ताजा अपडेट

थुनछेक बहसका लागि रवि लामिछानेलाई  अदालतमा उपस्थित गराइयो

थुनछेक बहसका लागि रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२, माघ काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको छ । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । सो दिन बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार हिरासत पठाउने आदेश दिएका थिए । सोमबार पनि थुनछेक बहस भएको थियो सो दिन रवि पक्षका वकिलहरूले बाहिरै राखेर अनुसन्धान गर्न अनुरोध गरेका थिए । तर, न्यायाधीश अधिकारीले आइतबारको आदेशलाई नै निरन्तरता दिँदै बुधबारबाट फेरि निरन्तर सुनुवाइ हुने बताएका थिए ।...
कृषि विभाग परिसरमा रैथाने प्रदर्शन

कृषि विभाग परिसरमा रैथाने प्रदर्शन

ताजा अपडेट, वातावरण, समाचार
२, माघ काठमाडौं । ललितपुरस्थित कृषि विभागको परिसरमा रैथाने बाली प्रदर्शन भइरहेको छ । माघ १ गते पर्ने तेस्रो जैविक विविधता दिवसको अवसरमा भएको रैथाने बाली प्रदर्शन माघ ३ गतेसम्म जारी रहने छ । सो परिसरमा करिब सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी किसानका ३० वटा रैथाने वस्तु बालीका स्थल छन् । त्यहाँबाट रैथाने वस्तु खरिद गर्न सकिने छ । यसले उपभोक्ता र उत्पादनकर्तालाई जोड्ने विभागले आस राखेको छ । ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने नाराका साथ यो वर्ष विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय कृषि जैविक विविधता मनाइँदै छ । सोमबार पत्रकार सम्मेलन मार्फत कृषि विभागले नेपाल जैविक विविधताले धनी राष्ट्रहरूमध्ये नेपाल ४९ औँ स्थानमा रहेको जनाएको थियो । नेपालमा करिब २४ हजार जीवित प्रजातिहरूका रहेका र सोमध्ये करिब १ तिहाइमा कृषि क्षेत्रले योगदान गर्ने गरेको परिप्रेक्ष्यमा कृषि जैव...
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२, माघ डडेल्धुरा । श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी नगरपालिका-३ पथरोडा बस्ने ३२ वर्षीय डम्बर बहादुर थापा मगर छन् । प्रहरीका अनुसार उनले श्रीमती २४ वर्षीया अस्मिता थापा मगरलाई घरायसी वादविवादको क्रममा आफ्नै घर आँगनमा एकनाले भरुवा बन्दुकबाट गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । उक्त मृत्यु भएको खबर सुन्नसाथ प्रहरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुकसहित सोमबार पक्राउ गरेको हो । उनलाई कारबाही तथा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी

आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२, माघ काठमाडौं । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव भने बेहोरेको छ । त्यति मात्रै होइन, केही दिन अघि तिब्बतमा केन्द्रविन्दु भएको भूकम्पले काठमाडौँलगायतका क्षेत्रको जमिन हल्लाउँदा त्यसले नौ वर्षअघिको भूकम्पको सम्झना दिलाएको थियो । विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ । भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा विविध कार्यकमहरु ...
आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२, माघ काठमाडौं । आज देशभर मौसममा आंशिक बदली भएको रही सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तराईका केही भू(भागमा हुस्सुरकुहिरो लागेको छ । अन्य भू(भागमा भने मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।...
एसईई परीक्षा तालिका सार्वजनिक

एसईई परीक्षा तालिका सार्वजनिक

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
१ माघ, काठमाडौं । २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आउँदो चैत ७ गतेदेखि सुरु हुने गरि एसईई परीक्षा तालिका सार्वजनिक गरेको हो । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ । दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुने जनाइएको छ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।परिक्षा १९ गते सकिनेछ ।  ...
माघे सङ्क्रान्तिमा नुवाकोटमा गोरु जुधाइ प्रदर्शनी

