ताजा अपडेट

अध्यक्ष ‘प्रचण्ड’द्वारा राष्ट्रिय झण्डा झण्डात्तोलन

अध्यक्ष ‘प्रचण्ड’द्वारा राष्ट्रिय झण्डा झण्डात्तोलन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, फागुन झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जोड दिएका छन् । मुलुककै होचो भू-भाग कचनकवलमा आज बिहान राष्ट्रिय झण्डा झण्डात्तोलन गर्दै उनले समाज निर्माणका लागि सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि अपिल गरे । जनतासँग माओवादी तराई मधेस जनजागरण कार्यक्रमका अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासहित झापा आएका अध्यक्ष दाहालले कचनकवलको स्तम्भमा पुगेर झण्डात्तोलन गरेका हुन् ।...
राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित

राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२, फागुन काठमाडौं । राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ । राष्ट्रिय सभाको बैठक आइतबार बसेको थियो । त्यसपछि अर्को बैठक फागुन १८ गतेका लागि राखिएको छ । राष्ट्रिय सभाको संसदीय क्यालेन्डरमा सोमबार, मंगलबार र बुधबार बैठक बस्ने उल्लेख छ । यी बैठकका लागि सम्भावित कार्यसूची समेत राखिएको छ ।तर, यसबीचमा बैठक नराखेर राष्ट्रिय सभाको बैठक एक सातापछि बस्ने गरी स्थगित भएको हो ।...
साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२, फागुन काठमाडौं । आज साँझ ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सुनको मूल्य फेरी बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य फेरी बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१२, फागुन काठमाडौं । नेपाली बजारमा आज फेरी सुनको मूल्य बढेको छ । आइतबार तोलामा ३०० रुपैयाँ बढेको छापावाल सुनको मूल्य सोमबार थप ५०० रुपैयाँ वृद्धि भएर कारोबार भएको हो । जसअनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो । यसअघि शुक्रबार सुनको मूल्य १ लाख ७० हजार रुपैयाँ कायम थियो । यसैगरी सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।...
ग्यास आयात बढ्यो

ग्यास आयात बढ्यो

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१२, फागुन काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को सात महिना (साउन–माघ) मा ३५ अर्ब ४७ करोड ६५ लाख ७५ हजार रुपियाँ बराबरको तीन लाख १४ हजार ३४१ मेट्रिक टन ग्यास आयात भएको छ । सो परिमाणमा ग्यास आयात गरेर छ अर्ब ६१ करोड ६५ लाख ३२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । गत वर्ष सो अवधिमा ३० अर्ब ३१ करोड २४ लाख १७ हजार रुपियाँ बराबरको दुई लाख ९८ हजार ९७५ मेट्रिक टन आयात भएको थियो । गत वर्षको तुलनामा पाँच अर्ब रुपियाँ बराबरको १६ हजार मेट्रिक टन बढी ग्यास आयात भएको तथ्याङ्कले देखाएको छ । बजारमा खपत बढेसँगै ग्यासको आयातमा वृद्धि भएको हो । नेपाल आयल निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा निर्धारण गरेको छ । सोही कोटा अनुसार व्यवसायीले ग्यास आयात गर्दै आएका छन् । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले चिसो मौसममा बजारमा ...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२, फागुन काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पाँचौं अधिवेशनको ११ औँ बैठक सोमबार बस्दैछ । बैठक दिनको १ बजे सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आ।व। २०८०र०८१ू पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै शेर बहादुर कुँवरले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरूले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभाबले गर्दा सेवाबाट बञ्चित हुने अवस्था आएकोले उक्त अस्पतालहरूबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने” भन्ने सार्वजनिक महत्वको विषयमाथि माननीय स्वास्थ्य तथा जनसंख...
लमजुङमा भूकम्पको धक्का

लमजुङमा भूकम्पको धक्का

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१२, फागुन काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्पमापन केन्द्रले ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको जनाएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।...
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ताजा अपडेट, वातावरण, समाचार
१२, फागुन बागलुङ । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् ।हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए । हिमपातका कारण जनजीवन कष्टकर भएको छ । गत शुक्रबारदेखि मौसममा खराबी आए पनि आइतबार साँझ मात्रै वर्षासहित हिमपात भएको विकले बताए । हिमपातले गर्दा घोडा खच्चड तथा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको ढोरपाटन नगरपालिका–९ ढोरपाटनका प्रेमबहादुर घर्ती मगरले बताए ।...
काठमाडौँको नागार्जुनमा यातना दिएर कुकुर मारेको आरोपमा दुई जना पक्राउ

काठमाडौँको नागार्जुनमा यातना दिएर कुकुर मारेको आरोपमा दुई जना पक्राउ

अपराध, ताजा अपडेट, वातावरण, समाचार
१२, फागुन काठमाडौं । काठमाडौँको नागार्जुनमा कुकुरलाई यातना दिएर मारेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न देखिएपछि उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । नागार्जुन नगरपालिका–६ मा घाइते कुकुरलाई लखेटेर जालिभित्र तड्पाएर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । सो घटना फागुन ९ को भएको अनुसन्धान अधिकृतहरू बताउँछन् । घटनाबारे प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।...
अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, कसको मूल्य कति ?

अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, कसको मूल्य कति ?

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१२, फागुन काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ८० पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ६४ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रूपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ८९ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ३५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७७ पैसा, सिङ्गापुर...