ताजा अपडेट

प्रधानमन्त्रीद्वारा ल्होसारको शुभकामना !

प्रधानमन्त्रीद्वारा ल्होसारको शुभकामना !

ताजा अपडेट, ब्यानर-२, समाचार
१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट उनले ग्याल्पो ल्होसारको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।प्रधानमन्त्रीले लेखेका छन् — “आज ग्याल्पो ल्होछार, नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व, तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होछार मनाउँछन् । “ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना १ सबैको जय होस् ”, पृष्ठभूमिमा हिमाल पारेर शेर्पा समुदायको परम्परागत पोसाक लगाएका एक महिला र पुरुषको तस्बिर फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्रीले थप लेखेका छन्—                                                            ‘ह्याप्पी ल्होसार’ ।...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१६, फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्री...
आजको मौसम : देशभर मौसम बदली

आजको मौसम : देशभर मौसम बदली

ताजा अपडेट, वातावरण, समाचार
१६, फागुन काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।  दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णालीका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी,सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । आज ...
भूकम्पका कारण डराएर भाग्ने क्रममा एक जना कैदीको हात भाँचियो

भूकम्पका कारण डराएर भाग्ने क्रममा एक जना कैदीको हात भाँचियो

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१६ फागुन,काठमाडौं ।आज बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर गएको ६ दशलमव १ म्याग्निच्यूडको भूकम्पका कारण डराएर भाग्ने क्रममा लडेर एक जना कैदीको हात भाँचिएको छ । भूकम्पको मुख्य केन्द्रबिन्दु रहेको भोटेकोशी गाउँपालिका,१ का वडाध्यक्ष साङ्बु लामाले पनि हालसम्म क्षतिबारे जानकारी नआएको जानकारी दिए । ‘ जानकारी लिने काम भइरहेको छ । खासै क्षति पुर्‍याएको देखिएन’, उनले भने । उनका अनुसार आत्तिएर भाग्ने क्रममा लडेर एक जना कैदीको हात भाँचिएको छ । भने कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । यस्तै भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको खबर छ । अहिले बिहान ६ बजेसम्मको प्राप्त विवरण अनुसार यो बाहेक अन्य कुनै मानवीय र ठूलो भौतिक क्षति नदेखिएको उनले बताए। ‘भूकम्पको क्षतिको बारेमा विस्तृत आउन बाँकी छ ।प्रहरीले मातहतका सबै कार्यालयलाई सूचना ...
ग्याल्पो ल्होसार जस्ता चाडपर्वले सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न सघाउँछन् : राष्ट्रपति

ग्याल्पो ल्होसार जस्ता चाडपर्वले सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न सघाउँछन् : राष्ट्रपति

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१६, फागुन काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबिच एकता, सामाजिक,सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् ।  शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख,शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै उनले यस पर्वबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।   नेपालको हिमालीलगायत विभिन्न क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ । पारिवारिक जमघट, आफन्त भेटघाट तथा गुथुक खाप्सेलगायतका परिकार खाएर हर्षोल्लासका साथ मनाइने यस पर्वले शेर्पा जातिको पहिचान र विशेषतालाई झल्काउने उनले उ...
६.१ म्याग्निच्युडको भूकम्प, सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु

६.१ म्याग्निच्युडको भूकम्प, सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१६, फागुन काठमाडौं । शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का सातै प्रदेशमा महसुस भएको थियो । भूकम्प गएपछि उपत्यकामा मानिस घरबाट निस्किएर होहल्ला गरेका थिए । भूकम्पपछि क्षतिको विवरण भने आइसकेको छैन ।...
महिलाविरुद्ध हुने सबै प्रकारका विभेद हटाउन सरकार प्रतिबद्ध छ : मन्त्री सुडी

