ताजा अपडेट

विद्युत् चुहावट १२ दशमलव ७३  प्रतिशतमा सीमित

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२६, पुस काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ । चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधिकरणले अनाधिकृत विद्युत् चोरी तथा प्राविधिक चुहावटलाई कम गर्न अनेकन प्रयास गरिएको जनाएको छ । आठ वर्ष अघिसम्म प्रणालीमा २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । आव २०७९/८० मा विद्युत् चुहावट १३/४६ प्रतिशत थियो । आव २०८०/८१ मा चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको विवरणमा उल्लेख छ । प्राधिकरणले गत आवमा रू १४ अर्ब ४६ करोड नाफा कमाएको थियो । आव २०७२/७३ मा एकै वर्ष रू आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण ०७३/७४ मा रू एक अर्ब ५० करोड खुद नाफा कमाउँदै प्राधिकरणले नाफाक...

राज्य एकीकरण अभियानमा ज्यानको प्रवाह नगरी होमिने पुर्खाहरूप्रति उच्च सम्मान छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२७, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका छन् । एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले शाहसँगै त्यस अभियानमा योगदान दिएका सबै पुर्खाहरूको स्मरण गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरेका हुन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा भनेका छन्, “राज्य एकीकरणको नेतृत्व गर्नुहुने शाह र त्यस अभियानमा आफ्नो ज्यानको प्रवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु ।”...
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२७, पुस काठमाडौं । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । पृथ्वीनारायणको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सिंहदरबार पश्चिम गेटमा रहेको सालिकमा माल्यार्पण गरेका हुन् । पृथ्वीनारायण शाहको जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरेर राष्ट्रिय एकता दिवसका रुपमा मनाइँदै छ ।...
नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गर्दै बालेनले लेखे पत्र

नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गर्दै बालेनले लेखे पत्र

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्थानीय
२६, पुस काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन माग गर्दै पत्र लेखेका छन् । ‘काठमाडौँ महानगरपालिकामा खटिई आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानबिन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ,’ पत्र लेख्दै बालेनले भनेका छन् ।...
मेडिकल चश्मामा लगाइएको भ्याट हटाउन पहल गर्छुः उपप्रधानमन्त्री सिंह

मेडिकल चश्मामा लगाइएको भ्याट हटाउन पहल गर्छुः उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२६, पुस काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पहल गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रीय सभाको २९ औँ अधिवेशनलाई सम्बोधन गदैँ उनले यस्तो बताए हो । उपप्रधानमन्त्री सिंहले भने , ‘‘हाम्रो स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पनि यही हुनुहुन्छ । यसमा वर्कआउट गर्नका लागि हामीले के गर्न सकिन्छ त्यसमा ध्यान दिनेछौं भन्ने कुरा राख्न चाहान्छु । तपाईको संस्था गैरसरकारी भएको र नाफामुलक नभएको हुनाले पनि करमा अलिकति रिभाइज गरेर व्यवहारिक बनाउन सकियो भने नेपालको नेत्रज्योति संघले गरिरहेको कार्यमा टेवा पुग्ने भएको कारणले गर्दा हामीले त्यसमा ध्यान दिनु नै पर्ने हुन्छ । त्यसका लागि म अर्थमन्त्रीदेखि लिएर प्रधानमन्त्रीसँग कुरा गरेर यसमा के गर्न सकिन्छ त्यसका लागि प्रयत्न गर्नेछु ।’’ नेत्र ज्...
भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ : ज्ञानेन्द्र शाह

भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ : ज्ञानेन्द्र शाह

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२६, पुस काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको टिप्पणी गरेका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै पृथ्वीविचारको सान्दर्भिकता बढेको उल्लेख गरे । उनले भने, ‘अहिले देशका दाजुभाइ दिदीबहिनीहरू बराइबाट सिर्जित वादविवादको चक्र ब्युमा फसिरहेका हुन्, हामी सबैले आत्म समीक्षा गर्नुपर्ने बेलामा आएको छ । विश्वराजनीतिमा शान्ति सन्तुलनको अवस्था फेरबदल हुनु स्वाभाविक हो । तर, जस्तोसुकै उतारचढावको बेलामा पनि देशलाई एकताबद्ध राख्नुपर्छ ।’देशलाई प्रविधिको पथमा अगाडि बढाएर सबै देशवासीलाई सुखी र सन्तुष्ट पार्नु राष्ट्रिय धर्म भएको उनको भनाइ छ ।...
नेपाल आयल निगम १० अर्ब नाफामा छ

नेपाल आयल निगम १० अर्ब नाफामा छ

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२६, पुस काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको बताएका छन् । नेपाल आयल निगमको ५५ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । देशको पहिलो ठुलो कारोबार गर्न सफल संस्थाको रूपमा निगम सफल भएको छ, उनले भने, ५४ वर्षको अवधिमा थुप्रै चुनौती सामना गर्नु पर्‍यो तर प्रतिफल राम्रो भएको छ ।२०७६ बाट सञ्चालनमा आएको मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइमार्फर डिजेल आयात हुँदा ३ रुपैयाँ प्रतिलिटर सस्तो परेको उनको भनाई छ ।...
प्रतिबन्धित औषधि नबेच्न विभागको चेतावनी

प्रतिबन्धित औषधि नबेच्न विभागको चेतावनी

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
२६, पुस काठमाडौं । औषधि व्यवस्था विभागले प्रतिबन्धित औषधि बिक्री वितरण भैरहेको पाइएको भन्दै त्यस्ता औषधि बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधि बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भने पछि विभागले सार्वजनिक सूचना जारी गरेको हो । विभागले पुष २५ गते जारी गरेको सार्वजनिक सूचनामा विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधिहरु, न्युट्रास्युटिकल्सका नाममा तथा औषधिमिश्रित सौन्दर्य प्रसाधनसमेत बिक्री भैरहेको गुनासो आएकाले यसलाई रोक्न चेतावनी दिएको छ ।...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२६, पुस काठमाडौं । गत २३ पुस (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । सशस्त्र प्रहरीका ४ जना नायब महानिरीक्षकको पदावधि थप लगायतका विभिन्न ६ वटा निर्णय सो दिनको मन्त्रिपरिषद् बैठकले गरेको जानकारी गराइएको छ ।त्यस्तै, बैठकले पुस २६ र २७ शुक्रबार र शनिबार हुने नेपाल–भारत वाणिजय सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा गरिने वार्ता तथा छलफलको कार्यसूची पनि स्वीकृत गरेको छ । उक्त बैठकमा सहभागी हुनका लागि उद्योग, वाणिजय तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, मन्त्रिपरिषद् बैठकले आगामी फागुन १२ गते देखि १५ गतेसम्म इलालीको रोममा आयोजना हुने जनवायु परिवर्तनसँग सम्बन्ध्ति कार्यक्रममा सहभागी हुनका लागि वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मालाई स्वीकृति प्रदान गरेको छ ।...
चीनमा नयाँ एमपक्स स्ट्रेनका ५ जना संक्रमिमित फेला

चीनमा नयाँ एमपक्स स्ट्रेनका ५ जना संक्रमिमित फेला

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
२६, पुस बेइजिङ । चीनले बिहीबार नयाँ एमपक्स स्ट्रेनका पाँच वटा घटनाहरू रेकर्ड गरेको तर ‘प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको’ बताएको छ । एमपक्स जनावरबाट मानिसमा सर्ने भाइरसबाट हुन्छ तर नजिकको शारीरिक सम्पर्कबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ । यसले ज्वरो, मांसपेशी दुख्ने र छालामा ठूला फोका जस्ता घाउ निम्त्याउँछ र यो घातक हुनसक्छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले अगस्टमा यस भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो र प्रजातान्त्रिक गणतन्त्र कङ्गो ९डिआरसी० मा भएको प्रकोपपछि नोभेम्बरमा यसलाई नवीकरण गरेको थियो । कङ्गोमा यसले एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ । डब्लुएचओको अगस्टको घोषणाको दुई दिनपछि चीनले आगामी छ महिनाभित्र देशमा प्रवेश गर्ने मानिसहरूलाई एमपोक्सका लागि जाँच गर्ने घोषणा गरेको थियो । चिनियाँ स्वास्थ्य अधिकारीहरूले बिहीबार ...