ताजा अपडेट

आजबाट रविको तर्फबाट बहस सुरु

आजबाट रविको तर्फबाट बहस सुरु

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, पुस काठमाडौं । सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेका तर्फबाट बहस सुरु हुँदै छ । गएको शुक्रवार प्रतिवादीहरूको बहस सुरु भएकोमा यसअघि पूर्व प्रहरी नायब महानिरीक्षक एवम् गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी बन्जाडे र जिबी एन्ड कम्पनिजकी कर्मचारी लीला पछाइका तर्फबाट कानुन व्यवसायीले बहस गरिसकेका छन् । कास्की जिल्ला अदालतका स्रेष्तेदार राजन खनालले न्यायाधीश नीतिज राईको इजलासमा जारी थुनछेक बहसमा केही बेरमा लामिछानेको तर्फबाट कानुन व्यवसायीको बहस सुरु हुने जानकारी दिए।...
एमाले केन्द्रीय कमिटी बैठक लम्बिने

एमाले केन्द्रीय कमिटी बैठक लम्बिने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२, पुस काठमाडौं । दुई दिनका लागि तय भएको नेकपा एमालेको आठौँ केन्द्रीय कमिटी बैठक लम्बिने भएको छ । आइतबारबाट सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेस भएर छलफल सुरु भएको छ । पहिलो दिनको बैठकले अघिल्लो केन्द्रीय कमिटी बैठकपछि सचिवालय र स्थायी कमिटी बैठकले गरेका विभिन्न निर्णयहरू अनुमोदन गरेको छ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि पहिलो दिन २७ जना केन्द्रीय कमिटी सदस्यहरूले धारणा राखेका छन् । बाँकी सदस्यहरूले सोमबारको बैठकमा धारणा राख्नेछन् । केन्द्रीय सदस्यले बोलिसकेपछि पोलिटब्युरो, स्थायी कमिटी र आयोग प्रमुखहरूले धारणा राख्ने कार्यसूची छ ।...
भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल घोषणा

भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल घोषणा

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२२, पुस काठमाडौं । भारी हिमपातपछि हिमआँधीको पूर्व चेतावनी दिँदै अमेरिकाको छ राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । देशभर ६० मिलियन बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ । प्रतिघण्टा ५० माइलको गतिमा आउने भनिएको हिउँ र चिसो हावा मिश्रित आँधी निकै शक्तिशाली अनुमान गरिएको छ । जसले सोमबार मध्य र पूर्वी अमेरिका प्रभावित हुने बताइएको छ ।...
आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२२, पुस काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको छसोमबार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका ए-(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।...
मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म छैन : राष्ट्रपति पौडेल

मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म छैन : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१, पुस काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म नभएको बताएका छन् । मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई हाम्रो जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताए । मानवता र नैतिकतामा संकुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने उनले स्पष्ट पारे। राष्ट्रपति पौडेलले मानव सेवा आश्रमले आफ्नो स्थापना कालदेखि नै “जसका कोही हुँदैनन् र जसको कोही हुँदैन उनैको सेवामा समर्पित हुने” मानवता प्रवद्र्धन महाअभियानमार्फत सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि देखाएको सक्रियता सबैका लागि प्रेरणादायी भएको बताए ।...
त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा सोध्न थाल्यो प्रश्नपत्र

त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा सोध्न थाल्यो प्रश्नपत्र

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
२१, पुस काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ। विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो। अंग्रेजी भाषामा मात्रै प्रश्न पत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएको जनाउँदै त्रिविले दुवै भाषामा प्रश्न पत्र बनाउने निर्णय गरेको थियो। सोही आधारमा पहिलो पटक दुवै भाषामा प्रश्न पत्र सोध्न थालेको हो।...
रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन

रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१, पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ । कार्यदलमा कान्ति शिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा। तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले रहेका छन् ।...
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह

अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१, पुस सुनसरी । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन् । आइतबार प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकार गठनका बेला भएको सहमतिअनुसारै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने बताए । उनले सरकार गठन अघि भएको सहमतिमा काँग्रेस र एमाले इमान्दार रहेको दाबी गर्दै सरकार परिवर्तन नहुने दाबी गरे । सहमति अनुसार नै एमाले अध्यक्ष केपी ओलीपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए।...
देशभक्त र प्रगतिशील मजबुद भएकाले प्रतिक्रियावादी शक्तिहरू आतंकित भएका छन् : प्रधानमन्त्री

देशभक्त र प्रगतिशील मजबुद भएकाले प्रतिक्रियावादी शक्तिहरू आतंकित भएका छन् : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१, पुस काठमाडों । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतंकित भएको बताएका छन् । आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुटा प्रचारमा लागेको टिप्पणी गरे । उनले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरु लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुटा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गरे ।...
एमालेको केन्द्रीय कमिटी बैठक जारी

एमालेको केन्द्रीय कमिटी बैठक जारी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१, पुस काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा जारी छ । बैठक केही बेर अघि सुरु भएको एमाले सचिवालय स्रोतले जानकारी दियो । बैठकमा सरकारको समीक्षा, पार्टी कार्यक्रम लगायतबारे समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदैछ । गत असारमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलोपटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । सत्तारुढ भूमिकामा बस्न लागेको बैठकले कांग्रेससँगको सत्ता सहकार्यबारे पनि समीक्षा गर्दैछ ।...