ताजा अपडेट

रास्वपाको केन्द्रीय समिति बैठक सुरू

रास्वपाको केन्द्रीय समिति बैठक सुरू

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२०, पुस काठमाडों । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरू भएको छ । बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुँदैछ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ ।...
पत्रकार पुडासैनीको मृत्यु

पत्रकार पुडासैनीको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२०, पुस काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु भएको छ । उनको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हृदयघातको लक्षण देखिए पनि मृत्युको खास कारण थाहा भइसकेको छैन । पुडासैनी नेपाल भ्युज अनलाइनमा कार्यरत थिए । त्यसअघि माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्ण लगायत मिडियामा काम गरिसकेका थिए ।...
मुख्य सचिवको अवधि २ वर्षमा झार्ने लोकसेवाको प्रस्ताव

मुख्य सचिवको अवधि २ वर्षमा झार्ने लोकसेवाको प्रस्ताव

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९, पुस काठमाडौं । लोकसेवा आयोगले मुख्य सचिवको अवधि २ वर्षमा झार्ने प्रस्ताव गरेको छ । संघीय निजामती सेवामा यस सम्बन्धी व्‍यवस्था राख्ने आयोगको प्रस्ताव छ । शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् ।
आज राति उल्का वर्षा हुने

आज राति उल्का वर्षा हुने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१९, पुस काठमाडौं । आज राति अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो उल्का वर्षा हुने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार बुटिज (भूतप) नामक तारामण्डल उक्त उल्का वर्षाको स्रोत मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको छ ।उक्त उल्का वर्षा पुस १३ गतेदेखि नै रहे पनि आज राति अन्य दिनभन्दा धेरै वर्षा हुने नासोले जनाएको छ । नासोका अनुसार उल्का वर्षा २८ गतेसम्म सक्रिय रहनेछ। ‘आज राति उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ’, नासोले प्रेस विज्ञप्तिमार्फत भनेको छ, ‘उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक पर्दैन ।’ पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहररू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई नै उल्का वर्षा एवं चलनचल्तीको भाषाअनुसार ‘तारा खसेको’ भन्ने गरिन्छ ।  ...
प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघीय सरकार मातहत हुनुपर्छ : लोक सेवा आयोग

प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघीय सरकार मातहत हुनुपर्छ : लोक सेवा आयोग

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१९, पुस काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सरकारका प्रदेश सचिव संघीय सरकारको मातहतमा राख्नुपर्ने प्रस्ताव गरेको छ। शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले संघीयताको सुदृढीकरण र नेपाल सरकारलाई बलियो बनाउने उद्देश्यले यस्तो सुझाव प्रस्तुत गरेका हुन्।“नेपालको प्रतिनिधि प्रदेशले नगर्ने र नेपाल सरकारले गर्ने भएकाले संघीय सरकारलाई बलियो बनाउन यो आवश्यक छ,” अध्यक्ष रेग्मीले आफ्नो तर्क राख्दै भने।...
निजामतीमा सेवा प्रवेश ३२ वर्ष कायम गर्ने लोकसेवाको प्रस्ताव

निजामतीमा सेवा प्रवेश ३२ वर्ष कायम गर्ने लोकसेवाको प्रस्ताव

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९, पुस काठमाडौं । लोकसेवा आयोगले निजामतीमा सेवा प्रवेश ३२ वर्ष कायम गर्ने प्रस्ताव गरेको छ । शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने प्रस्ताव समेत गरे । उनको लिखित प्रस्तावमा महिलाका लागि ३७ वर्षको सीमा राख्ने प्रस्ताव गरिएको छ भने समावेशीतर्फ आउने अपाङ्गता लगायतका लागि पनि ३७ वर्ष नै राख्ने उल्लेख छ ।...
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१९, पुस काठमाडौं । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति सानोठिमीमा बा।प्र।०२–०२८ प ६६१० नम्बरको स्कुटर दुर्घटना हुँदा झापाको भद्रपुर घर भई धुन्चेपाखा बस्दै आएका ३१ वर्षीय निश्चल राजभण्डारीको मृत्यु भएको हो ।दुर्घटनामा स्कुटर पछाडी सवार उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठ गम्भीर घाइते भएकी छन् । उनको भक्तपुरमा रहेको इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा पतिपत्नी नै गम्भीर घाइते भएका थिए । घाइते भण्डारीको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी डुण्डीराज न्यौपानेले जानकारी दिए ।...
मुगुमा भूकम्पको धक्का

मुगुमा भूकम्पको धक्का

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१९, पुस काठमाडौं । मुगुमा आज बिहान भूकम्प गएको छ । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । आज बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्ग गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु

बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
१९, पुस चैनपुर । मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिए । बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको उनले बताए । जीप सडकबाट करिब सय मिटर तल खसेको छ । जीपमा चालक थापा मात्र थिए ।...
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९, पुस काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिबारे छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपालमा जलवायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरू तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरूमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरू र आगामी दिनहरूमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभाव...