ताजा अपडेट

चितवनमा  गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
१, माघ काठमाडौं । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवनका एसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार मंगलबार दिउँसो चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा भैंसी चराउन गएका बोटेको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो ।...
टोखा नगर विकासको थप रणनीति : सपनतिर्थदेखि बरुडेश्वरसम्म ग्रेट वाल,बिष्णुमति करिडोर कालोपत्रे र डिजिटल घर नं प्लेट

टोखा नगर विकासको थप रणनीति : सपनतिर्थदेखि बरुडेश्वरसम्म ग्रेट वाल,बिष्णुमति करिडोर कालोपत्रे र डिजिटल घर नं प्लेट

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
सीता पौडेल १ माघ, काठमाडौं । टोखा नगरपालिकाले नगर विकासका थप रणनीतिक योजनाहरु सार्वजनिक गरेको छ । पुस २९ गते सोमबार नगरपालिकाको सभाहलमा आयोजित १६ औँ हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले नगर विकासको थप रणनीतिक योजनाहरु बनाइएको र यसलाई तत्काल कार्यान्वयनमा ल्याइने बताए । प्रमुख अधिकारीले सो अधिवेशनमा कार्यपालिकाका सदस्यहरुले पेश गरेका विविध विषयका प्रस्तावहरुको सम्बोधन गर्दै ६ महिने आयव्यव विवरण एवं आर्थिक ऐनको संशोधन प्रस्ताव सहितको १६ बुँदे प्रस्ताव सर्वसम्मतिले पारित भएको पनि जानकारी दिए । कार्यक्रममा उनले नगरपालिकाले पन्ध्रौं नगर अधिवेशनबाट आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम कार्यान्वयनको लागि नगर गौरवका विभिन्न आयोजनाहरु स्वीकृत गरी आवश्यक बजेट समेत विनियोजन गरेको र कार्यान्वयनको चरणमा रहेको पनि सुनाए । प्रमुख अधिकारीका अनुसार चालु आर्थिक व...
माघे सङ्क्रान्ति मेलामा देवघाटधाम स्नान गर्ने तीर्थालुहरुको घुइँचो

माघे सङ्क्रान्ति मेलामा देवघाटधाम स्नान गर्ने तीर्थालुहरुको घुइँचो

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
सीता पौडेल १ माघ, देवघाटधाम । हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको ठूलो घुइँचो लागेको छ । आज माघे सङ्क्रान्तिका दिन नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा स्नान गर्ने तीर्थालुको ठूलो भीड लागेको हो । देवघाट क्षेत्र विकास समितिका अनुसार करिब ५ लाख श्रद्धालु भक्तजनहरु देवघाटधाम स्नान गर्न वा मेला भर्न आउने अनुमान गरिएको छ ।मेला व्यवस्थापन र तीर्थालुहरुको सुरक्षाको लागि पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको समितिले जनाएको छ । मेला अवधिमा सवारीसाधन,चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको पनि समितिले जनाएको छ ।  यसका साथै मुग्लीनतर्फबाट द...
अमेरिकी अर्बपति एलन मस्क टिकटक खरिद गर्ने तयारीमा

अमेरिकी अर्बपति एलन मस्क टिकटक खरिद गर्ने तयारीमा

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, मनोरन्जन, समाचार
१ माघ, काठमाडौं । चिनियाँ मनोरञ्जन कम्पनी बाइट डान्सको स्वामित्वमा रहेको चर्चित सामाजिक सन्जाल टिकटक एलन मस्कले किन्ने शुर गरेका छन् । कम्पनीले  टिकटकलाई अमेरिकी अर्बपति मस्कलाई बिक्री गर्नेबारे छलफल चलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सोमबार ब्लूमबर्ग न्यूजले अमेरिकी अर्बपति मस्क र  चिनियाँ अधिकारीबीच टिकटक खरिदबिक्रीबारे प्रारम्भिक छलफल भएको समाचार प्रकाशित गरेको छ।दुवैतर्फबाट औपचारिक प्रतिक्रिया भने,सार्वजनिक भइसकेको छैन । अमेरिकामा टिकटक प्रयोगकर्ता १७ करोड रहेको अनुमान छ । मस्कले एक्स एआई नामक एआई कम्पनी पनि सुरु गरेको छन् ।टिकटक खरिद गरे उक्त कम्पनीलाई पनि फाइदा हुने देखिन्छ।टिकटकको उक्त कम्पनीमा चीन सरकारको ठूलो हिस्सेदारीसमेत  रहेको बताइएको छ। टिकटकको अनुमानित लागत ४०–५० अर्ब डलर छ। मस्कले सन् २०२४ मा मात्रै ४४ अर्ब डलर खर्च गरेर ट्वीटर खरिद गरे...
योगलाई विद्यार्थीको जीवनसँग जोड्न आवश्यक छ: शिक्षामन्त्री भट्टराई

