ताजा अपडेट

धुलिखेलमा बस दुर्घटना, १८ जना घाइते

धुलिखेलमा बस दुर्घटना, १८ जना घाइते

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१३, फागुन काभ्रेपलाञ्चोक । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका- १० सारदा बतासेस्थित बीपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् । बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ८ स् २० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।दुर्घटनामा घाइते हुनेमा बस चालक र सह-चालक सहित १७ जना रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेले जानकारी दिए । बसमा २४ जना सवार थिए । घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । चालक र सह-चालकको टाउकोमा गम्भीर चोट छ । घाइतेहरुको पहिचान भएको छैन । बस घटनास्थलमै रहेकोले राजमार्ग एकतर्फी मात्रै सञ्चालन भएको छ । बस रामेछापको धोबी, ढाडे हुँदै ओखलढुंगाको पोकलीका लागि गुडेको प्रहरीले जनाएको छ ।...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१३, फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ दुई पैसा छ ।युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ७४ पैसा कायम गरिएको छ ।स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ५६ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ३६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७८ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४८ पैसा र बिक्रीदर एक सय त...
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

अन्तर्राष्ट्रिय, ताजा अपडेट, वातावरण, समाचार
१३, फागुन काठमाडौं । सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ । कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनःआग्रह गरेको हो । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ । सो दूतावासले सोमबार दुई नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको हो ।...
लेखक चूडामणि गौतमको निधन

लेखक चूडामणि गौतमको निधन

ताजा अपडेट, वातावरण, समाचार
१३, फागुन काठमाडौं । लेखक चूडामणि गौतमको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो । फोक्सोमा पानी जमेर उनी दुई साता अघिदेखि मेडासिटी अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको हो । तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतम ग्रामरका नामले चिनिन्थे । गौतमले लेखेको अङ्ग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो । बृहत्तर नेपाली शब्दकोश उनको पछिल्लो पुस्तक हो । गौतमले १४ सय पृष्ठको गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी, नेपाली–इङ्गलिस डिक्सनरी, राम्रो अङ्ग्रेजी बोलचाल अभ्यास, गौतम व्यावहारिक नेपाली शब्दकोश, विवादित वर्णविन्यासको नेपाली शब्दकोश, नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, नेपाली व्याकरण तथा रचना, विद्यालयको नेपाली शब्दकोश लगायतका भाषा सम्बन्धी पुस्तक लेखेका छन् ।  ...
महाशिवरात्रि मेलाको तयारी पूरा

महाशिवरात्रि मेलाको तयारी पूरा

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१३, फागुन काठमाडौं । पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरेर महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिएको हो । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिए । उनले भने, ‘यसपटक हामीले दुई सेकेन्डमा दश जनालाई दर्शन गर्नसक्ने गरी प्रबन्ध मिलाएका छौँ । यहाँ दर्शन गर्न आउने भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन गराउने हाम्रो प्रयास रहेको छ । अघिल्लो वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेका छौँ ।’उनले पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीनरतीन र पूर्व र दक्षिण ढोकामा दुईरदुई वटा लाइन रहने जानकारी दिए । संयोजक खत्री...
आजको मौसम : उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

आजको मौसम : उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१३, फागुन काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्धन गरौं : उपप्रधानमन्त्री सिंह

अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्धन गरौं : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, फागुन काठमाडों । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्धन गर्नुपर्ने बताएका छन् सर्लाहीको लालबन्दीमा शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागबाट निर्मित बहुउद्देश्यीय व्यापारिक भवनको उद्घाटन गदै उनले यस्तो बताएको हो । उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित व्यापरिक भवनले यो क्षेत्रको आर्थीक गतिविधि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । ‘‘यहाँ जुन भवन बनेको छ यसको लक्ष्य युवाहरुले यहीँ बसेर आफूले उत्पादन गरेको सामग्री, खाद्य पदार्थदेखि सबै स्थानीय उत्पादनहरुलाई मार्केटिङ गर्नका लागि एउटा स्थानको रुपमा यो भवन रहनेछ,’’ भवन उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले भने, ‘‘यसले लालबन्दी नगरपालिकालाई मात्र नभएर आजकालको आधुनिक व्यापारिक मोडल छ त्यसलाई युवाहरुले उपयोग गरे संसारभर प्रचारप्रसार गर्नसक्...
राष्ट्रिय एकता बचाउन सामाजिक सञ्जालको नियमन आवश्यक : मन्त्री गुरुङ

