राष्ट्रिय किताब खानामा शिक्षामन्त्रीको छड्के अनुगमन
२३, माघ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय किताब खाना शिक्षक को छड्के अनुगमन गरेकी छन् । ताहाचलस्थित किताबखानाको कार्यालयमा पुगेर मन्त्री भट्टराईले छड्के अनुगमन गरेकी हुन् ।
अनुगमनका क्रममा मन्त्री भट्टराई समक्ष सेवाग्राहीहरूले छिटो छरितो सेवा प्रवाह नभएको, अनलाइनमार्फत सेवा दिनुपर्ने जस्ता विषयमा गुनासा राखेका थिए ।
सेवाग्राहीहरूको गुनासो सुनेपछि मन्त्री भट्टराईले कर्मचारीहरूलाई छिटो छरितो काम गर्न निर्देशन दिइन् । शिक्षकहरूले पेन्सन पट्टा बनाउन निकै सास्ती खेप्नुपरेको गुनासो बढेपछि शिक्षामन्त्री भट्टराई आफैँ छड्के अनुगमनमा पुगेकी हुन् ।...