योगलाई विद्यार्थीको जीवनसँग जोड्न आवश्यक छ: शिक्षामन्त्री भट्टराई

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१, माघ काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविविधमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबिचको तादात्म्ययताले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताएकी छिन् । राष्ट्रिय योग दिवसको अवसरमा काठमडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा र योगसँग नजोडीकन समाजलाई समृद्ध बनाउन नसकिने बताइन्। उनले योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी रहेको र अब आगामी शैक्षिकसत्रदेखि योगलाई विद्यार्थीको जीवनसँग जोड्ने प्रतिबद्धता जनाइन् । शिक्षा र स्वास्थ्य आजको महत्त्वपूर्ण विषय भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य राज्यका लागि पनि सुदृढ गर्नुपर्ने विषय भएको उनले बताइन् । मन्त्री भट्टराईले भनिन्, ‘योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी छ । अब हामी सङ्कल्प गरौँ । योगलाई विद्यार्थीको जीवनसँग जोडौँ । हरेक विद्यालयको अभ्याससँग जोडौँ । हाम्रा विद्यार्थीका क्रियाकलापस...
सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट हो : राष्ट्रपति

सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट हो : राष्ट्रपति

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१,माघ काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्या समाधान गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आव्हान गरेका छन् । माघीका अवसरमा राष्ट्रपति भवनमा आज आयोजित चियापान कार्यक्रममा उनले सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट भएको बताए । राष्ट्रपति पौडेलले हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास र शान्ति कायम गर्नु नै हो भने । उनले विभिन्न जातजातिले उत्सवका रूपमा मनाउने यस प्रकारका पर्वले नेपालीबीच आपसी प्रेम, भ्रातृत्व तथा मेलमिलापको भावना अभिवृद्धि गर्दै सबैलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ गराउन योगदान दिने विश्वास व्यक्त गरे ।...
राष्ट्रपति पौडेलद्वारा चार अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा चार अध्यादेश जारी

ताजा अपडेट, ब्यानर-१, समाचार
२९ पुस,काठमाडौं ।सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ४ वटा अध्यादेश जारी भएका छन्।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेका ५ वटा अध्यादेशमध्ये चार वटा अध्यादेश जारी भएका हुन्। राष्ट्रपति कार्यालयका अनुसार सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्योदश २०८१,आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्तव (पहिलो संशोधन) अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र  लगानी अभिबृद्धि सम्बन्धि केही नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ । तर भूमिसम्बन्धी अध्यादेश भने,जारी भएको छैन ।राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार यो अध्यादेश अध्ययनकै क्रममा छ।    ...
कुनै दललाई फुटाउने र मिलाउने काम मेरो होइन : प्रधानमन्त्री

कुनै दललाई फुटाउने र मिलाउने काम मेरो होइन : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट पारेका छन् । सोमबार नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुट र नकारात्मकता फैलाइएको समेत बताएका हुन्। कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको उनको भनाई थियो ।...
बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी

बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी

ताजा अपडेट, ब्यानर-२, वातावरण, स्वास्थ्य
२९, पुस काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी गरेको छ । स्वास्थ्य संस्थामा आउने बिरामीको सोही संस्थामा उपचार सम्भव हुन नसक्ने अवस्थामा थप उपचारका लागि तुरुन्तै अर्को स्वास्थ्य संस्थामा पठाइ उपचारको व्यवस्था मिलाउनुपर्ने उक्त निर्देशिकामा उल्लेख छ । आफ्नो संस्थाको संरचना, उपकरण, विशेषज्ञ सेवा नभएको वा अन्य उपयुक्त कारणले उपचार प्रदान गर्न नसकिने अवस्थामा संस्थामा उपलब्ध हुने सेवा प्रदान गरी थप उपचारका लागि अरु अस्पतालमा प्रेषण गर्नुपर्ने छ । आकस्मिक कक्षमा रहेका तथा भर्ना भएका बिरामीको हकमा भने सोही स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वय चुस्त बनाउनुपर्ने निर्देशिकामा भनिएको छ । स्वास्थ्य संस्थाले आफ्नो तहअनुसार प्रदान गर्नुपर्ने सेवाको उपलब्धता हुँदाहुँदै बिरामीलाई अर्को संस्थामा प्रेषण गर्...
लुम्बिनी प्रदेशमा माघ १ र २ गते सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा माघ १ र २ गते सार्वजनिक बिदा

ताजा अपडेट, वातावरण, समाचार
२९, पुस काठमाडौं । लुम्बिनी प्रदेश सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । माघी पर्वको अवसरमा माघ १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ । लुम्बिनी प्रदेशले भने ‘प्रदेश डे’ को अवसरमा माघ २ गते पनि प्रदेशभर सार्वजनिक बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी मोहन अर्यालले बताए । उनले भने, ‘माघ १ गते राष्ट्रिय बिदा नै भयो, २ गते भने प्रदेश राजपत्रमा प्रकाशित भएको अवसरमा बिदा दिइएको छ ।’यस्तै यसअघिको सरकारले २०८० चैत २० गते गरेको निर्णय अनुसार माघ २ गते माघे सङ्क्रान्तिको अवसर पारेर बिदा दिने निर्णय गरेको थियो ।...