पहिले गेटबाट मन्दिर प्रवेशद्वारसम्म रेलिङसहितको ठाडो उकालो पैदल हिँड्नुपर्ने हन्छ । बसपार्कबाट पहिलो गेटसम्म समथर...
डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, फागुन डेल्धुरा । गृहमन्त्री रमेश लेखकले डेढ वर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई बिहीबारबाट अनुदान रकम हस्तान्तरण थालनी गरेका छन् । गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर डडेल्धुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदान बापतको पहिलो किस्ता रु ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गरेका हुन् । अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री लेखकले डोटी भूकम्पबाट प्रभावित लाभग्राहीहरूको स्थायी अभाव आगामी असार मसान्तभित्र निर्माण गरिसक्न आग्रह गरे । उनले डोटी भूकम्प गएको डेढ वर्षबितिसक्दा पनि पुनर्निर्माण र प्रबलीकरणमा ढिलाइ भएको बताउँदै आफूले बितेको सात महिनामा पुनर्निर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर पुनर्निर्माणको कार्य आरम्भ गर्न गइरहेको जानकारी दिए ।...
यस्तो छ विदेशी मुद्राको विनिमय दर

यस्तो छ विदेशी मुद्राको विनिमय दर

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२३, फागुन काठमाडौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ०२ पैसा र बिक्रीदर १५० रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९७ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०८ ...
जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२३, फागुन काठमाडौं । बिहीबार राति जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राति १० बजेर २५ मिनेट जाँदा नाराकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जुम्लासहित आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव

स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२३, फागुन बागलुङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थिर सरकार बने मात्रै राजनीतिक स्थायित्व हासिल गर्न सकिने बताएका छन्। अस्थिरताको दुश्चक्रबाट नेपाललाई बाहिर ल्याउन एमालेले सङ्कल्प गरेको उनले उल्लेख गरे । नेकपा (एमाले)ले अघि सारेको वडाकेन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत हिजो बागलुङ जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पटक पटक गठबन्धन र सरकार फेरिँदा देशमा अस्थिरता आएको बताए । अवसरवाद र सौदाबाजीका कारण देशमा सरकार टिक्न नसकेको उनको भनाइ थियो । महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) को दोष एमाले र कांग्रसले लिन नसक्ने बताए । अहिलेको गठबन्धनले स्वार्थका लागि सरकार चलाउने परिपाटीको अन्त्य गरेको उनको भनाइ थियो । राजनीतिक स्थिरताका लागि ठूला दल एक हुनुको विकल्प नभएको उनले बताए ।  ...
राष्ट्रिय सभाबाट पाँच वटा अध्यादेश स्वीकृत

राष्ट्रिय सभाबाट पाँच वटा अध्यादेश स्वीकृत

ताजा अपडेट, राजनीति, समाचार
२२, फागुन काठमाडौं । राष्ट्रिय सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । बिहीबार बसेको बैठकले पाँचै वटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो । यसअघि बुधबार प्रतिनिधि सभाले पनि अध्यादेशहरू स्वीकृत गरिसकेको छ । अब सरकारलाई अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ । गत २ माघमा भूमिसम्बन्धी अध्यादेश जारी भएको थियो । २९ पुसमा सार्वजनिक सेवा र निजी क्षेत्रसँग सम्बन्धित चार वटा अध्यादेश जारी भएका थिए । १४ पुसमा सहकारीसम्बन्धी अध्यादेश ल्याएको थियो । १८ माघमा राष्ट्रपतिबाट सबै अध्यादेश जारी भएका थिए । हिउँदे अधिवेशन नभएको बेलामा जारी भएका ६ वटामध्ये पाँच अध्यादेश मात्रै संसद्बाट स्वीकृत भएको हो ।...