ताजा अपडेट

चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२२, पुस काठमाडौं । अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ ९एक्यूआई० का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ । वातावरणविद् भुषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ । “चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुन्छ, दिउँसो घाम लागेर तापक्रम बढ्दै जाँदा हावामा प्रदूषण फैलन्छ”, उनले भने । त्यसबाहेक चिसोमा फोहोर, टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उनको भनाइ छ । एक्यूआईका अनुसार आज काठमाडौँ उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा परेको छ । उक्त सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर छ । लाहोरको एकयुआई तीन सय ४१ एक्यूआई छ । साथै दोस्रो स्थानमा रहेको भारतको कोलकाताको एक्यूआई दुई सय ४८, तेस्रो स्थानमा मङ्गोलिय...
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा

ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा

ताजा अपडेट, वातावरण, समाचार
२२, पुस चितवन । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न समयमा गरी ती मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार स्वरूप परिवर्तन गरेर चर्को आवाजमा चलाइराखेको समयमा ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । उनका अनुसार विभिन्न समयमा स्वरूप परिवर्तन गर्ने मोटरसाइकललाई कारबाही गरिँदै गरिएकोमा ध्वनि प्रदूषण नघटेको पाइएको हुँदा स्वरूप परिवर्तनअन्तर्गत साइलेन्सर, ह्यान्डल, सिटलगायतका सामान कम्पनीको वा सवारी दर्ता किताबभन्दा फरक राखी चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइएको हो । यस्ता मोटरसाइकल आइतबार मात्रै ३० वटा नियन्त्रणमा लिइएको उनले जानकारी दिए...

नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति बनाउन प्रयासरत छु : स्वास्थ्यमन्त्री पौडेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२, पुस काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् । सोमबार कान्ति बाल अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘आम नागरिकलाई कसरी औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न सकिन्छ, त्यसको उपाय पनि खोज्ने कोसिस गरिरहेका छौँ ।’ उनले अघिल्लो वर्ष झन्डै ८०र८१ करोड बजेट कान्ति बाल अस्पतालको लागि छुट्याइए पनि एआईए हुन नसकेर प्रक्रिया अगाडि नबढेको बताए । ‘अब छिट्टै काम अघि बढ्छ,’ उनले भने । मन्त्री पौडेलले बाल उपचारलाई सातै प्रदेशमा बिस्तार गर्नेगरी सरकारले काम गरिरहेको बताए । उनले सातै प्रदेशमा बाल उपचारलाई बिस्तार गर्ने नेतृत्वदायी भूमिका गर्ने संस्थाको रूपमा कान्ति अस्पताललाई विकास गर्नुपर्ने बताए ।...
चापागाईंलाई भेट्न माइतीघर पुगिन् शिक्षामन्त्री

चापागाईंलाई भेट्न माइतीघर पुगिन् शिक्षामन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, पुस काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराई नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंको स्वास्थ्य अवस्था बुझ्न र संवाद गर्न माइतीघर मण्डलामा पुगेकी छन् । शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा हप्ता दिनदेखि उभिएर धर्नामा बसेका चापागाईंलाई भेट्न मन्त्री भट्टराई सोमबार त्यहाँ पुगेकी हुन् । मन्त्री भट्टराईसँगै शिक्षा समितिका सभापति अम्मरबहादुर थापा पनि माइतीघर मण्डला पुगेका छन् ।...
माघेसङ्क्रान्तिका लागि टोखामा चाकु बनाउन भ्याइनभ्याइ

माघेसङ्क्रान्तिका लागि टोखामा चाकु बनाउन भ्याइनभ्याइ

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२२, पुस काठमाडौं । माघेसङ्क्रान्ति नजिकिएसँगै टोखा बजारका स्थानीयलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलनअनुसार यतिबेला काठमाडौँको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन छ । टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो । टोखामा काठमाडौँका अन्यत्र स्थानको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्दछ । माघे सङ्क्रान्ति पर्व आउन एक हप्तामात्र बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ देखिन्छ । टोखा नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने टोखा बजारभित्र चाकु उत्पादन गर्ने १४ उद्योग छन् । ती उद्योग वरिपरि यतिबेला मानिसहरूको चहलपहल पनि बढेको देखिएको छ । टोखावासी मात्रै नभई काठमाडौँका अधिकांश पसलेले पनि यहीँबाट चाकु लगि बिक्री गर्ने भएकाले उनीहरूको ...
माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड

माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२, पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भिन्न मत वा आलोनाको स्वतन्त्रतााई कुण्ठित नगरिने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘हामीले पार्टीमा जसले जे गरे पनि हुने स्थितिको अन्त्य गनुपर्दछ भन्ने सन्देश दिनै पर्नेछ । तर, अनुशासनको पालनाको सन्दर्भमा पद्धतिसम्मत गरिने बिचार अभिव्यक्ति भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने हुँदैन र कुण्ठित गरिने पनि छैन ।’...
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या

भद्रपुर उडेको विमानमा प्राविधिक समस्या

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२२, पुस काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ । बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए ।विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । विमान ११स्१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ । बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो । सोहीकारण अहिले विमानहरुले आकासमा फन्को मार्नु परेको छ ।...
सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२२, पुस काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो । अघिल्लो दिन भने सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेर कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको हो ।  ...
महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द

महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द

ताजा अपडेट, वातावरण, समाचार
२२, पुस काठमाडौं । मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । उनले पूर्वाधार विकास कार्यालयले मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा उक्त सडकमा यातायात सञ्चालन बन्द गर्न लागिएको उनले बताए । उक्त सडक आगामी माघ ७ गतेसम्म बन्द रहने उनले बताए ।...
जुम्लामा जन्म र मृत्यु संस्कारका बेला गरिने चामल वितरण कार्यक्रम प्रभावकारी

जुम्लामा जन्म र मृत्यु संस्कारका बेला गरिने चामल वितरण कार्यक्रम प्रभावकारी

ताजा अपडेट, वातावरण, समाचार
२२, पुस जुम्ला । जुम्लामा जन्म र मृत्यु संस्कारको बेला गरिने ३० किलो चामल वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले २०७३ साल भदौ २३ गते चामल अनुदानको व्यवस्था गर्ने निर्णय गरेको थियो । सुरुआती वर्षमा २० किलो चामल वितरणको व्यवस्था थियो । आर्थिक वर्ष २०८१र८२ बाट सरकारले चामलको परिमाण बढाएर ३० किलो पुर्‍याइएको छ । जुम्ला सदरमुकाम खलङ्गास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोष तिवारीले भने, “कर्णाली क्षेत्रमा मातृ मृत्युदर कम गर्न ३० किलो चामल दिने गरिएको छ । यससँगै भाडा पनि दिने प्रबन्ध गरिएको छ ।” विशेष गरी दुर्गम गाउँपालिकाका नागरिकलाई चामल लिन आउँदा यात्रा खर्च धेरै हुने भएकोले सरकारले ढुवानीखर्च समेत उपलब्ध गराएको उनको भनाइ छ ।...