ताजा अपडेट

कृषिमन्त्री अधिकारीले भने: रासायनिक मल पर्याप्त हुन ६० अर्ब चाहिन्छ

कृषिमन्त्री अधिकारीले भने: रासायनिक मल पर्याप्त हुन ६० अर्ब चाहिन्छ

ताजा अपडेट, राजनीति, समाचार
३, माघ काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले विनियोजन गरेको रकमले किसानलाई आवश्यक पर्ने रासायनिक मल आयात गर्न नसकिने पार्टी बैठकमा बताएका छन् । सभापति शेरबहादुर देउवा निवासमा शीर्ष तहका नेताहरू सहित काँग्रेसका मन्त्रीहरूको छलफलमा मन्त्री अधिकारीले ६० अर्ब रुपैयाँ आवश्यक भए पनि २७ अर्ब विनियोजन भएको सुनाएका थिए । मन्त्रीको छ महिने कार्यकालमा आफूले गरेका सुधारका कार्य सुनाउने क्रममा अधिकारीले रासायनिक मल आयात गर्न रकमको अभाव हुने बताएका थिए । ‘साढे पाँच लाख मेट्रिक टन आयात गर्न सकिने अवस्था छ । किसानको माग ११ लाख मेट्रिक टन छ,’ मन्त्री अधिकारीले भने,‘सरकारले रकम विनियोजन गर्दा २७ अर्ब ९५ करोड मात्रै छुट्याएको छ । किसानले चाहेजति रासायनिक मल उपलब्ध गराउन लगभग ६० अर्ब रुपैयाँ चाहिन्छ ।’...
हुम्लामा हिमपात

हुम्लामा हिमपात

ताजा अपडेट, वातावरण, समाचार
३, माघ काठमाडौ । हिमाली जिल्ला हुम्लामा बिहीबार बिहानबाट हिमपात भएको छ । बुधबार बेलुकाबाट हावाहुरी चलेको र रातभर मौसम बदली रहेको बेला हिमपात सुरु भएको हो । बिहानबाट जिल्लाभर हिमपात भएको सिमकोट गाउँपालिका-५ का लोकेन्द्र रावतले जानकारी दिए । बिहानभरि आकाशमा बादल लागेर हिमपात भएको उनले बताए। सिमकोटमा परेको हिउँ जमिनमा जम्न सुरु भएको छ भने चिसो बढेको उनले बताए। त्यसैगरि नाम्खा गाउँपालिकाका सबै वडामा पनि हिमपात सुरु भएको नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए । लिमीमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ ।...
हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटमा : तीन महिनादेखि उत्पादन बन्द

हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटमा : तीन महिनादेखि उत्पादन बन्द

ताजा अपडेट, वातावरण, समाचार
३, माघ बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरण मर्मतसम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । “उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले पनि उत्पादन रोकिएको होइन”, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, “आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता बढेको हो ।” “अहिले उत्पादन ठप्प छ, तर नियमित खर्च छ जस्ताको त्यस्तै छ”, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, “उद्योगको उत्पादन बन...
प्रधानमन्त्री ओली आज पोखरा जाँदै

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा जाने भएका छन्। आज हुने विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुनको लागि प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन्। प्रतिष्ठानको दीक्षान्त समारोह आज दिउँसो हुँदैछ। दीक्षान्त समारोहमा मेडिकल विज्ञान संकाय पोस्टग्रयाजुएट (चिकित्सा डाक्टर(शल्यचिकित्सा स्नातकोत्तर, एमडी(एमएस) का प्रथम र दोस्रो ब्याचका विद्यार्थीहरु दीक्षित हुँदैछन्।...
फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँर्दैछ कारोबार ?

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँर्दैछ कारोबार ?

अपराध, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३, माघ काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३० मा कारोबार भएको थियो ।...
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३, माघ काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ । विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा छलफल गर्ने कार्यक्रम छ । यो बैठक बिहान ११ः३० बजे सुरु हुनेछ ।बिहान ११ः३० बजे नै सुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने तयारी छ ।...
कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
३, माघ  काठमाडौं । कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक आपसमा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलमा चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक सैनामैना–४ बस्ने वर्ष २७ को रोमन थारु छन् । उनीहरुको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए । दुर्घटनामा घाइते २६ वर्षीय अजय थारुको अस्पतालमा उपचार भइरहेको छ ।...
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३, माघ काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमले जनाएको छ । मूल्य वृद्धिसँगै १६० रुपैयाँ ५० पैसा प्रति लिटर (पहिलो वर्ग) पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्ग अन्तर्गत १६२ रुपैयाँ पर्ने प्रतिलिटर पेट्रोलको मूल्य १६४ रुपैयाँ पर्नेछ भने तेस्रो वर्ग अनुसार १६३ रुपैयाँ पर्ने पेट्रोलको मूल्य १६५ रुपैयाँ पर्नेछ । यसैगरी प्रतिलिटर १५० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्ग अनुसार १५२ रुपैयाँ पर्ने प्र...
पुसमै पाक्यो ‘चैते काफल’, जलवायु परिवर्तनको असर

पुसमै पाक्यो ‘चैते काफल’, जलवायु परिवर्तनको असर

ताजा अपडेट, वातावरण, समाचार
३, माघ तुलसीपुर । चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ । हुन त धेरैतिरबाट यस्ता खबरहरू आउने भएकाले आजभोलि कतिपयका लागि यो आश्चर्यको विषय होइन तर दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा भने धेरै जना आश्चर्यचकित छन्, किनकि यहाँ पुषमै काफल पाक्न थालेको छ । विगत वर्षदेखि यस क्षेत्रमा कुनै वर्ष कि चैतभन्दा पछि, कि त त्यसअघि नै काफल पाक्न थालेपछि धेरैलाई अचम्म लाग्न थालेको हो । ‘गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै हुन्थेन । यो के अचम्म भएको हो रु’, आश्चर्य मान्दै स्थानीय प्रवीर पुनले भने ।...
आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३, माघ काठमाडौं । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागलले जनाएको छ । गण्डकी प्रदेशको हिमाली भेगमा हिमपातको सम्भावना छ भने अन्य ठाउँमा आंशिक बादल मात्र लाग्ने पूर्वानुमान छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।यसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ ।...