ताजा अपडेट

प्रधानमन्त्री ओलीद्वारा पाँचतारे होटेल ‘मेक्योर काठमाडौँ’को उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा पाँचतारे होटेल ‘मेक्योर काठमाडौँ’को उद्घाटन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२, माघ काठमाडौं । पछिल्लो पटक स्थापना भएको पाँचतारे होटेल ‘मेक्योर काठमाडौँ’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो होटेल उद्घाटन गरे । पर्यटन व्यवसायी देशबन्धु बस्नेतको ३ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको यो होटेलको व्यवस्थापन फ्रान्सेली होटेल व्यवस्थापन कम्पनी एकोर ग्रुपले सम्हालेको छ । एकोरको अन्तर्राष्ट्रिय चेन होटेल ब्रान्ड ‘मेक्योर’ को नामबाट होटेल सञ्चालनमा आएको हो । बस्नेतले यो होटेल ब्रान्ड नेपालमै पहिलो पटक भित्र्याएका हुन् । होटेल उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकको नेपाल भ्रमण गराउन यो होटेलले योगदान दिने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायमा नयाँ स्वाद दिँदै यो व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गरे । यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने ओलीले बताए ।...
आशिका तामाङ पक्राउ

आशिका तामाङ पक्राउ

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२, माघ काठमाडौं । अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरीले उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको पुष्टि गरे ।
भूमिसम्बन्धी अध्यादेश आज जारी हुन्छ : प्रधानमन्त्री

भूमिसम्बन्धी अध्यादेश आज जारी हुन्छ : प्रधानमन्त्री

ताजा अपडेट, राजनीति, समाचार
२, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश आज जारी हुने बताएका छन् । बुधवार बिहान बालुवाटारमा उद्योगी व्यवसायीहरूले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भूमि सम्बन्धी अध्यादेश जारी भएसँगै भूमि सम्बन्धित समस्याहरू समाधान गर्ने उल्लेख गरेका हुन् । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको मतलब नहुनेले राम्रा काम हुँदा पनि विरोध मात्रै गरिरहेको बताए। विकास, सुशासनका कामहरू नगर्ने र आफ्नो पिठो बिकाउने काममा मात्रै लाग्ने गरेको उनको टिप्पणी थियो ।...
बाँकेमा चिसो बढ्न थाल्यो, जनजीवन प्रभावित

बाँकेमा चिसो बढ्न थाल्यो, जनजीवन प्रभावित

ताजा अपडेट, वातावरण, समाचार
२, माघ खजुरा । पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जिल्लामा चिसो बढेको छ । ‘चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छभने सडकमा सवारीसाधन कम चलेका छन् । नेपालगञ्जमा बिहान करिब दुई घण्टासम्म शीतलहर चल्ने गरेको छ । बिहानैदेखि हुस्सुले अत्यधिक चिसो भएको छ’, नेपालगञ्जका स्थानीय रामसुहावन यादवले भने, ‘चिसोले गर्दा घरभन्दा बाहिर निस्कन सकिएको छैन, यहाँका मान्छे अत्यावश्यक कामबाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन्।’ चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान नपाएको बाँके डुडुवा गाउँपलिका–४ का मजदुर रामदिन गोडियाले भने, ‘काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ, केही दिन यस्तै चिसो रह्यो भने समस्य...
तत्काल संसद् अधिवेशन आह्वानको माग

तत्काल संसद् अधिवेशन आह्वानको माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२, माघ काठमाडौं । प्रतिपक्षी राजनीतिक दलका नेताले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा आज भएको विपक्षी दलहरुको बैठकले जनसरोकारका विषय र कानुनका निर्माणबारे छलफल गर्न तत्काल संसद् अधिवेशन आह्वानको माग गरेको हो । “जनप्रतिनिधिको संस्थालाई छलेर सरकारले यसरी नै काम अघि बढाइरह्यो भने संसद्को विशेष अधिवेशनसमेत बोलाउन प्रयास हाम्रो समझदारी बनेको छ”, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बैठकपछि भने । संविधानअनुसार संसद् अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सङ्ख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले बैठक आह्वान गर्न सक्ने व्यवस्था छ । विशेष अधिवेशन आह्वानको प्रस्ताव राष्टपतिसमक्ष प्रस्तुत गर्न कम्तीमा ६९ सदस्यको हस्ताक्षर आवश्यक हुन्छ ।...
काठमाडौंको काडाँघारीबाट रक्तचन्दन बरामद

काठमाडौंको काडाँघारीबाट रक्तचन्दन बरामद

ताजा अपडेट, वातावरण, समाचार
२, माघ काठमाडौं । काठमाडौंको काँडाघारीबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा राखिएको रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । रक्तचन्दनको परिमाण पनि प्रहरीले खुलाइसकेको छैन । बोरा–बोरामा प्याक गरेर राखिएकाले त्यसको तौल लिएर मात्रै परिमाण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।...
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री

अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२, माघ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासङ्घका अध्यक्ष भगीरथ सापकोटाले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषयहरू स्वागतयोग्य भएको अवगत गराएका हुन् । निजी क्षेत्रका प्रतिनिधिले कोभिड १९ पछि सङ्कुचित भएको अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले यसको कार्यान्वयनमा छिटै र उपयु...
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

ताजा अपडेट, वातावरण, समाचार
२, माघ तनहुँ । व्यास नगरपालिका-१० दुम्सीका पशुपालक किसानले अनुदानको आशा नराखी कृषि उपज बिक्री गर्न मझौला खालको ट्रक किनेका छन् । आफूहरूले उत्पादन गरेको गाई भैँसीको दूध ढुवानी गर्न मासिक रु। ५५ हजारभन्दा धेरै भाडा तिर्नुपरेपछि विकल्पमा आफूहरूले ट्रक नै किनेको स्थानीय अगुवा किसान तथा दुम्सी दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष डिल्लीराम सापकोटाले बताए। मझौला ट्रक खरिद गर्दा रु. २३ लाख ४० हजार र ट्रकको छत बनाउन रु। एक लाख ५० थप खर्च भएको उनको भनाइ छ । “अनुदानमा ट्रक चाहियो भन्ने कुरा पनि भएन । दूध ढुवानी गर्न मासिक भाडा खर्च धेरै जाने भएपछि ट्रक नै किन्ने निधो गर्‍यौँ”, उनले भने, “अब ट्रक नै किनेपछि दूध मात्र नभई कृषि उपजसमेत बढाई नजिकै रहेको दमौली बजारमा बिक्री गर्ने योजना बनाएका छौँ ।” ट्रक किनेपछि आफूहरूले सात किलोमिटर दूरीमा रहेको व्यास–९ गजौडमा दुग्ध उत्पादनका लागि उपशाखा सञ...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२, माघ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर १ हजार ८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
आज चार संसदीय समितिको बैठक बस्दै

आज चार संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२, माघ काठमाडौं । संघीय संसद अन्तर्गत आज चार समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै, बिहान ११ बजे नै बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठक हुने छ । बैठकमा सुदूरपश्चिम, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र संघीय संसदले बनाएका ऐन कानून कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ । त्यसपछि विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन, २०८० को सार्वजनिक करण र छलफल हुनेछ । अन्तमा दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बै...