ताजा अपडेट

बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौंमा

बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौंमा

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, माघ काठमाडौं । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए । एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् ।राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुनेछन् । काठमाडौं आएपछि उनीहरू दुवैजना दिउँसो पौने ४ बजे दुवै जना शीतल निवास प्रस्थान गर्नेछन् । त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने उच्च सरक्षा स्रोतले जानकारी दिएको छ ।६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।...
आवश्यकताका आधारमा संविधान संशोधन गरिनुपर्छ : सांसद शर्मा

आवश्यकताका आधारमा संविधान संशोधन गरिनुपर्छ : सांसद शर्मा

ताजा अपडेट, राजनीति, समाचार
२२, माघ काठमाडौं । राष्ट्रियसभामा प्रतिनिधित्व गरेको पाँच वर्ष भयो । हामीले लामो सङ्घर्षबाट प्राप्त गरेको सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिकरसमावेशीलगायत प्राप्त अधिकारलाई जनतासम्म पुर्याउने काम गर्दै आएका छौँ । संविधानमा उल्लेखित अधिकार कार्यान्वयनका लागि कानुन बनाउने काम राष्ट्रियसभाले गरिरहेको छ । तर संविधान बनेको करिब १० वर्षको अवधिलाई समीक्षा गर्दा संविधानले परिलक्षित गरेका धेरै कानुन अझै बन्न सकेका छैनन् । त्यसमा विभिन्न कारणले काम गरेको हुन्छ । हामी संसदीय प्रणालीमा छौँ । संसद्मा अङ्कगणितको जोडघटाउ चल्छ । यद्यपि, कानुन बनाउने सवालमा सबैभन्दा बढी समय दिएका छौँ । विशेषगरी हाम्रो आवश्यकतालाई योग्यतामा जोड्ने, योग्यतालाई रोजगारीमा जोड्ने, रोजगारीलाई बजारसँग जोड्ने र बजारलाई प्रतिफलमा जोड्नेतर्फ हामी जानुपर्छ । राष्ट्रियसभा प्रतिनिधिसभाभन्दा अलिक फरक छ । हामीले कुनै पनि विषय...
फेरी बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

फेरी बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२२, माघ काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ९ सय रुपैयाँले बढेर एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ३५ रुपैयाँले बढेर एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ८९५ रुपैयाँमा कारोबार भएको थियो।...
तीन संसदीय समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, माघ काठमाडौं । आज तीन संसदीय समितिहरूको बैठक बस्ने भएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याका विषयमा प्रदेश सरकारका मन्त्रीहरूसँग छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। विधायन व्यवस्थापन समितिको बैठक साढे १२ बजे बस्नेछ। बैठकमा नेपाल कानून व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक, २०८१ मा दफावार छलफल हुनेछ। यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।...
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत

काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत

ताजा अपडेट, वातावरण, समाचार
२२, माघ काठमाडौं । काठमाडौँ महानगरपालिकाद्वारा पाँच सय ९९ सवारीसाधन परीक्षण गरिएकामा तीन सय ४५ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत रहेका छन् । कामपाले निकायगत समन्वयमा गरेको प्रदूषण जाँचका क्रममा ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत भेटिएका हुन् । जाँच गरिएका सवारीसाधनमध्ये पेट्रोलबाट सञ्चालित २३ र डिजेलबाट सञ्चालित तीन सय २२ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत भेटिएका कामपा वातावरण विभागले जनाएको छ । पेट्रोलभन्दा डिजेलबाट सञ्चालित सवारीसाधन बढी मापदण्ड विपरीत रहेका विभागका प्रमुख सरिता राईले जानकारी दिइन् ।उनका अनुसार सवारीसाधनबाट वायु प्रदूषणमा पार्ने असर घटाउन कामपाले सडकमा आकस्मिक चेकजाँच गरिरहेको छ । यस क्रममा मापदण्ड विपरीत भएका सवारीसाधनलाई मर्मत गरेर सञ्चालन गर्न सुझाव दिइएको उनले बताइन् ।...
देशभर १० देखि १४ वर्षसम्मका किशोरीलाई आजबाट निःशुल्क ‘एचपीभी’ खोप

देशभर १० देखि १४ वर्षसम्मका किशोरीलाई आजबाट निःशुल्क ‘एचपीभी’ खोप

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
२२, माघ काठमाडौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो । मन्त्रालयका प्रवक...
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२२, माघ काठमाडों ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । यी दुई प्रदेशमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।  ...
स्वयम्भूमा मञ्जुश्रीको दर्शन तथा सरस्वतीको पूजा गर्ने भक्तजनको घुइँचो

स्वयम्भूमा मञ्जुश्रीको दर्शन तथा सरस्वतीको पूजा गर्ने भक्तजनको घुइँचो

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२१, माघ काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजाअर्चना गर्न स्वयम्भूमा आज मेला लागेको छ । हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन मञ्जुश्रीको पूजा गर्न यहाँ विशेष मेला लागेको हो । काठमाडौँ महानगरपालिका-१५ मा अवस्थित स्वयम्भू विश्व सम्पदा सूचीमा सूचीकृत छ । स्वयम्भूसहित आसपासका सम्पदाको अवलोकन गरी भक्तजनले विधिपूर्वक चैत्यको पूजाआजा गरेका हुन् ।भक्तजनहरूले सरस्वतीको मूर्तिको पूजाअर्चना गरेका छन् । विशेष गरी साना साना बालबालिकालाई उनीहरूको अभिभावकले दर्शनका निम्ति मन्दिर लगेका थिए । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका सचिव चन्द्र रत्न बुद्धाचार्यका अनुसार सरस्वतीको पूजा तथा नजिक भित्तामा बालबालिकालाई लेख्न पनि लगाइएको छ । यसो गर्दा राम्रो लेख्न र पढ्न सक्छन् भन्ने विश्वास छ ।...
विद्यार्थीलाई गलत सङ्गतमा पर्न दिइनु हुँदैन : प्रधानमन्त्री ओली

विद्यार्थीलाई गलत सङ्गतमा पर्न दिइनु हुँदैन : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२१, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएको हो । उनले नेपाल अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरु मुलुकभन्दा अगाडि जानसक्ने बताए । उनले नेपालमा सबैखाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरुले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरु गर्नसक्ने उल्लेख गरे । उनले आत्मविश्वासका साथ काम गर्दा सफलता पाइने भन्दै विद्यार्थीलाई पनि आत्मविश्वास राखेर देश बनाउन सकिन्छ भन्ने भावका साथ अध्ययन गर्न आग्रह गरे । अहिलेको सरकारको ध्यान तीव्र विकासको काममा रहेको उल्लेख गरे। अहिलेको सरकारको ध्यान तीव्र विकास, आजका बालबालिकाहरुलाई ठिक ढङ्गले हुर्का...
एकढिक्का भए यही प्रणालीमा बहुमत ल्याउन सकिन्छ : देउवा

एकढिक्का भए यही प्रणालीमा बहुमत ल्याउन सकिन्छ : देउवा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१, माघ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने बताएका छन् । त्यसका लागि पार्टीका सबै नेताबीच एकता हुनुपर्ने तथा पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनको भनाइ छ । संविधानले अपनाएको मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भन्दै कांग्रेसकै कतिपय नेताले निर्वाचन प्रणाली बदल्नुपर्ने धारणा व्यक्त गर्ने गरेका छन् । तर, पोखरामा पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम उद्घाटन कार्यक्रममा देउवाले सहज नभए पनि असम्भव नभएको बताए ।...