महिलाविरुद्ध हुने सबै प्रकारका विभेद हटाउन सरकार प्रतिबद्ध छ : मन्त्री सुडी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, फागुन काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । साथै उनले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि सिड कमिटीमा नेपाल सरकारले प्रस्तुत गरेको सातौँ आवधिक प्रतिवेदन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताए । ‘नेपाल सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको कार्यान्वयनका लागि सधैँ तत्पर छ र जबाफदेही पनि छ । महिला समानता र विकाससम्बन्धी सबै पक्षहरू समेटी संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको महिला महासन्धि, महिलाको मानव अधिकारलाई वैधानिक मान्यता दिएको एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेज हो । सिड महासन्धिको पूर्ण कार्यान्वयन गर्न मन्त्रालय सधैँ क्रियाशील छ’ उनले भने, ‘सरकारलाई सिड समितिले दिएको निष्कर्ष सुझावहरू कार्यान्वयन गर्न सरक...
भूकम्पपछिको पुनर्निर्माण : तीन जिल्लामा अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना हुने

भूकम्पपछिको पुनर्निर्माण : तीन जिल्लामा अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना हुने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, फागुन काठमाडों । पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्याङ्कन र पुनर्निर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरुमा भएको क्षतिको आँकलन गर्ने काम द्रुतगतिमा अगाडि बढेको दाबी गरेका छन् । उनले डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको डिडिए भइसकेको पुनर्निर्माण अघि बढाउने र हुन बाँकीको डिडिए गर्न जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने बताए । सम्पर्क समन्वय कार्यालय यसै महिनाभित्र स्थापना गर्ने पनि उनले बताए । ...
साहित्यिक महोत्सवमा कानुन विपरीतका सुर्तीजन्य पदार्थको प्रवर्धन, कारबाही गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चेतावनी

साहित्यिक महोत्सवमा कानुन विपरीतका सुर्तीजन्य पदार्थको प्रवर्धन, कारबाही गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चेतावनी

अपराध, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१५,फागुन काठमाडौं । सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवर्धन गर्न कानुनले बन्देज लगाए पनि प्रत्येक वर्ष हुने नेपाल साहित्य महोत्सवमा भने सुर्तीजन्य कम्पनीले प्रायोजन गर्ने गरेको पाइएको छ । कानुन अनुसार कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको बिक्रीवितरण पूर्ण रूपमा बन्देज छ । फागुन १५ गते सम्पन्न हुने साहित्य महोत्सवमा सुर्तीजन्य कम्पनी सूर्य नेपाल प्रालिले प्रायोजन गरेको छ । सुर्तीजन्य कम्पनीले साहित्यिक कार्यक्रम प्रायोजन गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महोत्सव,मेला तथा जात्राका नाममा हुने सुर्तीजन्य पदार्थ उत्पादकको कुनै पनि संलग्नता कानुनविपरीत हुने बताएको छ । मन्त्रालयले यसरी जुनसुकै कार्यक्रममा सुर्तीजन्य कम्पनी संलग्न भए कानुनबमोजिम कारबाही गर्ने प्रस्ट पारेको छ । उक्त साहित्यिक महोत्सवमा नेपालकै प्रमुख चुरोट उत्पादक कम्पनी सूर्य नेपाल प्रायोजक भएको समाचार सार्वजनि...
काठमाडौंमा सुरु भयो डिजिटल अपराध नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौंमा सुरु भयो डिजिटल अपराध नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, फागुन काठमाडौं । काठमाडौंमा डिजिटल अपराध नियन्त्रण सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ । महान्यायाधिवक्ता कार्यालयको आयोजनामा बिहीबारदेखि सुरु भएको सम्मेलनमा १३ देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलनको बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । सम्मेलनमा सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्लले डिजिटलको माध्यमबाट हुने सबै प्रकारका अपराधहरूलाई सरकारले नियन्त्रण गर्नुपर्ने बताइन् । उनले भनिन्,’डिजिटल अपराध, त्यसका प्रवृत्ति, अनुसन्धान अनि न्यायनिरुपणका विषयमा सरकारले गम्भीर भएर अनुसन्धान गर्नुपर्छ। यसले देशकै अर्थतन्त्रमा असर गर्छ।’ डिजिटलको माध्यमबाट हुने अपराधहरूको मुद्दा अहिले अदालतमा बढ्‍न थालेको र यसका लागि विभिन्न सामाजिक सञ्जालहरू स्वदेशको कानुनमा आधारित रहेर दर्ता हुन जरूरी रहेको उनको भनाइ थियो ।  यस्तै बेलायतकी सर...