राष्ट्रिय एकता बचाउन सामाजिक सञ्जालको नियमन आवश्यक : मन्त्री गुरुङ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१२, फागुन काठमाडों । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एकता र सामाजिक सद्भाव बचाउन सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक जरुरी रहेको बताएका छन् ।। न्यूनतम पारिश्रमिक निर्धारण समितिले सोमबार ‘श्रमजीवि पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधनको सम्बन्ध’ मा आयोजित अन्तिक्रिया कार्यक्रमा मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमन सम्बन्धी बन्न लागेको विधेयक कुनै मिडिया र अनलाइन माध्यम बन्द गर्न नभई सामाजिक सञ्जालमा जथाभावी समाज र राष्ट्र विरोधी अभिव्यक्तिलाई नियमन गर्न खोजिएको प्रष्ट पारे । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले दहि जस्तै जमेर बसेको समाजमा सामाजिक सञ्जालमा पोखिने अराजक अभिव्यक्तिहरू लोकतन्त्र विरोधी रहेको बताउँदै अहिलेको सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षधर रहेको सुनाए । “हामी विधेयक...
टोखा प्रहरी चौकीदेखि टोखा र बुढानिलकण्ठ नगरपालिका जोड्ने विष्णुमति करिडोरको ट्रयाक खोल्ने कार्य शुरु

टोखा प्रहरी चौकीदेखि टोखा र बुढानिलकण्ठ नगरपालिका जोड्ने विष्णुमति करिडोरको ट्रयाक खोल्ने कार्य शुरु

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
१२ फागुन,काठमाडौं।टोखा प्रहरी चौकीदेखि टोखा र बुढानिलकण्ठ नगरपालिका जोड्ने विष्णुमति करिडोरको ट्रयाक खोल्ने कार्य शुरु भएको छ । आज सोमबार बिहान टोखा प्रहरी चौकीदेखि बुढानिलकण्ठ नगरपालिकाको सिमानासम्मको विष्णुमती खोलाको दायाँबायाँ ट्रयाक खोल्ने कार्यको थालनी गरिएको  नगर प्रमुख प्रकाश अधिकारीले बताए । सो कार्यमा उपप्रमुख मुरारी तामाङ,प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी,वडा अध्यक्षहरू लगायत  जनप्रतिनिधिहरू,नगर प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको र उनिहरुको रोहवरमा ट्रयाक खोल्ने कार्यको थालनी गरिएको उनले बताए । नगरपालिकाले ३ ओटा डोजर प्रयोग गरेर सडक निर्माण कार्य पनि सुरु गरेको  छ ।अर्काहप्ता शुभहोम्सको कम्पाउण्डबाट ट्रयाक खोल्ने तयारीसमेत गरेको  नगर प्रमुख अधिकारीले बताएका छन् । उक्त नगरपालिकाले विष्णुमती करिडोर क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरुमा हरिया...
इन्स्पेक्टर सन्तोषी महत मुत्यु प्रकरण : परिवारले दियो अर्का इन्स्पेक्टर विरुद्ध पनि आत्महत्या दुरुत्साहनको जाहेरी

इन्स्पेक्टर सन्तोषी महत मुत्यु प्रकरण : परिवारले दियो अर्का इन्स्पेक्टर विरुद्ध पनि आत्महत्या दुरुत्साहनको जाहेरी

अपराध, ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
१२ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको परिवारले आत्महत्या दुरुत्साहनमा थप एक जनाविरुद्ध किटानी जाहेरी दिएको छ । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी महतको परिवारले कास्की प्रहरीमा दुरुत्साहनको जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ती इन्स्पेक्टर र महत प्रेमी–प्रेमिका रहेको परिवारको भनाई छ।उनैका कारण महतले आत्महत्या गर्नु परेको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । पारिवारिक स्रोतका अनुसार महतको सशस्त्रकै १६ बेसिकका एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो । तर प्रेममा दरार आएपछि उनले आत्महत्या गरेको दाबी परिवारको छ । २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईम...