ताजा अपडेट

आजदेखि स्वस्थानी व्रत सुरु

आजदेखि स्वस्थानी व्रत सुरु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२९, पुस काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्...
कृषि मन्त्रालयबाट ५ वर्षमा १ खर्ब ७ अर्ब अनुदान प्रवाह, झन्डै २ करोड कृषक लाभान्वित

कृषि मन्त्रालयबाट ५ वर्षमा १ खर्ब ७ अर्ब अनुदान प्रवाह, झन्डै २ करोड कृषक लाभान्वित

कृषि, ताजा अपडेट, बिशेष, समाचार
२८ पुस,काठमाडौं ।कृषि तथा पशुपन्छी मन्त्रालयले पछिल्लो ५ वर्षमा कृषकहरूलाई प्रवाह गरेको अनुदान रकम आइतबार सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार ५ वर्षमा अनुदानमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ रकम प्रवाह भएको र यसबाट करिब १ करोड ९६ लाख कृषकहरू लाभान्वित भएको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७६÷०७७ देखि आव २०८०÷०८१ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी उक्त रकम अनुदानमा प्रवाह भएको मन्त्रालयको भनाइ छ।राज्यबाट अनुदान लिने तर उद्देश्य अनुरूप रकमको सदुपयोग नभएको गुनासो आएपछि मन्त्रालयले अनुदान रकम प्रवाहबारे जानकारी दिएको हो । स्वदेशी तथा विकास साझेदारको सहकार्यमा सञ्चालित परियोजना तथा उखु कृषक प्रोत्साहन अनुदान कृषि बिमाको प्रिमियम अनुदान पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियम अनुदान मार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्ममार्फत उक्त अनुदान रकम प्रवाह भएको मन्त्रालयको तथ्...
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने

काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने

ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
२८ पुस, काठमाडौ। पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी), काठमाडौंका करिब एक लाख १० हजार २६३ किशोरीलाई लगाइने भएको छ । आइतबार जनस्वास्थ्य कार्यालय काठमाडौंले आयोजना गरेको जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले काठमाडौंका ११ स्थानीय तहका उल्लेखित संख्याका किशोरीलाई खोप लगाइने जानकारी दिए । उनका अनुसार कक्षा ६ देखि १० सम्मका ९७ हजार ५४० र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७२३ किशोरीलाई खोप लगाइनेछ।काठमाडौँं महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी ५१ हजार ३४७ किशोरी र सबैभन्दा कम नागार्जुन नगरपालिकामा चार हजार ६५२ किशोरीलाई एचपिभी खोप दिइने छ  । खोपका लागि दुई हजार ४१२ स्वास्थ्यकर्मी खटिदैं छन्।माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। जनस्वास्थ्य का...
सार्वजनिक सेवा प्रवाह अध्यादेश : के के छन् सुविधा ?

सार्वजनिक सेवा प्रवाह अध्यादेश : के के छन् सुविधा ?

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८ पुस,काठमाडौं । सार्वजनिक सेवा प्रवाह अध्यादेश जारी भएको छ । सार्वजनिक सेवा प्रवाह सहज बनाउन सरकारले  सो अध्यादेश जारी गरेको हा्े । सेवा प्रवाहमा नागरिक एप सञ्चालन गर्ने सरकारको तयारी छ । शिक्षकहरुलाई निवृत्तिभरण कोषमा समावेश गर्ने, श्रमिकहरुको अवकाश उमेर ५८ बाट ६० वर्ष कायम गरिने लगायतका व्यवस्था गरिएको छ । यस्ता छन् व्यवस्थाहरुः गैर आबासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले १० वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउँछन् । सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउने कानुनी व्यवस्था। श्रमिकहरुको अनिवार्य अवकाश उमेर हद ५८ बाट ६० वर्ष बनाइएको छ । नेपाल सरकारको कार्य सम्पादन सरलीकरण गर्दै ७ दिन भित्र निर्णय गर्नु पर्ने, नगरेमा कारबाही गर्ने व्यवस्था गरिएको छ । कसुरजन्य सम्पत्ति र कसुरमा संलग्न साधन जफत गर्ने व्यवस्था गरिएको छ । फैसला कार्यान्वयनको तहमा केही सरकारवादी मुद...
जलवायु परिवर्तनका मुद्दा साझा भएकाले सबै मिलेर समाधान गर्नुपर्छ : उपप्रधानमन्त्री पौडेल