माघे सङ्क्रान्तिमा नुवाकोटमा गोरु जुधाइ प्रदर्शनी

ताजा अपडेट, मनोरन्जन, वातावरण, समाचार
१, माघ नुवाकोट । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, बेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरिएको छ । माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि  तारुका र बेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले जनाएको छ ।जिल्लाको ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा गोरु जुधाइ प्रदर्शनीका लागि १४ हल गोरु दर्ता भएको माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए । उनका अनुसार किसानले पालेकामध्येबाट जुधाइका तोकिएका मापदण्ड पूरा गरेका गोरु दर्ता भएका छन् । ‘विगत वर्षका तुलनामा जुधाइ प्रदर्शनीमा सहभागी गराउने गोरु दर्ताका लागि मापदण्डमा गरिएको कडाइले यो वर्ष सङ्ख्या कम भएको छ’, संयोजक श्रेष्ठले भने, ‘जुधाइमा सहभागी हुने गोरुको प्रस्तुति उत्कृष्ट र दर्शकलाई भरपुर मनोरञ्जन दिन प्रदर्शनी केन्द्...
पूर्वजले देखाएको बाटोमा लागौँः प्रधानमन्त्री ओली

पूर्वजले देखाएको बाटोमा लागौँः प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजले गरेको खोज, अध्ययनको बाटोमा सबैलाई लाग्न प्रेरणा लिएर अघि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले योग दिवसका अवसरमा आज पूर्वज र प्रकृतिप्रति गौरव गर्दै ज्ञान पैदा गर्ने खोज, अध्ययन र अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्ने बताएको हो । “पूर्वजहरुप्रति शिर झुकाएर श्रद्धापूर्वक नमन गर्नुपर्दछ, उहाँहरुको आदर्शबाट सिक्ने र उहाँहरुको जस्तो ज्ञान पैदा गर्ने खोज, अध्ययन, अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्दछ, जीवनमा त्यसलाई आत्मसात् गर्ने प्रयास गर्नुपर्दछ,” प्रधानमन्त्री ओलीले भने, “योग दिवसले देशभक्ति, पूर्वजहरुप्रति, प्रकृतिप्रति, यो भूखण्ड, यो देशप्रति हामीलाई गर्व गर्न सिकाओस् र त्यसबाट प्रेरणा लिएर अगाडि बढ्न प्रेरित गरोस्, म सबैमा यही शुभकामना व्यक्त गर्न चाहन्छु।” दशौँ राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री ओलील...
किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता

किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१, माघ बागलुङ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधान हुनेगरी आफूले काम गरिरहेको बताएका छन् । बागलुङ नगरपालिकामा आज आयोजित कार्यक्रममा उनले वास्तविक किसान पहिचान गरेर मात्र अनुदान दिनुपर्ने बताएका हुन् । कृषि क्षेत्रमा अनुदान धेरै बाँडिएको भए पनि वास्तविक किसानका समस्या अझै समाधान नभएकामा मन्त्री अधिकारीले चिन्ता व्यक्त गरे । मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन आफूले प्रयास गरिरहेको भन्दै उनले उत्पादनका आधारमा किसानलाई अनुदान दिइने बताए । कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता पनि उनले व्यक्त गरे । साथै मन्त्री अधिकारीले कृषिको विकासका लागि लगानी वृद्धि गर्न जरुरी भएको बताए । गरिबीबाट मुक्ति पाउन पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुन जरुरी रहेको उनले बताए ।...
स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवा प्रदायक संस्था रहने

स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवा प्रदायक संस्था रहने

ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
१, माघ काठमाडौं । स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवा प्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बीमा ऐन २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यससम्बन्धी संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेकामा स्वीकृत भई कानुन संशोधन भएको हो । संशोधित ऐनको व्यवस्थाअनुसार यसअघि बीमा सदस्य बने पनि पालिकामा सेवा लिन नपाउने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ । ऐन संशोधनको प्रष्टीकरण खण्डमा ‘यसअघि स्थायी ठेगाना भएको तहबाट रेफरल लिनुपर्ने भएकामा अबको व्यवस्थाले प्रथम सेवा बिन्दु भन्नाले बीमितले सर्वप्रथम स्वास्थ्य सेवा लिने गरी रोजेको स्वास्थ्य संस्था सम्झनु पर्छ,’ भनेर व्याख्या गरिएको छ । यस आधारमा अब बीमित कार्यरत क्षेत्रमा प्...