ताजा अपडेट

प्रतिनिधि सभाको बैठक माघ २७ गते बस्नेगरी स्थगित

प्रतिनिधि सभाको बैठक माघ २७ गते बस्नेगरी स्थगित

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५, माघ काठमाडौं । प्रतिनिधि सभाको बैठक माघ २७ गते बस्नेगरी स्थगित भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक माघ २७ गते बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् । शुक्रबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गरेका छन् । त्यस्तै कानुनमन्त्री अजयकुमार चौरसियाले कानुन न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयक २०८० र विधायन विधेयक २०८१ लाई पारित गरियोस् भनेर प्रस्ताव पेस गरेका छन् ।...
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, माघ काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबिचमा सम्बन्ध पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक ४८ हजार सात सय रुपियाँ) कायम गर्नुपर्ने पनिर्णय भएको को हो । अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ । बैठकले सम्बन्धित कलेजमा दुई वर्ष अध्ययन र कामकोे सम्झौता गर्न नमान्ने विद्यार्थीसँग वार्षिक २३ लाख रुपियाँ शुल्क लिने विषयमा पनि छलफल भएको छ । हाल निजी मेडिकल कलेजले मासिक २० हजार रुपियाँ निर्वाह भत्ता दिँदै आएका छन् ।...
महिलामाथि हुने साइबर अपराधमा उजुरीको हदम्याद ९० दिन पुर्‍याउने प्रस्ताव

महिलामाथि हुने साइबर अपराधमा उजुरीको हदम्याद ९० दिन पुर्‍याउने प्रस्ताव

अपराध, ताजा अपडेट, बिशेष, समाचार
२५ माघ, काठमाडौं । नेपाल कानुन आयोगले महिलामाथि हुने साइबर अपराधमा उजुरीको हदम्याद ९० दिन पुर्‍याउने प्रस्ताव गरेको छ । हाल महिलामाथि हुने साइबर अपराधबारे ३५ दिनभित्र उजुरी दिइसक्नुपर्ने व्यवस्था छ ।यसलाई बढाएर ९० दिन पुर्‍याउने गरी ऐन बनाउने प्रस्ताव कानुन आयोगको छ ।विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ७४ मा उजुरी गर्ने हदम्याद सम्बन्धी व्यवस्था छ । यसलाई बदलेर ९० दिने पुर्‍याउने आयोगको प्रस्ताव छ । आयोगले यसका लागि यौनजन्य हिंसाविद्धका केही नेपाल ऐन संशोधन विधेयक तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ ।  ‘दफा ४७ को उपदफा ९३० बमोजिमको कसूरमा त्यस्तो कसूर भए गरेको थाहा पाएको मितिले नब्बे दिनभित्र र यस ऐन बमोजिम अन्य कसूर ठहर्ने कुनै कार्य भएकोमा वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लंघन भएकोमा त्यस्तो कसूर भए गरेको वा उल्लंघन भएको थाहा पाएको...
सबै आयोजनाहरू एकै पटक सुरु गर्न मन्त्री खड्काको प्रस्ताव

सबै आयोजनाहरू एकै पटक सुरु गर्न मन्त्री खड्काको प्रस्ताव

ताजा अपडेट, राजनीति, समाचार
२५, माघ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दिपक खड्काले लक्ष्य प्राप्तिका लागि सबै आयोजनाहरू एकै पटक बन्नुपर्ने बताएका छन् । शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सरकारसँग भएका जति पनि आयोजनाहरू छन् ती सबै आयोजनाहरूलाई एकै पटक सुरु गर्नुपर्ने अवस्था रहेको बताएका हुन् । उनले भने, ‘सरकारसँग भएका जति पनि आयोजनाहरू छन् ती सबै आयोजनाहरूलाई एकै पटक सुरु गर्नुपर्ने अवस्था छ । सरकारले लिएको लक्ष्य प्राप्तिका लागि समयमै त्यो लक्ष्य हासिल गर्न सबै आयोजनाहरू बन्नुपर्छ । एकै पटक सुरु गरिएन भने अझै ६(७ वर्ष समय कुर्नुपर्छ । छिटो गरियो भने पनि ८ वर्ष १० वर्ष काम सम्पन्न हुन समय लाग्ने स्थिति छ ।...
दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता

दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता

अन्तर्राष्ट्रिय, ताजा अपडेट, वातावरण, समाचार
२५, माघ काठमाडौं। अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ । विमान दुर्घटना भएको आशङ्का गरिएको छ । अलास्का राज्य प्रहरीका अनुसार नौ जना यात्रु र एक जना पाइलट सवार बेरिंग एयर क्याराभान अलास्काको स्थानीय समय अनुसार अपराह्न ४ः०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो ।यी दुई सहरहरू नोर्टन साउण्डमा एक अर्काबाट लगभग १४६ माइल ९२३५ किलोमिटर० को दूरीमा अवस्थित छन् । खोजी तथा उद्धारकर्मीहरूले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेको अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन्। हराएको यो विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो।...
विद्युतीय व्यापार विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा प्रस्तुत

विद्युतीय व्यापार विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा प्रस्तुत

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति
२५, माघ काठमाडौं। विद्युतीय व्यापार विधेयक सम्बन्धी विधेयक फुल हाउसमा पुनः आएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विधेयकमाथिको छलफल पश्चात् विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा उक्त विधेयकलाई समिति सभापति अब्दुल प्रतिवेदन सहित प्रस्तुत गरेका हुन् । यो विधेयक राष्ट्रिय सभामा उत्पति भएको हो ।...
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, माघ काठमाडौं । लुम्बिनी प्रदेश सभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सभा बैठकमा विशेष सम्बोधनका लागि निमन्त्रणा गरेको छ । फागुन ५ गते सोमवार बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको हो ।सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका हुन् । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम ९२० बमोजिम निमन्त्रणा गरिएको छ ।...
झापाको एक होटलमा युवकको मृत्यु, युवती र होटल सञ्चालक पक्राउ

झापाको एक होटलमा युवकको मृत्यु, युवती र होटल सञ्चालक पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार
२५ माघ,काठमाडौं ।झापाको बिर्तामोड नगरपालिका–४ स्थित होटल एभरेस्टमा एकजना युवक मृत फेला परेका छन् ।मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–१ घर भएका ३० वर्षीय सागर बेस्ना छन्। उनी आफ्नी केटीसाथीसँग सो होटलमा गएका थिए ।बेहोस भएर ढलेका उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका एक डीएसपीले बताए । घटनाबारे अनुसन्धान गर्न प्रहरीले उनीसँगै होटलमा गएकी युवती र होटल सञ्चालकलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।  ...
निर्वाचन आयोगले पुनः सुरु गर्‍यो मतदाता नामावली दर्ता तथा अद्यावधिक

निर्वाचन आयोगले पुनः सुरु गर्‍यो मतदाता नामावली दर्ता तथा अद्यावधिक

ताजा अपडेट, ब्यानर-१, समाचार
२५ माघ, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु गरेको छ । शुक्रबार आयोगका सह—सचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्ति जारी गर्दै आगामी बिहीबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयवाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुरु गर्ने निर्णय भएको जनाएकी छन् । कुनै व्यक्ति पेसा,व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको भए आवश्यक प्रमाण सहित आयोगको वेवसाईटमा रहेको प्रि–रजिष्ट्रेशन प्रणाली मार्फत आवेदन गर्न सकिन्छ ।त्यस्तो व्यक्तिको नाम र स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्दछ ।भने,नागरिकतामा उल्लिखित ठेगानाभन्दा फरक ठेगानामा मत...
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक माग,कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक माग,कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने

ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
२५ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।बिहीबार सार्वजानिक सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरिएको मन्त्रालले जनाएको छ । तत्कालीन निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल गत २५ भदौमा सकिएको थियो ।त्यसयता बोर्ड निमित्तको भरमा सञ्चालन भइरहेको छ । बोर्डको कार्यकारी निर्देशक पद खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिने प्रावधान छ । बोर्डको कार्यकारी निर्देशकको लागि सिफारिस गर्न गठित सिफारिस समितिले सूचना जारी गर्दै दश दिनभित्र मन्त्रालयमा दरखास्त पेश गर्न भनेको छ। यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र,व्यवस्थापन,कानून,चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्रसम्बन्धी बिषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ...