ताजा अपडेट

शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक : उपप्रधानमन्त्री सिंह

शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, फागुन काठमाडौं । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुरमा नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घको २९औं अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गदै उनले पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरबीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास हुनुपर्ने बताएको हो । विगतमा भन्दा अहिले शिक्षाको क्षेत्रमा धेरै सकारात्मक परिवर्तन आएको भन्दै नेपालमै गुणस्तरीय शिक्षा लिनसक्ने अवस्था बन्नु सुखद् रहेको सिंहको भनाइ छ ।...
धनगढी उपमहानगरमा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा

धनगढी उपमहानगरमा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा

ताजा अपडेट, ब्यानर-२, राजनीति, वातावरण, समाचार
१५, फागुन कैलाली । कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा प्रकाश बुढाथोकीलाई ध्यानाकर्षण गराइएको छ । जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखरप्रतिनिधिले सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा खगेन्द्र बममार्फत सहसचिव डा बुढाथोकीलाई सङ्घीय सरकारले तत्काल समन्वय एवं समाधान गरिनुपर्ने कामका बारेमा जानकारी गराएको हो । जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा स्थलगत अनुगमन गर्न त्यहाँ पुगेका स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा बुढाथोकीले धनगढी उपमहानगरपालिकाद्वारा हरेक वडामा सञ्चालित ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ तथा नसर्ने रोगको ‘स्क्रिनिङ’का अनुगमन समेत गरेका थिए । सो अवसरमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले उपमहानगरपालिकाद्वारा सम्पादित स्वा...
पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा

पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा

ताजा अपडेट, वातावरण, समाचार
१५, फागुन तानसेन । मगर समुदायको बाहुल्यता रहेको जिल्लामा आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस बिबिध कार्यक्रम आयोजना गरी मनाईँदैछ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका सङ्घ–संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् । नेपाल मगर सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइने गरिन्छ । आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशैभरका मगर समूह, सङ्घ संस्थाले यो दिवस मनाउँदै छन् । मगरहरूको साङ्गठनिक पर्वका रुपमा यो दिवसलाई लिने गरिन्छ । जिल्लाका विभिन्न स्थानमा आज भव्य सांस्कृतिक झाँकी प्रदर्शनसहितका सांस्कृतिक कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्दै छन् । आज जिल्लाको रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा भव्य सांस्कृतिक कार्यक्रम हुँदै छन् । यहाँका १० ...
सामाजिक सञ्जालले समाजको सुखी खोसिरहेको छ : प्रधानमन्त्री ओली

सामाजिक सञ्जालले समाजको सुखी खोसिरहेको छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोग भइरहेको बताएका छन् । काठमाडौंमा बिहीबार डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले डिटिजल युगमा अपराधीह यसको सहायताबाट अपराध गर्न उद्दत भइरहेको बताएका हुन् । भलाइ र मानवीय सुखका लागि प्रविधिको प्रयोग हुनुपर्ने भए पनि यसको सदुपयोग भइरहेको उनको भनाइ छ । प्रविधिले सुविधा दिएसँगै यसबाट अनुचित लाभ लिन खोज्ने र अपराध गर्नेहरु पनि रहेको उनले बताए । यही विषय नै चुनौती भएको भएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले अहिले प्रविधि राज्य र समाजका लागी चुनौती भएको बताएका छन् । उनले अहिले प्रविधिको सहायतामा सञ्चालित सामाजिक सञ्जालहरु सभ्य समाज र राज्‍यका लागि अवरोध भएर आएको बताए ।...
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल

शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल

ताजा अपडेट, राजनीति, समाचार
१५, फागुन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले शासन गर्नका लागि मात्र नभई मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि पनि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् । एमाले उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीद्वारा आज आयोजित जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएका कारण देशका ठूला दुई राजनीतिक दल मिलेर सरकार बनाएको बताए । “हामी शासन गर्नका लागि मात्र होइन, सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउन, सुशासन कायम गर्न र जनतामा बढ्दै गएको निराशालाई चिर्नका लागि मिलेका हौँ”, उनले भने । महासचिव पोखरेलले विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको भन्दै विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको धारणा राखे ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१५, फागुन काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५६ रुपैयाँ १२ पैसा कायम गरिएको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्...
मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख विनियोजन

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख विनियोजन

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१५, फागुन काठमाडौं । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो । उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा रु दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट उक्त सडकको ट्रयाक खोल्ने काम भइरहेको छ । मुग्लिन नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययन (डिपीआर) पश्चात् सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो । देवघाटका स्थानीयवासी केशवचन्द्र न्यौपानेले यहाँका स्थानीयले पटक–पटक उठाउँदै आएको माग सरकारले पूरा गरेको बताए । मुग्लिन नारायणगढ सडकखण्डको विकल्पका रुपमा वैकल्पिक सडक निर्माणका लागि ...
कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१५, फागुन काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । तराइका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्ष...
महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायांकन सुरु

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायांकन सुरु

ताजा अपडेट, वातावरण, समाचार, साहित्य
१४, फागुन काठमाडौं । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायांकन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायांकन सुरु गरिएको हो । फिल्म निर्माता तथा निर्देशकका अनुसार आज ‘कुस्ती’, ‘हर्ष’, ‘माग्ने राजा’ र ‘कोशेढुङ्गा’ चलचित्रको छायांकन सुरु भएको छ । अभिनेता बुद्धि तामाङ निर्माता बनेको चलचित्र ‘कुस्ती’को छायांकन काठमाडौँबाट सुरु भएको छ । सो चलचित्रको मुहुर्त गरेसँगै अभिनेता धीरज मगर, पुस्कर गुरुङ र लुनिभा तुलाधरको दृश्य खिच्दै छायांकन सुरु गरिएको अभिनेता तामाङले बताए । “हामीले फागुनदेखि छायांकन सुरु गर्ने भनेपछि शिवरात्रिकै अवसर पारेका हौँ । कलाकारितामा संगालेको अनुभवलाई प्रयोग गरेर चलचित्र निर्माण सुरु गरेको छु । यही पेसाले परिचय दिएकाले मैले नाटकपछि चलचित्र निर्माणम...
टुँडिखेलमा मनाइयो २६२ औँ सेना दिवस

टुँडिखेलमा मनाइयो २६२ औँ सेना दिवस

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, फागुन काठमाडों । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सव बुधबार काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपाली सेनासँगै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति गरिएको थियो । जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । टुँडिखेलमा आयोजित समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको सहभागिता थियो ।...