ताजा अपडेट

हिउँदे वर्षा नहुँदा मर्कामा  किसान

हिउँदे वर्षा नहुँदा मर्कामा किसान

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२३, माघ काठमाडौं । यसपालि सिंगो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निरास छन् । वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदेबाली नहुने चिन्ताले पिरोलिएका छन् । ‘हिउँद पानी नपरी बित्यो’, बर्दिवास–९ टोकीटोलका ६० वर्षीय किसान रामचन्द्र थापामगर भन्छन्, ‘खै हिउँदे बाली राम्ररी भित्रयाउन पाइएला जस्तो छैन ।’हिउँद पानी नपरी बित्यो’, बर्दिवास–९ टोकीटोलका ६० वर्षीय किसान रामचन्द्र थापामगर भन्छन्, ‘खै हिउँदे बाली राम्ररी भित्रयाउन पाइएला जस्तो छैन ।’ कुलोको स्थायी सिँचाइको प्रबन्ध नभएको आफ्नो ठाउँमा इनारको पानी मोटरले तानेर बाली सेचन गर्ने गरिएको उनले बताए । यसपालि अहिलेसम्म हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह गहिरिँदै गएर मोटरबाट पानी तान्न नसकिने अवस्था बनेको थापासहित टोकीटोलका किसानको चिन्ता छ । माघ अन्तिम साता लागि सक्दा हुस्सुले छाडे...
आजको मौसम: यी प्रदेशमा हिमपातको सम्भावना

आजको मौसम: यी प्रदेशमा हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२३, माघ काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेक...
प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिले मनायो २७ औँ स्थापना दिवस

प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिले मनायो २७ औँ स्थापना दिवस

ताजा अपडेट, ब्यानर-१, समाचार
सीता पौडेल २२ माघ,काठमाडौं । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपालको काठमाडौं जिल्ला समितिले प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारीको काठमाडौं जिल्ला समितिको भोलि बुधबार हुन गइरहेको छैटौं अधिवेशनको पूर्वतयारी बैठकपश्चात समितिले केक काटेर स्थापना दिवस मनाएको हो । आज मंगलबार काठमाडौंको बागबजार स्थिति हार्दिक होटलमा समितिका अध्यक्ष मुकुन्द भुषालको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शान्तराम विडारी,समितिका इन्चार्ज,उपत्यका प्रदेश कमिटीका इन्चार्ज र अध्यक्षलगायत प्रेस चौतारीमा आबद्ध पत्रकारहरुको सहभागिता रहको थियो । बैठकपश्चात चौतारीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपा(एमाले)का केन्द्रिय सचिव  योगेश भट्टराईले केक काटेर शुभकामना तथा शुभेच्छा प्रकट गरेका थिए । स्थापना दिवसको अवसरमा ...
रोग लुकाउनु भन्दा उपचारमा लाग्नु उपयुक्त : मुख्यमन्त्री  लामा

रोग लुकाउनु भन्दा उपचारमा लाग्नु उपयुक्त : मुख्यमन्त्री लामा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२, माघ काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पाठेघरको मुखको क्यान्सर चुनौतीका रूपमा रहेकाले रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गराउन आग्रह गरेका छन् । उनले रोगको सुरुआतमै उपचार गरेर निर्मूल पार्नुपर्नेमा जोड दिए । आज मकवानपुरको हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयबाट सुरु एचपिभी खोप अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले नेपालमा बर्सेनि हजारौँ महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट प्रभावित भइरहेको बताए । नेपालमा दैनिक चार जना महिलाले पाठेघरको मुखको क्यान्सरबाट मृत्युवरण गर्नुपरेको बताउँदै उक्त भयावह अवस्थालाई नियन्त्रण गर्न तीन तहको सरकारको समन्वयमा एचपिभी खोप अभियान सुरु गरिएको उनको भनाइ थियो ।...
नेप्से परिसूचक १४.०८ अंकले घट्यो

नेप्से परिसूचक १४.०८ अंकले घट्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२२, माघ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.०८ अंकले घटेर दुई हजार ७१५ दशमलव ९१ मा झरेको छ । आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर ९० हजार २०२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ मा कारोबार भएका छन् । आज जलविद्युत् र अन्य उपसमूहबाहेक अन्य उपसमूह घटेको छ । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट बैंकको नौ दशमलव ९८ प्रतिशत, मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आठ दशमलव २५ प्रतिशत, न्यादी हाइड्रोपावर लिमिटेडको आठ दशमलव १९ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आठ दशमलव १२ प्रतिशत र कालिका पावर कम्पनीको शेयर मूल्य आठ दशमलव ०५ प्रतिशतले बढेको छ ।...
महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउन एचपिभी खोप अभियान : स्वास्थ्यमन्त्री

महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउन एचपिभी खोप अभियान : स्वास्थ्यमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, माघ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले सुरुवात गरेको बताएका छन् । मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको एचपिभी खोप अभियान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएको हो । उनले निरोगी नेपाल बनाउने सरकारको अभियान रहेको भन्दै निरोगी नेपाली बनाउनको लागि यस्ता खालका अभियान सञ्चालन गर्दै जाने बताए । उनले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनको निम्ति सरुवात गरिएको दाबी समेत गरे । ूअहिले कक्षा ६ देखि १० सम्मका पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप प्रदान गरिनेछ उनले भने नेपालका धेरै महिलाहरु पाठे...
टेलिकमको एप र वेबसाइटबाटै इ-सिम लिन सकिने

टेलिकमको एप र वेबसाइटबाटै इ-सिम लिन सकिने

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२२, माघ काठमाडौं । नेपाल टेलिकमको इ(सिम अब एप र वेबसाइटबाटै पाइने भएको छ । आजबाट इ–सिम सेवा लिन सकिने टेलिकमले जनाएको छ । टेलिकमले २१ औँ वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सुरु गरेको टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले बताइन् । उनका अनुसार अहिलेसम्म ग्राहकहरूले इ–सिम लिनका लागि काउन्टरमा जानुपर्ने बाध्यता थियो । अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकम एप र वेबसाइटमार्फत् सहजै प्राप्त गर्न सक्नेछन् ।इ सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । इ(सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि इ–सिम सपोर्ट गर्ने ह्यान्डसेट भने आवश्यक हुन्छ ।यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । इ-सिम प्रयोगमा आए पश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।साथै, टेलिकमले आजैबाट भोवाईफाई सेवाको व्यावसायिक सु...
बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्यो : प्रधानमन्त्री

बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्यो : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल मृत्युदर घटेकाले मानिसको नेपालीको आयु बढेको बताएका छन् । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको मङ्गलवार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । ‘अहिले हाम्रो सरदर आयु ७२ वर्ष किन पुगेको छ रु हामीले बालमृत्यु दर घटाइदियौँ । १० वर्षमा एउटा बालक वित्यो भने १० जना मान्छे सय वर्ष बाचेको छ भने तिनको आयु ९० वर्ष हुन्छ’, प्रधानमन्त्रीले भने,‘मातृ शिशु कल्याणको क्षेत्रमा हामीले थुप्रै काम गरेका छौ ।’ लङगीभिटी बढाउँदै जाने, व्रेन ह्यामरेज, हर्टअट्याक समेत कम गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उनले मुटुलाई स्वस्थ राख्नुपर्नेमा जोड दिँदै जनताको जीवनस्तरमा सुधार ल्याउन सरकारले काम गरिरहेको र यो सबैको इस्यु भएको समेत बताए ।...
१० हिमाली जिल्लामा छात्रावास निर्माण गरिने

१० हिमाली जिल्लामा छात्रावास निर्माण गरिने

ताजा अपडेट, राजनीति, समाचार
२२, माघ रसुवा । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० हिमाली जिल्लाका विद्यालयहरूमा छात्रावास निर्माण गरिने बताएकी छन् । पूर्वी रसुवाको नौकुण्ड गाउँपालिका फाम्चेतस्थित गौतमबुद्व माध्यमिक विद्यालयको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार उद्घाटन गर्दै उनले रसुवा जिल्लामा पनि छात्रावास निर्माण गर्न जिल्ला शिक्षा समितिमार्फत माग गर्न निर्देशन दिइन् । ग्रामीण क्षेत्रका विद्यार्थीले स्थानीयस्तरमै कक्षा १२ सम्म सहज अध्ययनको वातावरण मिलाउन छात्रावास निर्माण गर्न लागिएको शिक्षा मन्त्री भट्टराईले बताइन् ।सरकारले ल्याएको शिक्षा विधेयक अब छिट्टै सदनबाट पारित हुने र सो ऐन बनेपछि शिक्षा क्षेत्रका समस्या समाधान हुने उनले बताइन् ।...
प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

ताजा अपडेट, ब्यानर-२, राजनीति, स्वास्थ्य
२२, माघ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेका छन्। बालुवाटरस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ स्वस्थ्यकर्मीलाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गरेको हो । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने छ ।...