ताजा अपडेट

बाढी, पहिरोमा बेपत्ता भएका परिवारलाई मृतकसरह राहत दिइने

बाढी, पहिरोमा बेपत्ता भएका परिवारलाई मृतकसरह राहत दिइने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१३, फागुन काठमाडौं । बाढी, पहिरो जस्ता मनसुनजन्य घटनामा परी बेपत्ता भएका परिवारले मृतकसरह राहत पाउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई यस्तो राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले मुलुकका लागि अपरिहार्य दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यले नयाँ भवन उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।...
महाशिवरात्रिका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय

महाशिवरात्रिका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१३, फागुन काठमाडौं । महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढेको छ । एक दशकयताकै सर्वाधिक भक्तजन आउने अपेक्षाका साथ पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन गरेको जनाएको छ । महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको थियो । कोषका सदस्य सचिव डा मिलनकुमार थापाले भने, “नौ वटा विषयगत उप–समिति गठन गरिएको छ, उपसमितिबाट जिम्मेवारीअनुसार काम अघि बढाइएको छ, व्यवस्थापकीय पक्षलाई उच्च प्राथमिकता र दर्शनार्थी भक्तजनलाई सहज बनाउनमा सम्पूर्ण ध्यान केन्द्रित गरेका छौँ ।” नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यानमारसहितका देशबाट भक्तजन आइरहेका छन् । व्य...
सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग

सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१३, फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग गरेका छन् । ‘धुलिखेलमा भएको बस दुर्घटना र देशैभरी हुने यस प्रकारको सवारी दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार सरकारले निसर्त निःशुल्क गर्ने प्रवन्ध गर्न पनि आग्रह गर्न चाहन्छु’, मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर उनले भने ।मंगलबार बिहान धुलिखेलमा यात्रुवाहक सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । यो विषय संसदमा अन्य सांसदहरूले पनि उठाएका छन् । नेपालमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणको उपाय खोज्न सरकारलाई आग्रह गरेका छन्...
राष्ट्रपति पौडेलसँग भारत, भुटान र माल्दिभ्सका एनसिसी प्रतिनिधिको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग भारत, भुटान र माल्दिभ्सका एनसिसी प्रतिनिधिको शिष्टाचार भेट

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, फागुन काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भुटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुन आएको ती देशको टोलीले राष्ट्रपति निवास, शीतल निवासमा भेट गरेको हो । नेपाली सेनाले छिमेकी राष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउन ‘क्याडेट’बीच सीप, संस्कृति र परम्पराको आदान–प्रदान गर्दै आएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति छन् । यस किसिमको युवा आदान–प्रदान कार्यक्रमले एकापसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरूको बुझाइमा सहयोग पुग्ने तथा आपसी सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन भूमिका निर्वाह गर्ने विश्वास लिइएक...
फागुन २० देखि लुम्बिनीमा त्रिपिटक वाचन गरिने

फागुन २० देखि लुम्बिनीमा त्रिपिटक वाचन गरिने

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१३, फागुन काठमाडौं । अखिल नेपाल भिक्षु महासङ्घले यही फागुन २० देखि २५ गतेसम्म लुम्बिनीमा त्रिपिटक वाचन गर्ने भएको छ । मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा बौद्ध साहित्यको प्रचारप्रसार गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ (वाचन) गर्न लागिएको हो । शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि करिब ४५ वर्षसम्म विभिन्न स्थानमा निरन्तर प्रदान गरेका उपदेश तथा आध्यात्मिक ज्ञान सङ्ग्रहित ग्रन्थ त्रिपिटक हो । महासङ्घका कोषाध्यक्ष भिक्षु बोधिज्ञानका अनुसार अभिधर्म, सुत्र र विनय गरी तीन भागमा वर्गीकरण गरिएको त्रिपिटकलाई बौद्ध साहित्यमा मूल ग्रन्थ मानिएको छ । उक्त ग्रन्थलाई विभिन्न भाषामा अनुवाद गरिएको छ । थेरवाद, महायानलगायत सबै सम्प्रदायका बौद्ध धर्मावलम्बीले अवलम्बन गर्ने यो ग्रन्थलाई सम्बन्धित सम्प्रदायको धार्मिक...
झापाको घटनाप्रति नारायणकाजी श्रेष्ठले मागे क्षमा

झापाको घटनाप्रति नारायणकाजी श्रेष्ठले मागे क्षमा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, फागुन काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफूबाट हुन पुगेको व्यवहारप्रति माफी मागेका छन् । ‘अलिकति त्यहाँ मनोवैज्ञानिक रूपमा अवरोध जस्तो भयो, त्यसले मलाई बिझायो नै । त्यसपछि थप बोलिन । त्यसलाई सामान्य घटनाकै रूपमा लिन अनुरोध गर्छु’, श्रेष्ठले भनेका छन् । हुलाकी राजमार्ग केन्द्रित अभियान उद्घाटन समारोहका क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ कार्यक्रम सञ्चालकप्रति रिसाएर थप नबोली मञ्चमा फर्किएका थिए । तर आज चितवन पुगेर श्रेष्ठले आफूबाट भएको व्यवहारप्रति माफी मागेका हुन् ।...
शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना

शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१३, फागुन काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् । स्रोतका अनुसार ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन् । उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार थालिएको थियो । उनको उपचारमा नाक, कान, घाँटी विभागका चिकित्सकहरु संलग्न छन् । नाक, कान, घाँटीको समस्या भने अहिले सुधार हुँदै गएको एक चिकित्सकले बताए ।  ...
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१३, फागुन काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको हो । हिजो सोमबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ८०० रुपैयाँ थियो । जसअनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनेको हो । यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । यस्तै आज चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ९७० रुपैयाँ कायम भएको हो ।...
म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प

म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१३, फागुन काठमाडौं । म्याग्दी केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको मुना भन्ने स्थानमा रहेको थियो । बिहान ९ बजेर १८ मिनेट जाँदा गएको सो भूकम्पको तीव्रता ३.५ म्याग्निच्युड रहेको थियो । यसअघि सोमबार बिहान लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरीस्थित खुदिखोला आसपास केन्द्रबिन्दु भएर गएको सो भूकम्पको तीव्रता ३.१ म्याग्निच्युड रहेको थियो । भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको थियो...