जलवायु परिवर्तनका मुद्दा साझा भएकाले सबै मिलेर समाधान गर्नुपर्छ : उपप्रधानमन्त्री पौडेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८, पुस काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषय कुनै मुलुकको मात्रै नभई विश्व्यापी साझा मुद्दा भएकाले सबै मिलेर समाधान गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् । विश्व व्यापार सङ्गठन र काठमाडौँ विश्वविद्यालयले शनिबार आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपना विषयक’ तेस्रो वार्षिक सम्मेलनको उद्घाटन गदै अर्थमन्त्री पौडेलले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले यसको असर आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा देखिएको बताए । कम जोखिमयुक्त व्यापार पूर्वाधार विकास गर्न र उत्पादन केन्द्रको समेत विकेन्द्रीकरण गरी आपूर्ति शृङ्खलामा विविधिकरण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।...
१६ वर्षमा निजामती सेवामा पुगे दुई प्रतिशत दलित

१६ वर्षमा निजामती सेवामा पुगे दुई प्रतिशत दलित

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२८, पुस काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले निजामती सेवामा दलितको प्रतिनिधित्व अपेक्षित नरहेको बताएका छन् । निजामती सेवा देशको समावेशी तस्बिर झल्काउने ठाउँ रहेको उल्लेख गर्दै उनले देशभित्र रहेका सबैले अपनत्व लिन सक्ने गरी ऐन बनाइनुपर्ने सुझाव दिए ।आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । राज्य व्यवस्था समितिमा संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफल चलिरहेको छ । आइतबार समितिले विधेयकका सम्बन्धमा विभिन्न संवैधानिक आयोगका प्रतिनिधिहरूसँग छलफलमा बोलाएको हो । छलफलमा भाग लिँदै दलित आयोगका अध्यक्ष विश्वकर्माले स्थायी सत्तामा प्रतिनिधित्व मात्रै नभएर न्यायपूर्ण उपस्थिति हुनुपर्ने बताए । ‘कंचनपुरको व्यक्ति विराटनगर नपुग्दासम्म राज्यले विशेष व्यवस्था गर्नुपर्छ’, विश्वकर्माले सांकेतिक रूपमा भने । हाल निजामती सेवामा रहेको दलि...
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए

पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए

ताजा अपडेट, वातावरण, समाचार
२८, पुस चितवन । पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो । गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गङ्गाचिल र राजा गङ्गाचिल देखिएका हुन् । गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपापलि पनि भेटिएको उनले बताए । गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए ।...
शिक्षक सेवा आयोगले माग्यो ३६७ मावि तहका शिक्षकको लागि आवेदन

शिक्षक सेवा आयोगले माग्यो ३६७ मावि तहका शिक्षकको लागि आवेदन

ताजा अपडेट, शिक्षा, समाचार
२८, पुस काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि आवेदन माग गरेको छ । पुस २६ गतेको आयोगको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन माग गरेको हो । आयोगले ३६७ पदका लागि विज्ञापन आह्वान गरेको हो । यसअघि गत वर्ष ४३६ पदका लागि विज्ञापन आह्वान गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष ६९ पदका लागि कम विज्ञापन खोलिएको हो । आयोगले सातै प्रदेशका लागि नेपाली विषयका लागि ५१ जनाको लागि आवेदन माग गरेको छ ।...
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८,पुस काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका काम अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने एवं मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानुनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुन्छ भने । “मुद्दाको सफलताको प्रतिशत बढाउने मात्रै भन्दा पनि पीडितले न्याय पाए नपाएको वा पीडित मैत्री भए नभएको विषय महत्त्वपूर्ण हुन्छ भन्ने म ठान्दछु”, राष्ट्रपति पौडेलले भने, “त्यसैले कसुरदारलाई सजाय दिनेतर्फ मात्रै होइन पीडितले क्षतिपूर्तिसहितको न्याय पाउने विषयको सुनिश्चित...
इटालीका नागरिकको हेलिकप्टरमार्फत उद्धार

इटालीका नागरिकको हेलिकप्टरमार्फत उद्धार

ताजा अपडेट, वातावरण, समाचार
२८,पुस ताप्लेजुङ । ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिक ५६ वर्षीय सर्जियो फेटोजाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लडेर गम्भीर घाइते भएका उनलाई आज प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मेरिङदेन गाउँपालिका-३ खाम्लुङस्थित युनाइटेड मेवा हाइड्रोपावरमा कार्यरत फेटोजा बिहीबार लडेर घाइते भएका थिए । उनलाई सोही दिन उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।...