ताजा अपडेट

अनलाइनबाटै नागरिकता सिफारिस

अनलाइनबाटै नागरिकता सिफारिस

ताजा अपडेट, वातावरण, समाचार
२८, पुस जुम्ला । जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुआत हुने भएको छ । आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए । यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भइसकेको छ । प्रजिअ शाहीले भने ,“गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो । अनलाइन प्रणालीबाटै नागरिकताको सिफारिस दिन सकिन्छ । यसका लागि कर्मचारीलाई आवश्यक तालिम दिइने छ ।”...
आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८, पुस काठमाडौं। आज तीन संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्ने कार्यसूची रहेको छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुनेछ ।राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो साढे १२ बजेलाई बोलाइएको छ। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । त्यसपछि राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको पनि बैठक बस्दैछ। बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल शुरु हुने संसद् सचिवालयले जनाएको छ ।...
रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित

रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२८, पुस काठमाडौंं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो । तर पोखराबाट काठमाडौँ आउँदा साँझ परेकोले उनी आज मात्र अदालतमा हाजिर भएका हुन् । जिल्ला अदालतमा सुरुमा रवि लामिछानेको बयान हुनेछ । बयान पुरा भएपछि थुनछेक बहस सुरु हुने कानुनी व्यवस्था छ । थुनछेकपछि उनलाई रिहा गर्ने वा थुनामा पठाउने भन्ने आदेश हुन्छ ।...
तोलाको १६ सयले बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

तोलाको १६ सयले बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२८, पुस काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको थियो ।...
वामपन्थीलाई एकै स्थानमा ल्याउने प्रयास जारी छ : माधव नेपाल

वामपन्थीलाई एकै स्थानमा ल्याउने प्रयास जारी छ : माधव नेपाल

ताजा अपडेट, राजनीति, समाचार
२८, पुस काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी ध्रुवीकरणका लागि विभिन्न कम्युनिष्ट शक्तिहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको बताएका छन् । हिजोदेखि सुरु भएको पार्टीको ललितपुर जिल्ला कमिटीको आठौं अधिवेशनमा अध्यक्ष नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाएर समाजवादी, वामपन्थी, कम्युनिष्ट विचार भएकाहरूलाई एकै स्थानमा ल्याउने प्रयास भइरहेको बताएका हुन् । अध्यक्ष नेपालले सत्ताको फेरबदलसँगै समाजवादी मोर्चा सक्रिय भएर अघि बढ्न नसकेकाले नयाँ नीति र योजना अनुसार पुनः सक्रिय बनाउँदै जाने बताए । कम्युनिष्ट सिद्धान्त तथा आदर्शप्रति समर्पित सबै समूहलाई एकताबद्ध गरेर राष्ट्रियता, जनजीविकालगायत विषयलाई उचित ढंगले अघि बढाइने बताउँदै उनले वैचारिक दृष्टिकोण मिल्ने पार्टीसँगै एकताबद्ध भएर अघि बढ्न सकिने र विचार मिल्न बाँकी रहेका शक्तिसँग सहकार्य गर्न सकिने उल्...
पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु

पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२८, पुस काठमाडौं । मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले यतिखेर पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रको माथिल्लो भूभागबाट बदली सुरु भइसकेको बताउँदै क्रमशः फैलिने क्रममा रहेको जानकारी दिइन् । उनका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण यसरी बदली सुरु भएको हो । आइतबार दिउँसोपछि मध्य तथा पूर्वी नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली हुने मौसमविद् महर्जनले बताइन् ।भोलि सबै प्रदेशका उच्च र हिमाली क्षेत्रमा हिमपात हुने बताउँदै मौसमविद् महर्जनले दिउँसोतिर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिइन् । महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का ...
आजको मौसम :  सातै प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२८, पुस काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ । तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एक(दुई स्थानमा छिटपुटद...
रवि लामिछाने आज अदालतमा हाजिर हुने

रवि लामिछाने आज अदालतमा हाजिर हुने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८, पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो । तर पोखराबाट काठमाडौँ आउँदा साँझ परेकोले उनी आज मात्र अदालतमा हाजिर हुन लगेका हुन् ।...
लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ताजा अपडेट, वातावरण, समाचार
२७, पुस काठमाडौं । लमजुङ जिल्ला केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । यसको केन्द्रबिन्दु खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाई छ । भूकम्पको तीव्रता ३।६ म्याग्निच्युड रहेको थियो । यसको केन्द्रबिन्दु खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाई छ ।...
थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

ताजा अपडेट, वातावरण, समाचार
२७, पुस काठमाडौं । थारू समुदायले यही पुस २९ गते र माघ १ गते काठमाडौँको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ । टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणीसभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए । उनले भने, “२०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव मनाउँदै आएका छौँ । थारू समुदायको नयाँ वर्ष भएकाले थारू भाषा, संस्कृति र जनचेतनाको लागि दुईदिन महोत्सव मनाउने निर्णय गरेका हौँ । पहिलो दिन जिता मर्ना र रक्तदान कार्यक्रम राखेका छौँ भने दोस्रो दिन माघी महोत्सव आयोजना गर्नेछौँ ।”...