ताजा अपडेट

गोरखा–काठमाडौं एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु

गोरखा–काठमाडौं एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२१, पुस गोरखा । गोरखा–काठमाडौं एकीकरण पदमार्गमा नेपाली सेनाको छैटौँ संस्करणको पदयात्रा सुरु भएको छ । आइतबार गोरखा दरबारको हनुमान भन्ज्याङबाट यात्रा सुरु भएको हो । अधिकृत कमान्डको टोली टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज गणको झन्डासहित पदयात्रामा निस्किएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिए । उनीहरूलाई गोरखा दरबार परिसरमा एक कार्यक्रमका बीच टर्च र झन्डा हस्तान्तरण गरेर बिदाई गरिएको छ । पश्चिम पृतना हेडक्वाटर पृतनापति उपरथी मधुकरसिंह कार्की र स्थानीय जनप्रतिनिधिले संयुक्त रूपमा उनीहरूलाई टर्च र झन्डा हस्तान्तरण गरेका हुन् । पदयात्रामा निस्किएको टोली आइतबार पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै घाटबेसी पुगेर टर्च र झन्डा धादिङको शिवदल गणलाई बुझाउने छ । धादिङले नुवकोटको शेर गण र नुवाकोटले काठमाडौंको...
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२१, पुस काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स ९भिएफआर० उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुन सकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुन सकेको छैन । काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौँबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले हाल भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजीविलिटीका कारण उडान हुन सकेको छैन । ...
धोविखोलामा कार खस्यो

धोविखोलामा कार खस्यो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२१, पुस काठमाडौं । काठमाडौंको धोबिखोला कोरिडोरमा कार दुर्घटना भएको छ । अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा कार खसेको हो । आइतबार बिहान करिब ६ बजे तिर कार अनियन्त्रित भएर खोलामा खसेको प्रहरीले बताएका छ । प्रहरीकाआुसमर दुर्घटनामा परेको BAA8714 नम्बरको हुन्डेआइ कारका चालक सकुसल रहेका छन् । कार ललितपुर महानगरपालिका-१ का ४६ वर्षीय विनोदविक्रम सिजापतिले चलाएका थिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।...
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२१, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।...
एमाले केन्द्रीय समिति बैठक आज बस्दै

एमाले केन्द्रीय समिति बैठक आज बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१, पुस काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ ।...
सोमबार विभिन्न स्थानमा वर्षाको सम्भावना

सोमबार विभिन्न स्थानमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२१, पुस काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। उपत्यका, मध्य र पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । सोमबार भने गण्डकी, कर्णाली र सुदूरपश्चिम हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधरणतया बदली र...
सहकारीलाई व्यवस्थित गर्न सरकारी क्रियाशील छ : मन्त्री गुरुङ

सहकारीलाई व्यवस्थित गर्न सरकारी क्रियाशील छ : मन्त्री गुरुङ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२०, पुस काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन् । दिगो पर्यटन सहकारी संस्थाद्वारा शनिबार आयोजित १४औँ साधारणसभामा मन्त्री गुरुङले सहकारीहरूलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए ।...
हेटौंडा-काठमाडौं जोड्ने चखेल-मातातीर्थ सडक १५ दिन बन्द हुने

हेटौंडा-काठमाडौं जोड्ने चखेल-मातातीर्थ सडक १५ दिन बन्द हुने

ताजा अपडेट, वातावरण, समाचार
२०, पुस हेटौंडा । हेटौंडा काठमाडौं जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग चखेल(मातातीर्थ सडक स्तरोन्नतिका लागि १५ दिन बन्द हुने भएको छ । मकवानपुरको महालक्ष्मी खोला-मातातीर्थ सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि उक्त सडक बन्द गरिने भएको हो । बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयबाट मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा सडक बन्द गर्न लागिएको इन्द्रसरोवर गाउँपालिकामा ५ का वडाध्यक्ष दुतराज तितुङले बताए ।  ...
पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२०, पुस काठमाडौं । सांसद एवं पूर्वमन्त्री प्रेम आलेलाई विश्व हिन्दु महासङ्घद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान गरिएको छ । विश्व हिन्दु महासङ्घद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित एक विशेष समारोहमा उनलाई हिन्दु धर्म संरक्षण एवं संवर्द्धनका अगुवा कालीबाबा शंकराचार्यसहित विश्व हिन्दु महासङ्घका पदाधिकारीहरूले सो अवार्ड प्रदान गरेका हुन् । विश्व हिन्दु महासङ्घले यो अवार्ड हरेक पाँच वर्षमा विश्वका विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र संवर्द्धनमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रदान गर्ने गर्दछ ।...
कांग्रेसले आगामी चुनाव एक्लै लड्छ : प्रकाशमान सिंह

कांग्रेसले आगामी चुनाव एक्लै लड्छ : प्रकाशमान सिंह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२० पुस, महोत्तरी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आगामी चुनाव एक्लै लडने बताएका छन् । नेपाली कांग्रेस महोत्तरी जिल्ला समितिले बर्दिवासमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि संगठन निर्माणमा लाग्न आग्रह गरे । केही समयअघि भएको उपनिर्वाचनमा यसको अभ्यास भइसकेको उनको भनाइ छ । ‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति ब‌ैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छझ, सिंहले भने, ‘पार्टीको मुख्य शक्ति संगठन हो । त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ ।’ समाजसेवाको सबैभन्दा राम्रो माध्यम राजनीति भएको बताउँदै उनले सेवाभावले सक्रिय हुनुपर्नेमा जोड दिए ।...