टिकटक बन्द गरेका प्रचण्डले सामाजिक सञ्जाल विधेयकको विरोध गरेका छन् : महासचिव पोखरेल
२५ माघ,काठमाडौं ।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफै सरकारमा हुँदा टिकटक बन्द गरेका तर अहिले सामाजिक सञ्जाल विधेयकको विरोध गरेर हिंडेको बताएका छन् ।साथै प्रचण्डमा बारम्बार बोली फेर्ने प्रवृत्ति रहेको र बोलिको ठेगान नरहेको भन्दै जिम्मेवार नेताले यस प्रकारको हकर्त गर्न नहुने पनि उनले सुझाएका छन् ।
प्रचण्डले बिहीबार प्रतिनिधि सभा बैठकमा बोलेको विषयलाई इंगित गर्दै एमाले महासचिव पोखरेलले प्रचण्डमा आफूँ सत्तामा रहँदा एउटा र बाहिरा हुँदा अर्को बोल्ने प्रवृत्ति हाबी भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन् —‘सामाजिक सञ्जाल नियमनको आवश्यकता बोध गरेर वर्तमान सरकारले संसदमा दर्ता गरेको विधेयकका सन्दर्भमा नेकपा (माओवादी केन्द्र० का अध्यक्ष तथा विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभाक...









