ताजा अपडेट

सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्छ : मन्त्री दाहाल

सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्छ : मन्त्री दाहाल

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२९, पुस काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक सेवामा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय शारीरिक अपाङ्गसंघले आज काठमाडौँमा आयोजना गरेको ‘सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच अभिवृद्धि’ विषयको राष्ट्रिय कार्यशालामा मन्त्री दाहालले सडक संरचना अपाङ्गमैत्री बनाउन सरकार लागिपरेको बताए । उनले भने, “हामीले सुरक्षित पूर्वाधार निर्माणमा जोड दिएका छौँ । सडक एवं सवारी दुर्घटनामार्फत हुने अपाङ्गता न्यूनीकरणका लागि हामी प्रतिबद्ध छौँ ।” सडक तथा सवारी दुर्घटना अपाङ्गता सिर्जना हुने जोखिमको क्षेत्र भएकाले यसलाई सुरक्षित बनाउन सबै पक्षको सहकार्यको आवश्यकता रहेको मन्त्री दाहालले उल्लेख गरे। सार्वजनिक सवारीसाधनमा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिन यातायात व्यवसायी एवं मजदुरलाई आग्रह गरे ।...
मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ : मन्त्री अधिकारी

मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ : मन्त्री अधिकारी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, पुस ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तीन तहका सरकारको सक्रियतामा मानव र वन्यजन्तु द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको बताएका छन् । विज्ञान प्रवर्द्धनका लागि जापानी समाज ९जेएसपीएस०को सहयोगमा नेपाल जेएसपीएस अल्मुनाइ एशोसियशन ९एनजेएए० द्वारा आज ललितपुरमा आयोजित ‘वन्यजन्तु व्यवस्थापन चुनौती र समाधान’ विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषि उत्पादनमा हानी नोक्सानी गर्ने बाँदरलगायतका वन्यजन्तुका गतिविधिका कारण देशभरका किसान चिन्तित भएका बताए । कृषि क्षेत्रमा पुर्‍याउने नकारात्मक गतिविधिलाई रोक्न तीनै तहका सरकारले समन्वय गरेर कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए ।...
स्वास्थ्य मन्त्रालयद्वार बिरामी प्रेषण निर्देशिका जारी

स्वास्थ्य मन्त्रालयद्वार बिरामी प्रेषण निर्देशिका जारी

ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
२९, पुस काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । अब अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ । विभिन्न किसिमका बिरामीको रिफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका जारी गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताए ।...
स्थानीय निजामती सेवा विधेयक प्रमाणीकरण

स्थानीय निजामती सेवा विधेयक प्रमाणीकरण

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
२९,पुस काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश सभाबाट पुस १७ गते पारित भएको विधेयक प्रदेश प्रमुख घर्तीले सोमवार प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश सभाबाट नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा १ बमोजिम प्रमाणित भएर प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक संविधानको धारा २०१ को उपधारा ४ बमोजिम प्रमाणीकरण गरेको कार्यालयले जनाएको छ ।...
पुरातात्त्विक स्थलको संरक्षण राज्यको दायित्व : मुख्यमन्त्री सिंह

पुरातात्त्विक स्थलको संरक्षण राज्यको दायित्व : मुख्यमन्त्री सिंह

ताजा अपडेट, राजनीति, समाचार
२९,पुस चितवन । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले पुरातात्त्विक स्थलको संरक्षण राज्यको दायित्व भएको बताएका छन् । आज बिहान भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको अवलोकन निरीक्षणपछि उनले प्राकृतिक तथा पुरातात्त्विक स्थलहरूको संरक्षण गर्न सकेमा मात्रै नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्न सकिने बताए । उनले भने, “पुरातात्त्विक वस्तुको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ, सोही अनुसार पुरातात्त्विक स्थलको निरीक्षण अनुगमन गरिरहेका छौँ ।” उनले त्यस अवसरमा सोही स्थानमा रहेको प्राकृतिक चिकित्सालय, समावेशी गुरुकुल र गौशालाको निरीक्षण गरेका थिए ।...
आज चार संसदीय समितिको बैठक बस्दै

आज चार संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, पुस काठमाडौं । संघीय संसदअन्तर्गत आज चार समितिको बैठक बस्दैछ। जसअन्तर्गत संघीय संसद, प्रतिनिधि सभा अन्तरर्गत, अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुनेछ। यस्तै, कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गर्ने तय भएको छ । बैठक बिहान साढे १० बजे बस्नेछ । राष्ट्रिय सभा अन्तर्गतका पनि २ वटा समितिका बैठक पनि बस्दैछन्। दिउँसो साढे १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल जारी रहनेछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीसँग छलफल गर्ने कार्यसूची छ। बैठक ...
रवि लामिछानेमाथि थुनछेक बहस सुरु

रवि लामिछानेमाथि थुनछेक बहस सुरु

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेको थुनछेक बहस सुरु भएको हो। काठमाडौँ जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको हो। आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज १० बजे इजलासमा उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो। हिजो थुनछेक बहस सुरु नभएका कारण उनलाई हिरासतमा पठाइएको थियो।...
सुनको मूल्य फेरी बढ्यो ,आज कतिमा हुँदैछ कारोबार  ?

सुनको मूल्य फेरी बढ्यो ,आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२९, पुस काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य वृद्धि भएको छ । सुन तोलामा १ लाख ५६ हजार रुपैयाँ नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनको मूल्य वृद्धि भइरहेको छ । पुस २२ गते तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको सुनको मूल्य सोमबारसम्म आइपुग्दा ३ हजार ८०० रुपैयाँ बढिसकेको छ । यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ ।...
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२९, पुस काठमाडौं । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे । उनका दुई छोरा र तीन छोरी छन् । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए । पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत हुन् ।...
कोशी, बागमती र गण्डकी  प्रदेशमा वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२९, पुस काठमाडौं । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशका भू(भाग भने आज मुख्यतय सफा रहने महाशाखाले जनाएको छ । वर्षा र हिमपातको सम्भावना रहेका ठाउँमा जाडोले जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।...